Friday 25 June 2021

परीक्षाले मापन गर्दैन क्षमता

 


 

      


      हिमालय टेलिभिजनबाट हालसालै प्रसारितभोइस अफ नेपालको तेस्रो सिजनको ब्लाइन्ड अडिसन राउण्डमा एउटा निकै तालिमप्राप्त जस्तो सुनिने स्वर गुञ्जियो, दीप श्रेष्ठकोझिरमा उनिनु त्यो एउटा कुरा.......’ गीतमा यो स्वर सुन्नेबित्तिकै मलाई लागेको थियोलावोनी चक्रवर्ती प्रसाईं एक लामो दूरीकी धावक हुन् शायद यसपालिको भोइस अफ नेपाल उनी नै हुने हुन् कि !

            त्यो कार्यक्रमका निर्णायक मण्डलीमा भएका दीप श्रेष्ठ प्रमोद खरेलले पनि लाबोनीको खुलेरै प्रशंसा गरेका थिए खरेलले भनेका थिएदीप श्रेष्ठले जतिपटक यो गीत गाउँछन्, उति नै पटक फरक फरक शैली प्रयोग गर्छन् यति हुँदाहुँदै  पनि लाबोनीले जुन शैलीमाझिरमा उनिनु..’ पेश गरिन् त्यसको प्रयोग दीपले गरेका थिएनन् दीपले प्रमोदको कुरामा पूर्ण सहमति जनाउँदै आफूले समेत लाबोनीबाट धेरै कुरा सिक्न सक्ने विचार व्यक्त गरेका थिए नभन्दै ती उम्दा गायिकाले दीप श्रेष्ठकै टीम छानेकी थिइन् अपशोच् ! लाबोनी ब्लाइन्ड अडिसनभन्दा एक तह माथिको ब्याटल राउण्डभन्दा अगाडि बढ्न सकिनन् अप्रत्याशित रुपमा लाबोनीकोभोइस अफ नेपालको यात्रा टुङ्गिएकोमा सारै बेखुशी भएकी थिएँ  

            त्यतिबेला मलाई लागेको थियोके त्यो क्षणले उनको गायन क्षमताको सही मूल्यांकन गर्यो ? लाबोनी

लाबोनी चक्रवर्ती प्रसाईं 

संगीतको मर्म बुझेकी, शास्त्रीय संगीतमा तालिम प्राप्त संगीतमै साधना गरिरहेकी व्यक्ति थिइन् उनले गाएका थुप्रै गीत युट्युबमा भेटिन्छन् भोइस अफ नेपालबाट बाहिरिने बित्तिकै उनलाई असफल गायिका भन्न मिल्छ ? जसरी लाबोनीको गायनलाई तोकिएको सीमाभित्र रहेर भोइस अफ नेपालको ब्याटल राउण्डले सही मूल्यांकन गर्न सकेन त्यसरी नै कुनै पनि विद्यार्थीको अन्तर्निहित क्षमतालाई तीन घण्टा लिइने परीक्षाले कसरी पहिचान गर्न सक्दो हो ? त्यो परीक्षामा राम्रो गर्ने व्यक्ति सफल अनि नराम्रो गर्ने व्यक्ति असफल हुन्छ भन्ने कुराको ग्यारन्टी के ले दिन्छ ?

            अझ दु:खको कुरा के भने हाम्रा अधिकांश अभिभावकहरु त्यही तीन घण्टे परीक्षामा आफ्ना छोराछोरी प्रथम हुन सकेनन् भनेर पीर गर्छन्   आफ्नो बच्चाको ओभरअल रिजल्ट राम्रो भैकन पनि त्यो बच्चा कक्षामा फस्ट, सेकेन्ड अथवा थर्ड नभएसम्म उनीहरुको चित्त बुझ्दैन  

समयसीमा भएका परीक्षाको उपादेयता

            परीक्षा हाम्रो शिक्षा प्रणालीको अभिन्न अंग भएता पनि यसको उपादेयता कत्तिको भन्ने विषयमा विश्वमा विभिन्न अनुसन्धान भैरहेका छन् जब हामी विद्यालय स्तरको शिक्षाको कुरा गर्छौ, धेरै शिक्षाविद्हरु वार्षिक रुपमा लिइने विभिन्न किसिमका परीक्षाले विद्यार्थीहरुको सिकाइको उर्वर समय घटाएको कुरा गर्छन् विषेशगरी समयसीमा निर्धारण गरिएका परीक्षाले विद्यार्थीमा अनावश्यक मानसिक तनाव उत्पन्न गराउने कुरा पनि विभिन्न अध्ययनले देखाएका छन् मोर्टन एन जर्नस्बेचर, रचेल एन सोइचर क्याथरिन बेकब्लिजÞका अनुसार यस्ता परीक्षाले विद्यार्थीको ज्ञान क्षमताको उचित मूल्यांकन गर्न सक्दैनन् यी कम विश्वसनीय हुन्छन् यिनले विद्यार्थीका सबै किसिमका क्षमतालाई समावेश गर्न  सक्दैनन् यसका साथै समयसीमा निर्धारण गरिएका परीक्षाले सबै प्रकारका विद्यार्थीलाई समान अवसर पनि प्रदान गर्न सक्दैनन्   उदाहरणका लागि, कुनै किसिमका शारीरिक कमजोरी भएका त्यस्ता कमजोरी नभएका विद्यार्थीले उही परीक्षा, उही समयसीमाभित्र रहेर दिनुपर्ने हुन्छ यस्तो परिस्थितिमा उनीहरुको शैक्षिक क्षमता समान भइकन पनि नतिजा भने फरक फरक आउन सक्छ  

परीक्षालाई प्रभाव पार्ने तत्व

            परीक्षामा विद्यार्थीले राम्रो गर्छन् कि नराम्रो गर्छन् भन्ने कुराको निर्धारण उनीहरुले पढेका जानेका विषयवस्तुले मात्र गर्न सक्दैनन् त्यो सीमित समयमा अरु कुराहरु पनि भैरहेका हुन्छन् जसले विद्यार्थीको नतिजालाई प्रभावित गर्छन् यसरी उनीहरुको नतिजालाई प्रभावित पार्ने कारक तत्वहरुलाई चार भागमा विभाजन गर्न सकिन्छ ती हुन्आन्तरिक कारण, वाह्य कारण, व्यक्तिगत कारण अन्य कारण आन्तरिक कारण परीक्षाको प्रश्नपत्रसँगै सम्बन्धित हुन्छन् जस्तै, कुन किसिमका प्रश्नहरु छानिएका छन्, तिनलाई उचित क्रममा राखिएको कि छैन अथवा कत्तिको कडाइका साथ विद्यार्थीको कपी जाँचिन्छ वाह्य कारणमा परीक्षाको वातावरणका कुरा पर्छन् उदाहरणका लागि परीक्षा दिन बस्ने ठाउँ सुविधाजनक नहुन सक्छ, परीक्षा कोठामा कुनै अनपेक्षित घटना घट्न सक्छन् त्यहाँ अनुशासनको कमी हुन सक्छ

           

यसैगरी व्यक्तिगत कारण विद्यार्थीहरुसँगै सम्बन्धित हुन्छन् परीक्षाको दिन कुनै विद्यार्थीको केही कारणवश मानसिक स्थिति ठीक नहुन सक्छ, अचानक कुनै शारीरिक समस्या आउन सक्छ, उनीहरुमा आत्मविश्वासको कमी अर्थात बढी आत्मविश्वास हुन सक्छ विद्यार्थीको हस्त लेखन कस्तो , उनीहरु पढेका कुरालाई प्रष्टसँग प्रस्तुत गर्न सक्छन् कि सक्दैनन् अथवा उनीहरुमा परीक्षा भनेपछि डर पो पैदा हुन्छ कि भने जस्ता कुरा अन्य कारणमा पर्दछन्

क्षमताको पहिचान

            त्यसैले हामीले आफ्ना विद्यार्थीको परीक्षाको नतिजालाई महत्व दिनुभन्दा उनीहरुको क्षमता पहिचान गर्नुपर्दछ सबै बिद्यार्थीको शैक्षिक क्षमता समान नहुन सक्छ तर पढाइ लेखाइमा अब्बल नहुने विद्यार्थीको झुकाव अन्य विषयतर्फ हुन सक्छ उसले त्यो विषयमा आफ्नो क्षमता देखाउन सक्छ त्यसैमा अगाडि बढेर सफलता हासिल गर्न सक्छ यसका प्रशस्त उदाहरण हाम्रै वरिपरि छन् चर्चित हास्य कलाकार हरिवंश आचार्य पढाइमा उच्चता हासिल गरेका व्यक्ति होइनन् तर उनले समयमै आफ्नो अभिनय क्षमता पहिल्याए त्यसैमा अगाडि बढे आज उनी सफल स्थापित कलाकार भएका छन् उनको ख्याति देश विदेश सबैतिर सबै विद्यार्थीले कक्षामा फस्ट हुनु जरुरी छैन

            लाबोनी गायन क्षेत्रमा अथवा हरिवंश कला क्षेत्रमा सफल भएजस्तै  हाम्रा सबै विद्यार्थी कुनै कुनै क्षेत्रमा अवश्य सफल हुन सक्छन् यसका लागि एउटै शर्त भनेको उनीहरुभित्रको प्रतिभा अथवा क्षमताको बारेमा थाहा हुनुप¥यो त्यसलाई जीवनमा अगाडि बढाउनु ¥यो अनि यो काम विद्यालयको मात्र नभई अभिभावकको पनि हो यसो गर्दा प्रत्येक विद्यार्थीलाई आफ्ना सबल पक्षमा ध्यान केन्द्रित गरि जीवनमा अगाडि बढ्न सहयोग पुग्छ

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 25 June, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]