Sunday, 13 August 2023

ब्लू फिबर

 

चितवनमा चलेको निशुल्क महिला मैत्री ब्लू बसको चर्चा   सुनिरहेरकी थिएँ हाम्री घरेलु सहायक महिला मित्रको कुरा सुनेपछि मलाई यो बस सेवाका बारेमा बुझ्न झन् उत्साह जागेर आयो ती महिला हाम्रो लगायत अरु दुई घरमा घरेलु सहायकको काम गर्छिन् एउटा सानो छोरोलाई प्राइभेट स्कुल पढाँउछिन् तर तीन घरमा काम गरेको कमाईले उनको घर चल्न सक्दैन कारण के हो  भनें  उनको डेरामा उनी बाहेक पाँचजना पुरुष सदस्य छन् निर्माण क्षेत्रमा आर्थिक मन्दीका कारण काम छैन ती सबैलाई उनले पाल्नु परेको ती महिलाले पनि चितवनमा चल्ने निशुल्क बसको कुरा सुनेपछि भनिन् — ‘त्यस्तै फिरी बस यता चले, पनि बजार गएर अरु दुई ठाम् काम भ्याउँदी हुँ आबो सिटी चढौँकाम गरेर कमाको पैसा त्यतै जान्छ हिँडेर भ्याउँदैन हैन दमकमा चैं आउँदैन फिरिको बस ?’ , अब त्यस्तो सुनौलो परिकल्पना सम्म   गर्न सक्ने भएछौं  हामी भनेर मलाई खुशी लाग्यो चितवनको क्षेत्र नंबर मा  राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो विजयको सय दिन पुग्दा पूर्वनिर्धारित वाचा अनुसार एउटा नीलो बस महिलाहरुको लागि मात्र भनेर चलाउन शुरु गर्यो एउटा पुरानो बसलाई आकर्षक नीलो सेतो रंगमा रंगाएर पूर्ण निशुल्क रुपमा महिलाहरुले प्रयोग गर्न पाउने कुरा प्रायः सम्पूर्ण सञ्चारका श्रव्य, दृष्य छापा सामग्रीहरुले उच्च प्राथमिकतामा राखेर प्रसारण / प्रकाशन गरे यो कुरा नेपालका लागि नयाँ प्रयोग थियो महिलाहरुप्रतिको एक उच्च सम्मान थियो यस कुराले बस चढ्नु ओर्लनु  मात्र  भन्ने सामान्य अर्थ बोकेको थिएन


 गत वर्ष मात्र असम भ्रमणमा रहेका बेला महिलाहरुलाई दिइनेफ्रि बसको सुविधाका बारेमा मलाई थाहा भएको थियो गुवाहाटी शहरमा चल्ने केहि बसहरुमा हामी महिलाहरुले पैसा तिर्नु परेन भर्खरै मात्र मैले भारतका अन्य राज्यमा पनि यस्तो सुविधा कि भनेर गुगलको सहायता लिएँ ओहो ! भारतमा कर्नाटका, तमिलनाडु राज्य दिल्लीमा समेत यो महिलालाई सित्तैमा प्राप्त हुने बस सेवा प्रचलनमा आइसकेको रहेछ दिल्लीमा अझ सन्  २०१९ देखि नै केजरिवालको आम आदमी पार्टीले यस्तो चलन शुरु गरिसकेको रहेछ तमिलनाडु राज्यमा छोटो दूरिका लागि यस्तो छुट दिइने रहेछ राज्य स्तरबाट नै महिलाहरुप्रति प्रकट गरिएको सम्मान मलाई गजब अर्थपूर्ण लाग्यो

यता चितवनमा भनें ब्लू बस सँगै रास्वपाले ब्लू एम्बुलेन्स पनि चितवन क्षेत्र नंवर का जनतालाई उपहार दिएको खबर छ्याप्छ्याप्ती आयो चिकित्सक टोली सहितको प्राथमिक उपचार सामग्रीले सुसज्जित एम्बुलेन्सको कुरा सुन्दैआहालाग्ने नि आफैंले देखेको भोगेको प्यारामेडिक्स सहितको एम्बुलेन्स कति प्रभावकारी होला भन्ने सम्झेरै खुशी लाग्यो तर यो चितवनको एम्बुलेन्स विवादित बन्यो सरकारी अस्पतालको प्रयोगमा नआएको एम्बुलेन्स पुनः रंगरोगन मर्मत गरिकन चलाउन थालिएको भएपनि भारतीय सरकारबाट प्राप्त अनुदानको एम्बुलेन्सलाई यातायात कार्यालयको अनुमति बेगरै रंग परिवर्तन गर्नु अवैधानिक देखिएकाले रास्वपाले तुरुन्तै यो कार्य स्थगित गर्यो सुनाइमा के आयो भने उसले अर्को साधनको बन्दोबस्ती पछि फेरि प्यारामेडिक्स टोली सहितको निशुल्क एम्बुलेन्स सेवा शुरु गर्नेछ

 ब्लू बस एम्बुलेन्सका कुराहरुले एक पटक नेपाली समाजमा नौलो तरङ्ग  ल्याए यसका पक्ष विपक्षमा बहस शुरु भए नागरिक तहबाट यस्ता बहस हुनु स्वभाविक थियो तर ठूला भनिएका राजनैतिक दल नेताहरु समेत विचलित भएको कुरा छापामा आयो एक ठूलै दलका उच्च तहका नेताले अझरास्वपाले महिलाहरुलाई मात्र निशुल्क बस चलाएर नेपाली समाजलाई कता लग्न खोजेको हो ?,’ भन्ने टिप्पणी गरे यो निश्चय पनि अतालिएर तिल्मिलाएर निस्केको बोली हुनुपर्छ अब हामीले गर्नुपर्ने प्रश्न ती नेताहरुलाई के भने — ‘तपाईंहरुले हामीलाई कहाँ पुर्याइदिनुभयो ?’ विगत तीस वर्षदेखि सत्तामा पालैपालो हालिमुहाली गर्ने दलका नेताहरुले नेपालीलाई कहाँ पुर्याउनु भयो ? खाडी मुलुक, भारत, युरोप, अष्ट्रेलिया, मलेशियाले मात्र नपुगेर नक्कली शरणार्थी बनाएर अमेरिकै पनि पुर्याइदिनुभयो नेपाली समाजलाई धार्मिक, जातीय दलीय द्वन्दमा फँसाएर आफूहरु भ्रष्टाचारका आहालमा उपरखुट्टी लाएर पल्टिनुभयो यस अर्थमा आफूले कुनै काम नगरी समय व्यतित गरेको कुरा ढाकछोप गर्न अरुले गर्न खोजेका जनमुखी काममा औंलो ठड्याउनु भनेको तपार्इंहरुभित्र लुकेको डर हिनताबोध नै हुनुपर्छ


 एउटा सलाईको काँटी कत्रो नै हुन्छ  ? तर त्यसले एउटा जंगल ध्वस्त पार्ने सामर्थ्य  राख्छ एउटा वरको रुखको बीज कत्रो हुन्छ ? तर समय क्रममा त्यसले विशाल अजङ्ग रुप लिन सक्छ एउटा थोत्रो नै सहि तर रास्वपाले गुडाएको निशुल्क बसले धेरै ठूलो अर्थ बोकेको यसले समाज रुपान्तरणका पक्षमा पहिलो  पाइला चालेको महिलाहरुका लागि मात्र चलाइएको बसको विरोधमा उत्रनु महिला विरोधी कार्य हो नेपाली समाजमा अझै पनि महिलाहरु आफ्नो प्रकारले स्वतन्त्रता उपयोग गर्न पाउने स्थितिमा छैनन् घरबाट निस्कँदा चाहिने भाडाखर्चको अभावमा उनीहरुको दैनिकी एक किलोमीटरको परिधिमा सिमित हुन्छ तर दैनिक रुपमा निशुल्क  बस  सेवाले गर्दा उनीहरु अलिक टाढा गएर काम गर्न सक्लान् स्कुल कलेज जाने नानीहरुले समय पैसाको बचत गर्न सक्लान् उमेरदार महिलाहरुले काम खोज्न काम गर्न अलि टाढै जाने आँट गर्लान् स्वास्थ्यको पहुँच पक्कै सहज होला आमा, दिदी, बहिनीहरुले पक्कै पनि अलिकति स्वतन्त्रताको श्वास फेर्लान् ब्लू बसले ल्याउने दूरगामी असरको आँकलन गरेर नै ती नेताहरुलाई ब्लू फिबर आएको हुनुपर्छ तर जुनसुकै दलको होस् अग्रगामी कदम चाल्नेहरुलाई अब पनि समर्थन नगर्ने हो भने पुराना पार्टीका थारा मगजहरुले कुनै नयाँ कुरा गर्न सक्दैनन् नेपालको ब्लू बस चढ्नेहरुको तथ्यांक थाहा नभएपनि भारतको कर्नाटका राज्यमा निशुल्क बस शुरु भएको तीन दिनमा नै पचास लाख महिलाहरुले यात्रा गरेको तथ्याङ्कले देखाउँछ महिला मैत्री बस चढ्न किन यस्तो उत्साह होला भन्ने कुराको उत्तर खोज्न टाढा जानै पर्दैन सबैभन्दा ठूलो कुरा सामाजिक रुपमा महिलाहरुले भोगिरहेको असुरक्षा नै हो हामी सानातिना ठेलठाल, धक्कामुक्की आँखा तरेरै साम्य पार्न खोज्छौं यस्ता कुराका विरुद्वमा आवाज उठाउनु भनेको आफ्नै आङको छारो उडाउनु हो भन्ने हामी महिलालाई थाहा सामाजिक रुपमा यो हाम्रो आफ्नो यातायात हो कसैको पिरलो हामीले खप्न पर्दैन है भन्न पाउनु ठूलो कुरा हो यसका अलावा शिक्षा, स्वास्थ्य रोजगारीमा पनि प्रत्यक्ष रुपमा पिछाडिएका वर्गलाई निशुल्क यातायात सेवाले पक्कै सहयोग गर्छ नै


चितवनमा शुरु गरेको महिला मैत्री बस सेवा जस्तै भक्तपुरमा स्थानीय स्तरबाट ज्येष्ठ नागरिकहरुका लागि वडा कार्यालयसम्म जान आउन निशुल्क यातायात उपलव्ध गराउन शुरु भएको रहेछ यो पनि सामाजिक रुपान्तरणमा एक सह्राहनीय कदम हो

महिलाहरुलाई दिइने सुविधा कुनै व्यक्ति वा दल विषेशले शुरु गरे पनि सरकारी स्तरबाटै गर्न जरुरी हुन्छ अनि मात्र यस्ता योजनाहरुले स्थायित्व पाउँछन् तर जुन तंरग ब्लू बसले उत्पन गराएको , अन्य राजनैतिक दलहरुले सकारात्मक रुपमा नलिने हो भने ब्लू फिबर नै मान्ने हो भने यसको परिणाम ०८४ को चुनावले देखाउने खराबलाई खराब असललाई असल भन्न नसक्नु नेपाली राजनीतिको पुरानो रोग हो यसै कुराको पुनरावृतिको नाटक हेरेर हामीले दशकौं बिताएका छौँ अब पनि हामी सुधारको दिशातर्फ नलाग्ने हो भने हामी कुन रसातलमा पुग्छौं  भन्न सकिँदैन समाजले अब थारा मगजहरुबाट ठूलो आशा राखेको जस्तो लाग्दैन सोत्तर हुनबाट बचौं, ब्लू फिबर पालेर नबसौं

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  11 August 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 




Friday, 4 August 2023

कैदी नम्बर ५१

 

 आफ्नो  फूर्सदको समयमा प्रायः कुनै कुनै पुस्तकमा अल्झिरहेकै हुन्छु ती मध्ये कति केही समयमा नै मेरो स्मृतिपटलबाट हराउँछन् , केही अलिक लामै समयसम्म रहलान् तर केही भनेँ सधैँ  मेरो मनको एउटा कुनामा बसेर मलाई झक्झकाइरहन्छन् पछिल्लो समयमा मैले पढेको कृष्ण माबुहाङको उपन्यासमाओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’  पनि तेस्रो कित्तामा परेको अर्थात् यसले मेरो मनसँग मीत लगाएर मनैमा बसेको


माओवादी आन्दोलनसँग सम्बन्धित धेरै पुस्तक लेखिए होलान् , केही मैले पनि पढ्ने मौका पाएकी छु तर यो पुस्तक मेरा लागि अलि खास रह्यो किनभने यसका लेखक आफैं माओवादी आन्दोलनका एक सकृय योद्धा भएर त्यो जनयुद्धलाई प्रत्यक्ष भोगेका छन् त्यसैले यहाँ वर्णित  घटनाहरु  सबै   विश्वसनीय लाग्छन् आख्यान भैकन पनि  यो यथार्थ लाग्छ

यो उपन्यासको मुख्य पात्र मुन्से हाम्रो दैनिक जीवनमा भेटिने  एउटा  सशक्त  राजनैतिक पात्र हो माथिल्लो दर्जामा हुने तथाकथित नेताहरुले कसरी एउटा सामान्य, अनपढ, अरुको लहैलहैमा लाग्ने सजिलै बटार्न  सकिने  व्यक्तिलाई उफार्दै , फकाउँदै हौस्याउँदै आफ्नो पार्टीमा घिसार्छन्   त्यस्ता व्यक्तिलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गर्छन् भन्ने कुरालाई उपन्यासकार माबुहाङले प्रष्ट रुपमा देखाइदिएका छन् मुन्से एउटा यस्तै पात्र हो सामान्य घरखेती गरेर बस्ने गाउँको एउटा सोझो युवा हो उसलाई बाठाटाठा नेताहरुले हौस्याएकै भरमा उसको समुदायको नेतृत्व गर्नसक्ने नेता बनाउँछन् उसलाई तत्कालीन राजतन्त्रको विरोध गर्न लगाउँछन्   पनि त्यो गाउँका प्रधानपञ्च आफ्नै ठूलोबुवाको विरोधमा उत्रन्छ यसरी राजनीतिमा पसेको  मुन्से  भासिँदै  भासिँदै   माओवादी  जनआन्दोलनको नेतृत्व गर्नसम्म पुग्छ

माओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’  उपन्यासले नेपालको एक कालखण्डको राजनैतिक इतिहासलाई जीवन्त पारेको यस अर्थमा यो पुस्तक त्यो समयको राजनैतिक इतिहासको अमूल्य दस्तावेज पनि हो जनयुद्ध शुरु हुनुअगाडिको राजनैतिक विचलनदेखि जनयुद्धपश्चात् दोस्रो संविधानसभाको निर्वाचन हुँदासम्मको समयलाई यो उपन्यासमा समेटिएको


यो उपन्यास पढ्दै जाँदा लाग्छ  त्यो जनआन्दोलन त्यत्तिकै शुरु भएको थिएन सधैँको अस्थीर राजनीति, आफ्नो स्वार्थसिद्धिमा मात्र लागेका भ्रष्ट नेता, बढ्दो भ्रष्टाचार सर्वसाधारणले चाहिँ सधैँ पाइरहने दुःख सास्ती जस्ता तत्वबाट साधारण जनताले उन्मुक्ति चाहिरहेको अवस्थामा बाठा माओवादी नेताहरुले जनताको यही भावनालाई किने जनयुद्धको विजयपश्चात् देशमा जनसरकार आउँछ, धनी गरीबको भेदभाव घट्छ, देशका सबै जनता बराबर हुन्छन्, कसैले दुःख पाउनुपर्दैन भन्नेजस्ता मीठा मीठा सपना देखाएर उनीहरुले सोझासिधा सबै गाउँले युवाहरुलाई त्यो युद्धमा लाग्न प्रोत्साहन गरे नभन्दै नयाँ नेपालको सुन्दर कल्पना गर्दै ती युवा पनि युद्धमा होमिए मुन्से यस्तै परिवर्तनको चाहना गर्ने एउटा युवा हो

त्यो जनयुद्धको साक्षीको रुपमा देखापरेको हामीले जनयुद्धताका विभिन्न संसारमाध्यमबाट जे जस्ता कुरा सुन्थ्यौँ  अथवा देख्थ्यौँ, ती सबै कुराको विस्तृत विवरण यो उपन्यासमा भेटिन्छ त्यसैले यो पुस्तकले पाठकलाई पुनः त्यही समयमा लैजान्छ अझ भनौँ मुन्सेले ऊसँगसँगै पाठकलाई पनि त्यही युद्ध प्रत्यक्ष रुपमा देखाउँछ माओवादी सेना दुवै समूहका राम्रा नराम्रा पक्ष यहाँ भेटिन्छन्

यही युद्धका बीचमा मुन्से रुपाबीचमा पलाएको झाङ्गिएको कारुणिक प्रेम कथा पनि यहाँ पढ्न पाइन्छ उनीहरु एकअर्काप्रति पूर्ण समर्पित हुँदाहुँदै पनि जातीय विभेदले गर्दा विवाह बन्धनमा बाँधिन सक्दैनन् मुन्से लिम्बूको छोरो रुपा बाहुनकी छोरी हुनु नै उनीहरु एकाकार हुन नसक्नुको प्रमुख कारक तत्व बन्छ बाहुनी श्रीमती ल्याएर मुन्से आफ्नी आमाको मन दुखाउन चाँहदैन रुपा नै लिम्बू केटासँग विवाह गरेर आफ्ना आमाबाबूमाथि विश्वासघात गर्न सक्छे ! तर युद्ध चम्कँदै गएपछि उनीहरु पूर्ण रुपमा माओवादी आन्दोलनमा होमिएपछि भने उनीहरुको बिहे पार्टीले नै गराइदिन्छ; यो विवाहका बारेमा उनीहरुका बाबुआमालाई कहिल्यै थाहा हुँदैन यो विवाहले उनीहरुलाई वैधानिकता दियो तर उनीहरुले वैवाहित जीवनको सुखभोग भने कहिल्यै गर्न पाएनन् चाहे जे होस्, मुन्से रुपाको धेरै वर्षदेखिको सपना समयले घुमाई फिराई जुराइदिएको ...तर, सुहागरात मनाउने दिन समय भने छैन बेहुलाबेहुली हूँ भनेर सिंगारिएर बस्ने समय पनि छैन चौबिसै घण्टा गोला बारुद बन्दुकले सजिएर बस्नु पर्नेछ” (पृ.३०४) यो भनाइले के प्रष्ट पार्छ भने त्यो समयमा माओवादी प्रेमीप्रेमिकाले अथवा पतिपत्नीले मुन्से रुपाकै जस्तो नियति भोगेका थिए यति मात्र कहाँ हो ! लडाई खेल्ने क्रममा नै एकदिन रुपा यो संसारबाट बिदा हुन्छे यसरी मुन्सेरुपा जोडीको प्रेमकथाको दुःखान्त अन्त्य  हुन्छ उनीहरुले  भित्रभित्र मात्र एक अर्कालाई माया गरिरहे, भौतिक रुपमा भने उनीहरुको प्रेम पुष्पित पल्लवित हुन पाएन शायद युद्दको आगो ह्वार ह्वार बलिरहेको समयमा योद्दाहरुलाई खुलेर प्रेम गर्ने अधिकार हुँदैन उनीहरुले प्रेम युद्दमा युद्द नै छान्नुपर्नेछ यो कुरालाई छुदेन काविमोको उपन्यासफातसुङुले पनि पुष्टि गर्छ

केही भाषागत त्रुटिका अलावा यो उपन्यासमा खट्किएको एउटा पक्ष भने यहाँ अनावश्यक रुपमा चर्चा गरिएको दोस्रो विश्वयुद्धको कुरा हो यसको यहाँ कुनै सान्दर्भिता नै देखिदैन बीचमा अचानक यो कथा घुस्नाले पाठकले अघिदेखि खुरुखुरु पढ्दै आएको पठन श्रृङ्खला भङ्ग हुने सम्भावना प्रवल देखिन्छ


यसका अलावा यो पुस्तक पठनीय आफ्नो जीवनमा परिवर्तन आउने आशामा देशका हजारौँ युवायुवतीले यो जनयुद्धमा हाम फाले कति शहीद भए, कति अपाङ्ग भए, कति बेपत्ता भए उनीहरुका परिवारले पनि पाउनसम्म दुःख पाए तर यतिको बलिदान गर्दा समेत उनीहरुको कष्टकर जीवनको स्वरुप परिवर्तन भएन यसका विपरित माओवादी टाउके नेताहरु भने सुटबुट लाउने, महलमा बस्ने महङ्गा महङ्गा गाडीमा चढ्ने भए आफ्नो सर्वस्व गुमिसकेपछि त्यो युद्धभूमिबाट फर्किएका योद्धाहरुले आफूलाई खालि झूठो आश्वासन दिएर, युद्धमा प्रयोग मात्र गरिएको भन्ने कुरा बुझे यसले उनीहरु दुःखी भए , निराश भए तर के गर्नु ? उनीहरुको हातमा अब केहि थिएन यस्तै यस्तै मर्मस्पर्शी यथार्थ घटनाहरु समावेश गरेर कृष्ण माबुहाङलेमाओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’ नामक उपन्यास तयार पारे मुन्से नाम गरिएको कैदी नं. ५१ सँग उपन्यास छिप्पिँदै जाँदा उपन्यासकार आफैं त्यो पात्रसँग साटिन्छन् पाठकलाई मुन्सेभित्र  पसेर  माबुहाङआफैंले प्रत्यक्ष भोगेको युद्धको बयान गरिरहेजस्तो लाग्छ यो उपन्यासले अघिल्लो पुस्ताका सबै राजनैतिक नेताहरुको यथार्थ चरित्र चित्रण गरेको यिनीहरुकै कारण आजसम्म पनि देशले चरम अस्थिरताको नियति भोग्नु परिरहेको कुरा तपाईं हामीले अनुभूति गरिरहेकै छौं नि

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  4 August 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]