Friday 24 November 2023

दशैं दिल्लीमै

 

 

            मान्छेको चेतनाको विस्तारसँगै ईश्वर छन् कि छैनन् भन्ने बहस शुरु भएको हो यो बहस अनन्तसम्म चली नै रहने दशैँको यसपालीको छुट्टिमा आधा समय ईश्वर चिन्तनमा बितेछन् बाँकी आधा समय मानव निर्मित उल्कामा रमाउनमा बित्यो


          यो पटक दशैंको लामो छुट्टिमा घुम्न निस्किने कि ननिस्किने दोधारै दोधारमा दिल्लीको रेल टिकट काटी हालियो यता लामो छुट्टिको ट्याङ्ग घन्टि लाग्दा उता झोला रेडी दुई जनाको जहान ढोकामा तालाबन्दि गरेर हामी लाग्यौँ  सिलिगुडीतिर दिउँसो रेल समाएपछि बिस्तारै एप हेर्दै जाँदा पो थाहा भयो, त्यो बढो धिमा गतिको सुस्तरी चल्ने रेल रहेछ घुमन्तेलाई हतार नै के पो थियो सिलिगुडीबाट चवन्न स्टप नाघेर बल्ल  दोस्रो दिनको रातीतिर रेलले दिल्ली पुर्यायो धन्न एक शुभचिन्तकले होटल बुक गरिदिएकाले गर्दा मध्यरातमै भएपनि बासस्थानमा पुगियो

            झोला बिसाउँदा बिसाउँदै समय घर्किगएछ वरिपरिका खानाका दोकान बन्द गर्ने तरखरमा थिए सरसफाइमा व्यस्त मानिसहरु शटर तान्ने क्रममा थिए कसो एउटा पानवाला भाइको दोकान खुलै रहेछ एक प्याकेट बिस्कुट दुई लिटर पानी चाहिँ किन्न पाइयो

            त्यो लामो रेल यात्रामा खानाकै दुःख एक छाक पो मिठो हुने रेलको क्याटरिङको खाना एउटै कुरा छाकैपिच्छे दिक्क पो हुने रहेछ बाहिर निस्केर किनेर ल्याएर खान पनि दचक नै हुने कस्तो हो कस्तो बा झाडाबान्ताले सकस पार्ने पो हो कि ! मान्छेहरु बढो स्वाद मानेर रेल रोकिएका ठाउँमा बाहिर निस्केर हेर्दै स्वादिला समोसा,  पकौडा ल्याएर जिब्रो पड्काएर खाँदै थिए तर हाम्रो आँट पुगेन नाक खुम्च्याउँदै लङ्गरको खाना नै खाइरह्यौं मसालावाले, अदरक इलाइचीवाले चायका नाममा टुर्रे चाय पिएर बसिरह्यौँ

            रेलमा सफर गर्दा भेटिने यात्रीहरु पो मलाई गजब लाग्छ चाहिँ उनीहरुलाई सुन्छु चालढाल हेर्छु तर मेरो मान्छे जोसुकै होस्, गफ गर्न थालिहाल्छन् छेउमा एउटा निकै गाढा श्याम वर्णका भाइ थिए भारतीय सेनामा रहेछन् उता तल केरलाका बासिन्दा रहेछन् तेलगु भाषी मान्छे हिन्दी पनि सारै अप्ठेरो गरी बोल्ने तिनले चाहिँ  रेलमा  स्वादले खाए भारतीय फोन एप हुँदा अर्डर गरिराख्यो, भनेजस्तो खाना रेल रोकिएको स्टपमा ल्याइदिने रहेछन् तिनले बिरयानी खाएको देखेर हामी पनि अब तिनकै सहायतामा मगाइमाग्नु पर्यो  भनेको , ती भाइ ओर्लिजाने रहेछन् मध्यराततिर ती ओर्लिए

            बिहान मान्छेहरु भर्खर उठ्दै थिए हो, त्यतिबेलै एकजना अग्ला, गोरा मनुष्य आफ्नो सिट खोज्दै आए खाली भएको सिटमा खुट्टा पसारेर हामी बसिरहेका थियौँ हामीले सिट खाली गरिदिउँला , आउनुहोस् भन्यौं आफू आफू नेपालीमा बोल्न थाल्यौं अनि पो उनले सोधे— “तपाईँहरु कहाँसम्म जाने ?”

            ती मान्छे नेपाली जस्तो लागेको थियो तर कटिहारबाट चढेको मान्छे के नेपाली होला जस्तो भन्ने पनि लाग्यो अलिकति नेवारी लवजमा बोल्ने ती मनुवा खास्सा नेपाली मारवाडी पो रहेछन् सुनेर छक्क लाग्यो ती मान्छे ख्याल ठट्टा गर्नमा बेजोड रहेछन् उता अर्को डब्बामा उनकी श्रीमती, बुहारी नाति पनि रहेछन् उनले चिया मगाए, बिस्कुट मगाए, अनि मेरो मान्छेसँग लागेर त्यो डब्बा नै थर्काएर हाँस्दै गफ गरे उनको एउटा भाइ सुरततिर व्यापार गर्दा रहेछन् भाइको अचानक हार्ट अट्याक भएर मृत्यु भएपछि त्यता कुदेका रहेछन् जोगमनीबाट कटिहारसम्म एउटा रेलमा आएर रेल फेरेका रहेछन् दिल्लीसम्म शर्माजीसँग साथै भइयो उनीहरुले भोलिपल्टको रेल समात्नुथियो तर उनले नम्बर दिएका छन् भनेका छन्— “छाता चोक धरान आउनू, फोन गर्नू गफ धेरै बाँकी छन्

            दिल्ली ओर्लिदा राती भैसकेको थियो स्टेशनबाहिर हजारौँ ट्याक्सीवाला अटोवाला हामीलाई स्वागत गर्न तत्पर थिए युसुफ सराय, मन्दिरवाली गलीमे स्वीट इन जाना है एउटा खाकी युनिफर्म लगाएको अटोवालाले देख्छु पुर्याउँछु  भन्यो भाडाको मोलमोलाई भयो कुरा मिल्यो आधा घन्टा जति रन्काएर कुदाएपछि मन्दिरवाली गली यहि हो भनेर घ्याच्च अटो रोक्यो खै होटल भनेर खेरेपछि उसले यताउता होटल खोज्यो फेरि अर्कोतिर लग्यो वरपर दोकानमा सोधेर हामीले भनेको होटल भित्र गल्लीमा भएको पत्ता लगायो जानोस् भन्यो हाम्रो मनमा फेरि आएछ,यो भारत हो कुरा पत्याइहाल्न हुँदैन,” अनि तिमी पनि आऊ, होटेल पुर्याऊ पैसा लिएर जाऊ भनेपछि बिचरो गन्गनाउदै अघिअघि लाग्यो टुङ्गामा पुगिएपनि मध्यरात भैसकेकाले बिस्कुट पानी पिएर सुत्नुको विकल्प थिएन

            हामीलाई थाहा थियो एकजोडा आफन्ती त्यहि कतै कुनै कोठामा सुतेका छन् भन्ने भोलिपल्ट बिहानै लवीमा हाम्रा आफन्ती दाजु भाउजू देखिनुभयो उहाँहरु बनारस घुमफिर गरेर दिल्लीमा भेट हुने योजना अनुसार नै त्यहाँ बस्न आउनुभएको थियो बिहान भेट हुँदासम्ममा उहाँहरु एक फन्को हिँडेर, चिया पिएर आइसक्नुभएको रहेछ अब भने दिउँसो के गर्ने भन्ने कार्ययोजना बने कता कता जाने ? कसरी जाने ? के के गर्ने ? हामीलाई दुई दिनमा दिल्ली भ्याउनुपर्ने थियो


            सबैभन्दा सस्तो घुमफिरको प्रभावकारी माध्यम मेट्रो रेल हो भन्ने कुरा हाम्री  जिना भाउजूले पत्ता लगाइसक्नुभएको रहेछ हामी बसेको स्थानबाट सय मिटरको दूरीमा भएको ग्रीनपार्क मेट्रो स्टेशनबाट यात्राको शुभारम्भ भयो ओहो कति व्यवस्थित सुरक्षित मेट्रो स्टेशन यस्तो पनि इन्डियामा होला भन्ने मेरो कल्पनामा थिएन

          दिल्लीभर जालो जस्तो फिँजिएको दिल्ली मेट्रोमा हरेकदिन सरदर ६८ लाख मानिस यात्रा गर्छन् भन्ने तथ्य पढेपछि झन् छक्क परें टिकट बिना त्यहाँ छिर्न सम्भव ,

त्यहाँ भारतीय ट्रेडमार्क बनेको जथाभावी पान थुकेर पिच्च पारेका दाग नै छन् रेल उत्तिकै सफा यात्रुहरु आफै  सभ्य सुसंस्कृत लाग्छन् ला, मेरो कल्पनाको भारत कहाँ त्यस्तो थियो !

            घुमफिरको क्रममा एउटा कुराले भनेँ बारम्बार धोका दिइरह्यो भारत पूरै डिजिटलाइज भैसकेको जस्तो भान हुने चियावाला, ससाना खुद्रे व्यापारी, अटोवाला लगायत सबैतिर डिजिटल पे गर्न सकिने व्यवस्था रहेछ यसको अर्थ सबैजना डिजिटल्ली साक्षर अनि सबैका पहुँचमा स्मार्ट फोन समेत भएपछि कुरै अर्को हामी भने नगदै बोकेर हिँड्नुपर्ने धन्न हाम्रा नेपाली एटिएम कार्ड उता पनि चल्ने रहेछन् एकपटकमा दश हजार सम्म निकाल्न पाइने रहेछ

            यो सबै देखेपछि मैले फेरि ती रेलमा भेटिएका ठट्टाबाज रामावतार दाजुलाई  सम्झें। हत्तेरिका ! हाम्रो खुला सिमाना नेताहरु वर्षेनी यहाँ दिल्ली धामतिर तीर्थ वर्त गर्न आशिर्वाद थाप्न आइरहन्छन् तर खै के सिक्छन् तिनीहरु ? हामी नेपाली अभिसप्त छौँ लुटिन वाध्य छौँ झूठा आश्वासनमा हामी विश्वास गरिरहन्छौँ त्यसको मतलव हामी नेताहरुलाई लुट, लुट भनेर हरेक चुनावमा तोक लगाइरहन्छौं बढो दुखेसो व्यक्त गरेका थिए दाजुले


            मेट्रोबाट ओर्लेपछि कश्मिरी गेट वरपरका एकदुई स्थान घुम्ने क्रममै एक अटोचालक आलम भाइसँग भेट भयो उनले मोदी सरकार आएपछि भएका विकासका गीत सुनाए बाँकी दिन उनकै भरमा लाल किल्ला, कुतुब मिनार, इन्डिया गेट, गान्धी समाधिस्थल राजघाट, जन्तर मन्तर उग्रसेनका बाबली घुमियो अटोवाला आलमले छिप्पिएको साँझमा हाम्रो बासस्थानमा छाडिदिए बेलुकाको भोजनपछि अर्को दिनको कार्यसूची तयार पारियो बाँकी रहेका स्थानहरु लोटस टेम्पल, अक्षरधाम त्यसबिचमा पर्ने स्थानहरु घुम्ने तय भयो

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  24 November 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]