Friday 4 August 2023

कैदी नम्बर ५१

 

 आफ्नो  फूर्सदको समयमा प्रायः कुनै कुनै पुस्तकमा अल्झिरहेकै हुन्छु ती मध्ये कति केही समयमा नै मेरो स्मृतिपटलबाट हराउँछन् , केही अलिक लामै समयसम्म रहलान् तर केही भनेँ सधैँ  मेरो मनको एउटा कुनामा बसेर मलाई झक्झकाइरहन्छन् पछिल्लो समयमा मैले पढेको कृष्ण माबुहाङको उपन्यासमाओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’  पनि तेस्रो कित्तामा परेको अर्थात् यसले मेरो मनसँग मीत लगाएर मनैमा बसेको


माओवादी आन्दोलनसँग सम्बन्धित धेरै पुस्तक लेखिए होलान् , केही मैले पनि पढ्ने मौका पाएकी छु तर यो पुस्तक मेरा लागि अलि खास रह्यो किनभने यसका लेखक आफैं माओवादी आन्दोलनका एक सकृय योद्धा भएर त्यो जनयुद्धलाई प्रत्यक्ष भोगेका छन् त्यसैले यहाँ वर्णित  घटनाहरु  सबै   विश्वसनीय लाग्छन् आख्यान भैकन पनि  यो यथार्थ लाग्छ

यो उपन्यासको मुख्य पात्र मुन्से हाम्रो दैनिक जीवनमा भेटिने  एउटा  सशक्त  राजनैतिक पात्र हो माथिल्लो दर्जामा हुने तथाकथित नेताहरुले कसरी एउटा सामान्य, अनपढ, अरुको लहैलहैमा लाग्ने सजिलै बटार्न  सकिने  व्यक्तिलाई उफार्दै , फकाउँदै हौस्याउँदै आफ्नो पार्टीमा घिसार्छन्   त्यस्ता व्यक्तिलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गर्छन् भन्ने कुरालाई उपन्यासकार माबुहाङले प्रष्ट रुपमा देखाइदिएका छन् मुन्से एउटा यस्तै पात्र हो सामान्य घरखेती गरेर बस्ने गाउँको एउटा सोझो युवा हो उसलाई बाठाटाठा नेताहरुले हौस्याएकै भरमा उसको समुदायको नेतृत्व गर्नसक्ने नेता बनाउँछन् उसलाई तत्कालीन राजतन्त्रको विरोध गर्न लगाउँछन्   पनि त्यो गाउँका प्रधानपञ्च आफ्नै ठूलोबुवाको विरोधमा उत्रन्छ यसरी राजनीतिमा पसेको  मुन्से  भासिँदै  भासिँदै   माओवादी  जनआन्दोलनको नेतृत्व गर्नसम्म पुग्छ

माओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’  उपन्यासले नेपालको एक कालखण्डको राजनैतिक इतिहासलाई जीवन्त पारेको यस अर्थमा यो पुस्तक त्यो समयको राजनैतिक इतिहासको अमूल्य दस्तावेज पनि हो जनयुद्ध शुरु हुनुअगाडिको राजनैतिक विचलनदेखि जनयुद्धपश्चात् दोस्रो संविधानसभाको निर्वाचन हुँदासम्मको समयलाई यो उपन्यासमा समेटिएको


यो उपन्यास पढ्दै जाँदा लाग्छ  त्यो जनआन्दोलन त्यत्तिकै शुरु भएको थिएन सधैँको अस्थीर राजनीति, आफ्नो स्वार्थसिद्धिमा मात्र लागेका भ्रष्ट नेता, बढ्दो भ्रष्टाचार सर्वसाधारणले चाहिँ सधैँ पाइरहने दुःख सास्ती जस्ता तत्वबाट साधारण जनताले उन्मुक्ति चाहिरहेको अवस्थामा बाठा माओवादी नेताहरुले जनताको यही भावनालाई किने जनयुद्धको विजयपश्चात् देशमा जनसरकार आउँछ, धनी गरीबको भेदभाव घट्छ, देशका सबै जनता बराबर हुन्छन्, कसैले दुःख पाउनुपर्दैन भन्नेजस्ता मीठा मीठा सपना देखाएर उनीहरुले सोझासिधा सबै गाउँले युवाहरुलाई त्यो युद्धमा लाग्न प्रोत्साहन गरे नभन्दै नयाँ नेपालको सुन्दर कल्पना गर्दै ती युवा पनि युद्धमा होमिए मुन्से यस्तै परिवर्तनको चाहना गर्ने एउटा युवा हो

त्यो जनयुद्धको साक्षीको रुपमा देखापरेको हामीले जनयुद्धताका विभिन्न संसारमाध्यमबाट जे जस्ता कुरा सुन्थ्यौँ  अथवा देख्थ्यौँ, ती सबै कुराको विस्तृत विवरण यो उपन्यासमा भेटिन्छ त्यसैले यो पुस्तकले पाठकलाई पुनः त्यही समयमा लैजान्छ अझ भनौँ मुन्सेले ऊसँगसँगै पाठकलाई पनि त्यही युद्ध प्रत्यक्ष रुपमा देखाउँछ माओवादी सेना दुवै समूहका राम्रा नराम्रा पक्ष यहाँ भेटिन्छन्

यही युद्धका बीचमा मुन्से रुपाबीचमा पलाएको झाङ्गिएको कारुणिक प्रेम कथा पनि यहाँ पढ्न पाइन्छ उनीहरु एकअर्काप्रति पूर्ण समर्पित हुँदाहुँदै पनि जातीय विभेदले गर्दा विवाह बन्धनमा बाँधिन सक्दैनन् मुन्से लिम्बूको छोरो रुपा बाहुनकी छोरी हुनु नै उनीहरु एकाकार हुन नसक्नुको प्रमुख कारक तत्व बन्छ बाहुनी श्रीमती ल्याएर मुन्से आफ्नी आमाको मन दुखाउन चाँहदैन रुपा नै लिम्बू केटासँग विवाह गरेर आफ्ना आमाबाबूमाथि विश्वासघात गर्न सक्छे ! तर युद्ध चम्कँदै गएपछि उनीहरु पूर्ण रुपमा माओवादी आन्दोलनमा होमिएपछि भने उनीहरुको बिहे पार्टीले नै गराइदिन्छ; यो विवाहका बारेमा उनीहरुका बाबुआमालाई कहिल्यै थाहा हुँदैन यो विवाहले उनीहरुलाई वैधानिकता दियो तर उनीहरुले वैवाहित जीवनको सुखभोग भने कहिल्यै गर्न पाएनन् चाहे जे होस्, मुन्से रुपाको धेरै वर्षदेखिको सपना समयले घुमाई फिराई जुराइदिएको ...तर, सुहागरात मनाउने दिन समय भने छैन बेहुलाबेहुली हूँ भनेर सिंगारिएर बस्ने समय पनि छैन चौबिसै घण्टा गोला बारुद बन्दुकले सजिएर बस्नु पर्नेछ” (पृ.३०४) यो भनाइले के प्रष्ट पार्छ भने त्यो समयमा माओवादी प्रेमीप्रेमिकाले अथवा पतिपत्नीले मुन्से रुपाकै जस्तो नियति भोगेका थिए यति मात्र कहाँ हो ! लडाई खेल्ने क्रममा नै एकदिन रुपा यो संसारबाट बिदा हुन्छे यसरी मुन्सेरुपा जोडीको प्रेमकथाको दुःखान्त अन्त्य  हुन्छ उनीहरुले  भित्रभित्र मात्र एक अर्कालाई माया गरिरहे, भौतिक रुपमा भने उनीहरुको प्रेम पुष्पित पल्लवित हुन पाएन शायद युद्दको आगो ह्वार ह्वार बलिरहेको समयमा योद्दाहरुलाई खुलेर प्रेम गर्ने अधिकार हुँदैन उनीहरुले प्रेम युद्दमा युद्द नै छान्नुपर्नेछ यो कुरालाई छुदेन काविमोको उपन्यासफातसुङुले पनि पुष्टि गर्छ

केही भाषागत त्रुटिका अलावा यो उपन्यासमा खट्किएको एउटा पक्ष भने यहाँ अनावश्यक रुपमा चर्चा गरिएको दोस्रो विश्वयुद्धको कुरा हो यसको यहाँ कुनै सान्दर्भिता नै देखिदैन बीचमा अचानक यो कथा घुस्नाले पाठकले अघिदेखि खुरुखुरु पढ्दै आएको पठन श्रृङ्खला भङ्ग हुने सम्भावना प्रवल देखिन्छ


यसका अलावा यो पुस्तक पठनीय आफ्नो जीवनमा परिवर्तन आउने आशामा देशका हजारौँ युवायुवतीले यो जनयुद्धमा हाम फाले कति शहीद भए, कति अपाङ्ग भए, कति बेपत्ता भए उनीहरुका परिवारले पनि पाउनसम्म दुःख पाए तर यतिको बलिदान गर्दा समेत उनीहरुको कष्टकर जीवनको स्वरुप परिवर्तन भएन यसका विपरित माओवादी टाउके नेताहरु भने सुटबुट लाउने, महलमा बस्ने महङ्गा महङ्गा गाडीमा चढ्ने भए आफ्नो सर्वस्व गुमिसकेपछि त्यो युद्धभूमिबाट फर्किएका योद्धाहरुले आफूलाई खालि झूठो आश्वासन दिएर, युद्धमा प्रयोग मात्र गरिएको भन्ने कुरा बुझे यसले उनीहरु दुःखी भए , निराश भए तर के गर्नु ? उनीहरुको हातमा अब केहि थिएन यस्तै यस्तै मर्मस्पर्शी यथार्थ घटनाहरु समावेश गरेर कृष्ण माबुहाङलेमाओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’ नामक उपन्यास तयार पारे मुन्से नाम गरिएको कैदी नं. ५१ सँग उपन्यास छिप्पिँदै जाँदा उपन्यासकार आफैं त्यो पात्रसँग साटिन्छन् पाठकलाई मुन्सेभित्र  पसेर  माबुहाङआफैंले प्रत्यक्ष भोगेको युद्धको बयान गरिरहेजस्तो लाग्छ यो उपन्यासले अघिल्लो पुस्ताका सबै राजनैतिक नेताहरुको यथार्थ चरित्र चित्रण गरेको यिनीहरुकै कारण आजसम्म पनि देशले चरम अस्थिरताको नियति भोग्नु परिरहेको कुरा तपाईं हामीले अनुभूति गरिरहेकै छौं नि

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  4 August 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).