Friday, 16 January 2026

के बुढेसकाल साँच्चै दयनीय छ त ?

 

हामी सहकर्मीहरु बसेर गफ गर्ने सिलसिलामा एकदिनसेवानिवृत्तजीवनको बारेमा कुरा चल्यो कसैले भने, ‘रिटायर्ड भएपछि के काम गर्नु ? चूपचाप घरमा बस्यो, खायो, सुत्यो कसैले यसको प्रतिवाद गर्दै भने, ‘रिटायर्ड भएपछि यो नियमित जागीरबाट छुटकारा पाइन्छ अनि आफूले यतिन्जेल चाहेर पनि गर्न नसकेका कामहरु कुनै वाधा व्यवधानबेगर गर्ने नि !’ यसै क्रममा एकजनाले बडो घतलाग्दो कुरा सुनाए उनले भने— ‘रिटायर्ड हुनु भनेको कामै नगरी घर बस्नु भनेको होइन नि ! यसको मतलब रीटायर हो नि ! अथवा हाम्रो दैनिकीको पुरानो टायर फेरेर नयाँ टायर लगाउनु हो !’ उनका यस्ता कुराले मेरो मन छोयो हो नि, हाम्रो जीवनको एउटा कालखण्डको अन्त्यपछि शुरु भएको अर्को खण्ड हो सेवानिवृत्त जीवन जुगाड गर्दै गर्दै धेरै समय चलेको गाडीको पुरानो टायर फेरेर नयाँ टायर हालेपछि गाडी जुन गतिमा कुद्न थाल्छ, कतिपय व्यक्तिहरु रिटायर्ड भएपछि पहिलेभन्दा सकृय भएर आफ्नो जीवनमा अगाडि बढ्छन् आफ्ना अधूरा सपनाहरु पूरा गर्छन् चर्चित पनि हुन्छन्

                जब जीवनको दोस्रो खण्डमा कुनै नयाँ काम गरेर त्यसैमा कीर्ति स्थापित गर्ने व्यक्तिका कुरा आउँछन् , सबभन्दा पहिले फ्र्यान्सिस  म्याकोर्ट अर्थात् फ्र्याङ्क  म्याकोर्टलाई सम्झिन्छु उनको जन्म न्यूयोर्कको ब्रुकलिन भन्ने ठाउँमा सन् १९३० मा भएको थियो उनका मातापिता आयरल्याण्डबाट बसाइ सराइ गरी अमेरीका पुगेका थिए पेशाले उनी माध्यमिक विद्यालयमा अध्यापन गर्ने एक साधारण शिक्षक थिए न्यूयोर्कका विभिन्न ३३ वटा विद्यालयमा उनले सिर्जनात्मक लेखन विषय पढाए उनको पढाउने शैलीलाई त्यो बेलाको शिक्षण प्रणाली मुताविक काम गर्ने व्यक्तिहरुले खासै रुचाएनन् त्यसैले उनी एक विद्यालयदेखि अर्को विद्यालयमा भौंतारिइरहे वास्तवमा उनी तत्कालिन शिक्षा प्रणालीमा फिट हुन सकेनन् यसको मुख्य कारण म्याकोर्टले आफ्नै शिक्षण पद्धति प्रतिपादन गरेका थिए पाठ्यपुस्तकमा दिएका विषयवस्तुमा भन्दा उनको चाख विद्यार्थीहरुका अनुभवमा बढी थियो त्यसैले उनी यिनै अनुभवका आधारमा आफ्ना पाठ्य सामग्री बनाइ अध्यापन गर्थे उनले हुबहु आधिकारिक पाठ्यक्रम अनुसार नपढाए पनि विद्यार्थीहरु उनको शिक्षण शैलीबाट सन्तुष्ट थिए  फ्र्याङ्क  म्याकोर्ट आफ्नो पेशामा रहुन्जेल गुमनाम शिक्षक थिए उनलाई सीमित परिवेशका मान्छेले बाहेक  कसैले चिन्दैनथ्यो


                तर जब उनी सेवानिवृत्त भए, उनले आफ्नो सिर्जनात्मक लेखाइको सीपलाई पुस्तक लेखनमा लगाए उनकोे जीवनको दोस्रो काल खण्डले म्याकोर्टलाई विश्वप्रसिद्ध बनायो उनको पहिलो पुस्तकएन्जेलाज् यासेज्सन् १९९६ मा प्रकाशित भयो यसबेला उनको उमेर ६६ वर्ष भैसकेको थियो यसैगरी दोस्रो पुस्तकइट इज:  मेमोइरसन् १९९९ मा तेस्रो पुस्तकटिचर म्यानसन् २००५ मा प्रकाशित भएका थिए उनको पुस्तकएन्जेलाज् यासेजले सन् १९९७ मापुलिट्जर प्राइजपाएको थियो यो पुस्तकमा उनले आफ्नी आमा एन्जेला आपूmहरुले आयरल्याण्डमा हुँदा भोगेको चरम गरिबीको बारेमा लेखेका छन् म्याकोर्टको जन्म अमेरीकामा भएपनि उनी वर्षका भएपछि उनीहरुको परिवार पुनः आयरल्याण्ड फर्केको थियो त्यसैले उनको बाल्यकाल त्यहीँ बितेको थियो यो पुस्तकमा आधारित चलचित्र पनि बनेको यसरी आफ्नो जीवनको उत्तरार्धमा नै फ्र्याङ्क  म्याकोर्ट चर्चित भए आज संसारले उनलाई एक प्रख्यात लेखकको रुपमा चिन्छ उनको सन् २००९ मा भौतिक रुपमा मृत्यु भएता पनि उनी आफ्ना कृतिमा अमर छन्

                फ्र्याङ्क  म्याकोर्टजस्तै जीवनको उत्तरार्धमा चर्चित भएकी अर्की व्यक्तित्व हुन्एना म्यारी रोबर्टसन् मोसेज अर्थात् ग्रयान्मा मोसेज उनको जन्म सन् १८६० मा अमेरीकामा भएको थियो उनी एक प्रख्यात चित्रकार थिइन् आश्चर्यको कुरा, उनले आफ्नो पहिलो चित्र ७८ वर्षको उमेरमा बनाएकी थिइन् ढल्किंदो उमेरमा नयाँ पेशाको थालनी गरे पनि उनी त्यो पेशामा सफल भइन् नाम कमाइन् अमेरीकाबाट प्रकाशित हुनेटाइमपत्रिकाले सन् १९५३ मा उनको बारेमा छापेपछि उनको प्रसिद्धि चुलिएको हो त्यो समयमा विभिन्न टेलिभिजन कार्यक्रममा उनको चर्चा हुने गथ्र्यो

                वास्तवमा ग्रयान्मा मोसेजको पूर्वार्धको जीवन निकै संघर्षपूर्ण थियो घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी १२ वर्षको उमेरदेखि नै अर्काको घरमा काम गर्न बसेकी थिइन् यस्तो काम गरेर उनले १५ वर्ष बिताइन् आफ्नो विवाहपश्चात् उनी आफ्ना श्रीमान्सित खेतीबारीको काममा व्यस्त भइन् उनको बाल्यकालदेखिको सपना भने चित्र बनाउनु नै थियो घर व्यवहारको कामले ओझेलमा परेको त्यो सपनालाई मूर्त रुप दिन ग्रयान्मा मोसेले ७० को दशक पार गर्नु ¥यो खुशीको कुरा, उनी यसमा पूर्ण रुपमा सफल भइन् अहिले उनले बनाएका चित्रहरु संसारमा विभिन्न संग्रहालयहरुमा संग्रहित छन् सन् १९६१ मा उनको मृत्यु भयो त्यो बेला उनी १०१ वर्षकी थिइन्


                जीवनको पहिलो खण्डमा असफलता नै असफलताको सामना गर्ने कर्णेल हारल्याण्ड स्यान्डर्सले ६५ वर्षको उमेरपछि मात्र सफलताको स्वाद चाख्न पाए आजको समयमाकेएफसीको नाम नसुन्ने मान्छे यो संसारमा विरलै होलान् यसको पूरा नामकेन्टुकी फ्राइड चिकनहो यो खाद्य सामग्रीलाई स्थापित गराउन स्यान्डर्सले धेरै नै पापड बेल्नुपरेको थियो उनले आफ्नो उर्वर समयभरि विभिन्न किसिमका नोकरीबाट अस्विकृति खेपे, व्यापारमा घाटा सहे, सधैँ उनलाई आर्थिक तङ्गी थियो हुँदा हुँदा ६५ वर्षको उमेरमा उनी टाट पल्टिए तैपनि उनले आफ्नो तारेको कुखुराको मासु पकाउने विधिलाई व्यापारीकरण गर्न छोडेनन् यही क्रममा ,००९ पटकसम्म अस्विकृतिको सामना गरेपछि बल्ल एउटा रेस्टुरेन्टले उनको केएफसी रेसिपि किन्यो त्यसपछि यो बिस्तारै चर्चित हुँदै गयो आज संसारभर यो खाद्य पदार्थ प्रचलित कर्णेल हारल्याण्ड स्यान्डर्सको जन्म सन् १८९० मा अमेरिकामा भएको थियो उनी ९० वर्षको उमेरमा सन् १९८० मा यो संसारबाट बिदा भए पनि अमर छन्


                यहाँ वर्णन गरिएका तिनैजना व्यक्तिले उमेर भनेको खालि संख्या मात्र हो; यसले मानिसको सकृयता सफलतालाई मापन गर्न सक्तैन भन्ने कुरा प्रमाणित गरेका छन् यी केवल केहि उदाहरण मात्र हुन्  । हामीले खोजी गर्यौं भने अरु थुप्रै यस्ता मानिस भेटिन्छन् हाम्रो समाजमा पनि जीवनपर्यन्त सकृय जीवनशैली अपनाउने व्यक्तिहरु छन् तैपनि   अधिकांशमा के धारणा भने सेवानिवृत्त हुनु भनेको आफूमा भएको उर्वरता  समाप्त हुनु हो यो कुरामा कुनै सत्यता छैन एक किसिमले आफ्ना सम्पूर्ण जिम्मेवारीहरु पूरा गरिसकेको यो समय भनेको स्वतन्त्रताको उपभोग गर्ने समय हो व्यवहारिक झन्झटमा फँसेर पूरा हुन नसकेका आफ्ना कतिपय अधूरा अपूरा सपना, चाहना इच्छा पूरा गर्ने समय हो कसलाई के थाहा, लगनशील भएर  आफूलाई मन पर्ने काम निरन्तर गरिरहँदा हामीमध्ये पनि कोही फ्र्याङ्क  म्याकोर्ट, ग्रयान्मा मोसे अथवा हारल्याण्ड स्यान्डर्सजस्तै विश्वभरि प्रसिद्ध भइ पो हाल्छौँ कि ? उनीहरुको स्तरको सफलता हासिल गर्न नसके पनि हामी आत्मसन्तुष्टि आत्मविश्वासका साथ आफ्नो उत्तरार्धको जीवन व्यतीत गर्न भने पक्कै सक्छौँ

 (जेष्ठ नागरिक द्वैमासिक पत्रिकाको आश्विन - कार्तिक २०८२ अंकमा प्रकाशित) 

[The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).