Sunday 23 July 2023

सानो मान्छे, ठूलो भारी

 

 

धेरै अगाडि मेरो नाममा चितवनबाट एउटा पार्सल आयो खोलेर हेरेँ एउटा ४८८ पेजको बडेमानको पुस्तक रहेछ अलि फूर्सदमा पढ्छु भनेर यसलाई ठेल्दाठेल्दै यतिको समय बितेछ साह्रै भयो भनेर यस पटकको क्याम्पसको गर्मी बिदामा मैले डराउँदै डराउँदै थन्किरहेको पुस्तक निकालेँ मलाई डरचाहिँ के को थियो भने यति ठूलो पुस्तक , यसले मलाई तानेर अन्तिमसम्म पु¥याउँछ कि पु¥याउँदैन तर जब मैले गोकर्ण मल्लकोशुभारम्भका पाइलाहरुउपन्यास खोलेर पढ्न थालेँ, यसले मलाई तान्दै लग्यो पाँच÷  दिनमा मैले यसलाई छिचोलेँ पनि


लेखकले आफ्नो जागीरे जीवनबाट सेवानिवृत्त भएपछि मात्र उनको यो पहिलो कृति प्रकाशन गरेका हुन् मल्लले यो उपन्यासमा धेरै कुरा समेटेका छन् हुन यो पुस्तकको चुरो कुरो भनेको शीर्षकले नै बनाएजस्तै शुभा आरम्भको प्रेम कहानी हो यो कहानीको टुङ्गो नलागुन्जेल बीचमा, विशेषगरी आरम्भको जीवनमा के कस्ता घटना घट्छन् , ऊसँग जोडिन आउने अरु पात्रको कथा कस्तो भन्ने कुरालाई उपन्यासकारले रोचक ढङ्गमा प्रस्तुत गरेका छन्

यो उपन्यासमा वर्णित धेरै कुरामध्ये मेरो मनमा लागेका केही कुराहरुको चर्चा यहाँ गर्दैछु मल्लले मुख्यगरि  वर्तमान नेपाली समाजमा जल्दोबल्दो विषयका रुपमा रहेको वैदेशिक रोजगार यसले गर्दा विशेषतः ग्रामीण समाजमा उत्पन्न भएका समस्यालाईशुभारम्भका पाइलाहरुउपन्यास मार्फत  उजागर गरेका छन् उपन्यासको शुरुवात एउटा स्थलगत अध्ययनका लागि आरम्भ सौराहाबाट आफ्नो पुर्खेउली गाउँ प्यारा भन्ज्याङतिर  हिँडेबाट हुन्छ उसले त्यहाँ बस पर्खिरहेकै बेला शुभा पनि आफ्नी ठूलीआमाकहाँ जान भनेर त्यहिँ आइपुग्छे केहीबेर बात मारेर छुट्टिएका उनीहरु उपन्यासको अन्ततिर मात्र सँगै भेटिन्छन् बीचमा आरम्भ नै पात्र भएर आउँछ उसले नै उनीहरुको सम्बन्धको बारेमा प्रकाश पारेको उपन्यास फ्लासब्याकतिर पनि गई नै रहन्छ

आरम्भ आफ्नो गन्तव्यमा नपुगुन्जेल कहाँ कहाँ जान्छ उसले कस्ता कस्ता पात्र भेट्छ उपन्यासकारले विस्तृत रुपमा वर्णन गरेका छन् यसका साथै आफ्नो अतीत   वर्तमानमा  विचरण गरिरहन्छ यसले गर्दा को हो उसको पारिवारिक पृष्ठभूमि के हो भन्ने बुझ्न पाठकलाई मद्दत गर्छ प्यारा भन्ज्याङ पुग्नुअगाडि अरु ससाना गाउँबाट गुज्रन्छ त्यहाँ वैदेशिक रोजगारले ल्याएका समस्यासँग आमनेसामने हुन्छ उदाहरणका लागि, ती गाउँमा युवा भेटिंदैनन्  ; सिर्फ  बूढाबूढी, महिला केटाकेटी मात्र दुःखजिलो गरेर बसेका छन् बाटामा भेटिएकी एउटी महिला सुनाउँछिन् , “बहिनीको घरमा अहिले छोरामान्छे कोही छैनन् ...खेत बन्धकी राखेर डाँडाघरे साहूसँग लिएको ऋण तिर्न   घरव्यवहार चलाउन फेरि ऋणमाथि ऋण लिएर उनका बूढा मेरो बहिनी ज्वाइँ एकलबहादुर खाडी मुलुक जानुभयो जानुभएको तीन वर्षसम्ममा बहिनीलाई पैसा पठाइदिनुभयो त्यो पैसाले डाँडाघरे साहूबाट खेतको बन्धकी फिर्ता भयो साथै अरु तिरनतारण पनि भयो त्यसपछि एकपटक घर आउनुभएर कोरिया फर्कने बेलामा अबको पैसाले घर बनाउनुपर्छ भनेर जानुभएको वर्ष भयो हालसम्म मान्छे, पैसा, खबर आएको घरमा उनको सासूआमा एक सानी छोरी मात्र छन् , ”(पृ.५०) अहिले यो हाम्रो समाजमाघर घरकी कहानी  जत्तिकै भएको


यो उपन्यासले मूलतः पूर्वीय  जीवनदर्शन  बोकेको आरम्भ बेलाबेलै यो दर्शन बोलिरहन्छ — “आखिर जीवन के रहेछ ? उही शुक्लपक्ष कृष्णपक्षबीचको उज्यालो अँधेरो वा दिनभरको रमाइलो अनि पिरलो हुने अवधि रहेछ नि,” (पृ.५१) त्यस्तै अर्को प्रसंगमा भन्छ, “त्यो बेला त्यहाँ थियौं राम्रै भयो अहिले यहाँ छौ सन्तोष मानौँ पछि जहाँ होइएला बेशै होला जहाँ होइन्छ त्यहीँ रमाउनुपर्छ जहाँ जहिले पनि आफ्नो सानिध्यमा जो, जे जसरी छन्, हुन्छन् उनैसँग  त्यसैलाई   त्यसरी  नै  समायोजित हुन सिक्नुपर्छ, सक्नुपर्छ मानिसलाई सुखी हुन चाहिने कुरा भनेको सन्तोष गर्नु, शान्ति प्राप्त गर्नु खुशी हुनु नै हुन्...,” (पृ.२०२) यो उपन्यासमा एउटासरभन्ने पात्र यहाँ आदर्श पात्रको रुपमा देखा परेको सधैँ अरुको हित चाहन्छ, आफ्नो अहित गर्नेलाई समेत क्षमादान दिन सक्छ यसरी मल्ल जीवन दर्शन अध्यात्मवादलाई सँगसँगै लिएर हिँडेका छन्

आरम्भले आफ्नो यात्रा क्रममा भेटेका आइतिका मंगलिका पनि वैदेशिक रोजगारले ल्याएको समस्याकै सिकार भएका छन् गाउँका सबै युवाहरु विदेशतिर  गएपछि  खेतालाको कमी भएर गाउँघरमा खेत बाँझा छन् आइतिका मंगलिकाका खेतमा खेतालाको काम गरिदिएवापत आरम्भलाई उनीहरुले प्यारा भन्ज्याङ पु¥याइदिने शर्तमा खेतीको काम नसकिउन्जेल उनीहरुको घरमा बसेर काम सघाउन आरम्भ राजी हुन्छ

यो उपन्यासमा उठाइएका अरु केहि मुद्दामा कुनै पनि काम गर्नका लागि चाहिने सरकारी सोर्सफोर्स, राजनीतिको घिनलाग्दो खेल, सम्पत्तीका लागि छोराछोरीले बाबुआमालाई दुःख दिने सामाजिक समस्या, युवा अवस्थामा सामान्य रुपमा उठ्ने यौनेच्छा जस्ता कुरा छन्

यो उपन्यासमा अलि अचम्म लाग्दो पक्ष के भने आरम्भको वर्तमान जीवनमा नाटकीय रुपमा सबै कुरा ठ्याक ठ्याक मिल्दै आउँछन् क्याम्पसमा पढ्दै गरेको एउटा नौजवान घर छोडेर अन्जान गन्तव्यको खोजीमा निस्कँदा कुनै  हण्डर ठक्कर नखाइकनै त्यहाँ पुग्नुले यस्तो सहज यात्रा पचाइहाल्न  पाठकलाई अलि मुस्किलै पर्छ फेरि, एउटा स्कूल पढ्दै गरेको बालकले ठूल्ठूला जीवन दर्शनका कुरा गरेको  पनि पत्याइहाल्न  मन लाग्दैन आरम्भले जति पनि दार्शनिक कुरा बोल्छ, ती सबै उपन्यासकार मल्लकै आदर्शका कुराजस्ता लाग्छन् अर्थात् उनले आफ्नो जीवन दृष्टिकोणको भारी आरम्भलाई नै बोकाइदिएजस्तो लाग्छ स्कूल पढ्दैदेखि नै उसको उमेरले थाम्न नसक्ने कुरा गर्छ आफ्नो जीवनमा असफलता भोगेका आरम्भका बाबु अत्यधिक मदिरा सेवनले गर्दा सुधारकेन्द्रमै पुग्छन् यसै कारणले उसकी आमामाथि नै घरको सबै अभिभारा आइलाग्छ आमाछोराकै जीवनमा धेरै सहयोगी आत्माहरुको प्रवेशले उनीहरुले जति दुःख भोग्नुपर्ने हो त्यति भोगेजस्तो देखिँदैन ठीक समयमा चाहिने सबै कुरा जुट्ता के वास्तविक जीवनमा पनि यस्तै हुन्छ ? भन्ने प्रश्न बारम्बार मनमा उठिरहन्छ


उपन्यासकारले यो उपन्यासमा प्रयोग गरिएका सबै अंग्रेजी शब्दहरु रोमन लिपिमा नै राखेका छन् जस्तै, उसले भारतीय युरोपियन जोडीहरुलाई, “Guys be careful, monkeys are crying, perhaps to make notice us that there may be tiger along this way (पृ.३३) मैले, “ यहि बैठककोठामा नै Adjust हूँला नि सर,” भनेँ (पृ.५५) उहाँले, “यो बैठककोठामा Adjust नै भएको छु ,” भन्नुभयो (पृ.५५) यस्ता रोमन लिपिका वाक्य तथा शब्दलाई उनले देवनागरी लिपिमा लेखेको भए अझ राम्रो हुन्थ्यो

यत्रो ठूलो पुस्तकलाई पठनीय बनाउन सक्नु उपन्यासकार गोकर्ण मल्लको खूबी हो उनले यसलाई आकर्षक शीर्षकहरु दिएर साना साना खण्डमा विभाजित गरेका छन्, यसले पाठकलाई पुस्तक पढ्न सजिलो बनाएको एभ्रिथिङ विल बि अलराइट एट दि एन्ड भनेजस्तै  उपन्यासको अन्त सुखान्त यसले गर्दा पाठक निराश बन्नु पर्दैन

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  21 July 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).