Sunday, 23 July 2023

सानो मान्छे, ठूलो भारी

 

 

धेरै अगाडि मेरो नाममा चितवनबाट एउटा पार्सल आयो खोलेर हेरेँ एउटा ४८८ पेजको बडेमानको पुस्तक रहेछ अलि फूर्सदमा पढ्छु भनेर यसलाई ठेल्दाठेल्दै यतिको समय बितेछ साह्रै भयो भनेर यस पटकको क्याम्पसको गर्मी बिदामा मैले डराउँदै डराउँदै थन्किरहेको पुस्तक निकालेँ मलाई डरचाहिँ के को थियो भने यति ठूलो पुस्तक , यसले मलाई तानेर अन्तिमसम्म पु¥याउँछ कि पु¥याउँदैन तर जब मैले गोकर्ण मल्लकोशुभारम्भका पाइलाहरुउपन्यास खोलेर पढ्न थालेँ, यसले मलाई तान्दै लग्यो पाँच÷  दिनमा मैले यसलाई छिचोलेँ पनि


लेखकले आफ्नो जागीरे जीवनबाट सेवानिवृत्त भएपछि मात्र उनको यो पहिलो कृति प्रकाशन गरेका हुन् मल्लले यो उपन्यासमा धेरै कुरा समेटेका छन् हुन यो पुस्तकको चुरो कुरो भनेको शीर्षकले नै बनाएजस्तै शुभा आरम्भको प्रेम कहानी हो यो कहानीको टुङ्गो नलागुन्जेल बीचमा, विशेषगरी आरम्भको जीवनमा के कस्ता घटना घट्छन् , ऊसँग जोडिन आउने अरु पात्रको कथा कस्तो भन्ने कुरालाई उपन्यासकारले रोचक ढङ्गमा प्रस्तुत गरेका छन्

यो उपन्यासमा वर्णित धेरै कुरामध्ये मेरो मनमा लागेका केही कुराहरुको चर्चा यहाँ गर्दैछु मल्लले मुख्यगरि  वर्तमान नेपाली समाजमा जल्दोबल्दो विषयका रुपमा रहेको वैदेशिक रोजगार यसले गर्दा विशेषतः ग्रामीण समाजमा उत्पन्न भएका समस्यालाईशुभारम्भका पाइलाहरुउपन्यास मार्फत  उजागर गरेका छन् उपन्यासको शुरुवात एउटा स्थलगत अध्ययनका लागि आरम्भ सौराहाबाट आफ्नो पुर्खेउली गाउँ प्यारा भन्ज्याङतिर  हिँडेबाट हुन्छ उसले त्यहाँ बस पर्खिरहेकै बेला शुभा पनि आफ्नी ठूलीआमाकहाँ जान भनेर त्यहिँ आइपुग्छे केहीबेर बात मारेर छुट्टिएका उनीहरु उपन्यासको अन्ततिर मात्र सँगै भेटिन्छन् बीचमा आरम्भ नै पात्र भएर आउँछ उसले नै उनीहरुको सम्बन्धको बारेमा प्रकाश पारेको उपन्यास फ्लासब्याकतिर पनि गई नै रहन्छ

आरम्भ आफ्नो गन्तव्यमा नपुगुन्जेल कहाँ कहाँ जान्छ उसले कस्ता कस्ता पात्र भेट्छ उपन्यासकारले विस्तृत रुपमा वर्णन गरेका छन् यसका साथै आफ्नो अतीत   वर्तमानमा  विचरण गरिरहन्छ यसले गर्दा को हो उसको पारिवारिक पृष्ठभूमि के हो भन्ने बुझ्न पाठकलाई मद्दत गर्छ प्यारा भन्ज्याङ पुग्नुअगाडि अरु ससाना गाउँबाट गुज्रन्छ त्यहाँ वैदेशिक रोजगारले ल्याएका समस्यासँग आमनेसामने हुन्छ उदाहरणका लागि, ती गाउँमा युवा भेटिंदैनन्  ; सिर्फ  बूढाबूढी, महिला केटाकेटी मात्र दुःखजिलो गरेर बसेका छन् बाटामा भेटिएकी एउटी महिला सुनाउँछिन् , “बहिनीको घरमा अहिले छोरामान्छे कोही छैनन् ...खेत बन्धकी राखेर डाँडाघरे साहूसँग लिएको ऋण तिर्न   घरव्यवहार चलाउन फेरि ऋणमाथि ऋण लिएर उनका बूढा मेरो बहिनी ज्वाइँ एकलबहादुर खाडी मुलुक जानुभयो जानुभएको तीन वर्षसम्ममा बहिनीलाई पैसा पठाइदिनुभयो त्यो पैसाले डाँडाघरे साहूबाट खेतको बन्धकी फिर्ता भयो साथै अरु तिरनतारण पनि भयो त्यसपछि एकपटक घर आउनुभएर कोरिया फर्कने बेलामा अबको पैसाले घर बनाउनुपर्छ भनेर जानुभएको वर्ष भयो हालसम्म मान्छे, पैसा, खबर आएको घरमा उनको सासूआमा एक सानी छोरी मात्र छन् , ”(पृ.५०) अहिले यो हाम्रो समाजमाघर घरकी कहानी  जत्तिकै भएको


यो उपन्यासले मूलतः पूर्वीय  जीवनदर्शन  बोकेको आरम्भ बेलाबेलै यो दर्शन बोलिरहन्छ — “आखिर जीवन के रहेछ ? उही शुक्लपक्ष कृष्णपक्षबीचको उज्यालो अँधेरो वा दिनभरको रमाइलो अनि पिरलो हुने अवधि रहेछ नि,” (पृ.५१) त्यस्तै अर्को प्रसंगमा भन्छ, “त्यो बेला त्यहाँ थियौं राम्रै भयो अहिले यहाँ छौ सन्तोष मानौँ पछि जहाँ होइएला बेशै होला जहाँ होइन्छ त्यहीँ रमाउनुपर्छ जहाँ जहिले पनि आफ्नो सानिध्यमा जो, जे जसरी छन्, हुन्छन् उनैसँग  त्यसैलाई   त्यसरी  नै  समायोजित हुन सिक्नुपर्छ, सक्नुपर्छ मानिसलाई सुखी हुन चाहिने कुरा भनेको सन्तोष गर्नु, शान्ति प्राप्त गर्नु खुशी हुनु नै हुन्...,” (पृ.२०२) यो उपन्यासमा एउटासरभन्ने पात्र यहाँ आदर्श पात्रको रुपमा देखा परेको सधैँ अरुको हित चाहन्छ, आफ्नो अहित गर्नेलाई समेत क्षमादान दिन सक्छ यसरी मल्ल जीवन दर्शन अध्यात्मवादलाई सँगसँगै लिएर हिँडेका छन्

आरम्भले आफ्नो यात्रा क्रममा भेटेका आइतिका मंगलिका पनि वैदेशिक रोजगारले ल्याएको समस्याकै सिकार भएका छन् गाउँका सबै युवाहरु विदेशतिर  गएपछि  खेतालाको कमी भएर गाउँघरमा खेत बाँझा छन् आइतिका मंगलिकाका खेतमा खेतालाको काम गरिदिएवापत आरम्भलाई उनीहरुले प्यारा भन्ज्याङ पु¥याइदिने शर्तमा खेतीको काम नसकिउन्जेल उनीहरुको घरमा बसेर काम सघाउन आरम्भ राजी हुन्छ

यो उपन्यासमा उठाइएका अरु केहि मुद्दामा कुनै पनि काम गर्नका लागि चाहिने सरकारी सोर्सफोर्स, राजनीतिको घिनलाग्दो खेल, सम्पत्तीका लागि छोराछोरीले बाबुआमालाई दुःख दिने सामाजिक समस्या, युवा अवस्थामा सामान्य रुपमा उठ्ने यौनेच्छा जस्ता कुरा छन्

यो उपन्यासमा अलि अचम्म लाग्दो पक्ष के भने आरम्भको वर्तमान जीवनमा नाटकीय रुपमा सबै कुरा ठ्याक ठ्याक मिल्दै आउँछन् क्याम्पसमा पढ्दै गरेको एउटा नौजवान घर छोडेर अन्जान गन्तव्यको खोजीमा निस्कँदा कुनै  हण्डर ठक्कर नखाइकनै त्यहाँ पुग्नुले यस्तो सहज यात्रा पचाइहाल्न  पाठकलाई अलि मुस्किलै पर्छ फेरि, एउटा स्कूल पढ्दै गरेको बालकले ठूल्ठूला जीवन दर्शनका कुरा गरेको  पनि पत्याइहाल्न  मन लाग्दैन आरम्भले जति पनि दार्शनिक कुरा बोल्छ, ती सबै उपन्यासकार मल्लकै आदर्शका कुराजस्ता लाग्छन् अर्थात् उनले आफ्नो जीवन दृष्टिकोणको भारी आरम्भलाई नै बोकाइदिएजस्तो लाग्छ स्कूल पढ्दैदेखि नै उसको उमेरले थाम्न नसक्ने कुरा गर्छ आफ्नो जीवनमा असफलता भोगेका आरम्भका बाबु अत्यधिक मदिरा सेवनले गर्दा सुधारकेन्द्रमै पुग्छन् यसै कारणले उसकी आमामाथि नै घरको सबै अभिभारा आइलाग्छ आमाछोराकै जीवनमा धेरै सहयोगी आत्माहरुको प्रवेशले उनीहरुले जति दुःख भोग्नुपर्ने हो त्यति भोगेजस्तो देखिँदैन ठीक समयमा चाहिने सबै कुरा जुट्ता के वास्तविक जीवनमा पनि यस्तै हुन्छ ? भन्ने प्रश्न बारम्बार मनमा उठिरहन्छ


उपन्यासकारले यो उपन्यासमा प्रयोग गरिएका सबै अंग्रेजी शब्दहरु रोमन लिपिमा नै राखेका छन् जस्तै, उसले भारतीय युरोपियन जोडीहरुलाई, “Guys be careful, monkeys are crying, perhaps to make notice us that there may be tiger along this way (पृ.३३) मैले, “ यहि बैठककोठामा नै Adjust हूँला नि सर,” भनेँ (पृ.५५) उहाँले, “यो बैठककोठामा Adjust नै भएको छु ,” भन्नुभयो (पृ.५५) यस्ता रोमन लिपिका वाक्य तथा शब्दलाई उनले देवनागरी लिपिमा लेखेको भए अझ राम्रो हुन्थ्यो

यत्रो ठूलो पुस्तकलाई पठनीय बनाउन सक्नु उपन्यासकार गोकर्ण मल्लको खूबी हो उनले यसलाई आकर्षक शीर्षकहरु दिएर साना साना खण्डमा विभाजित गरेका छन्, यसले पाठकलाई पुस्तक पढ्न सजिलो बनाएको एभ्रिथिङ विल बि अलराइट एट दि एन्ड भनेजस्तै  उपन्यासको अन्त सुखान्त यसले गर्दा पाठक निराश बन्नु पर्दैन

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  21 July 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 




Monday, 17 July 2023

संकटापन्न मानव अस्तित्व

 

            विज्ञानको गतिको मापन सामान्य दिमागले गर्नै नसकिने भएको त्यसमा पनि अहिले इन्टरनेटको विकासपछिको गति भनिनसक्नु बेलुका सुतेको मान्छे बिहान उठेर आँखा खोल्दा कति नयाँ कुरा सतहमाआइसकेका हुन्छन् सन् २००० को दशकतिरकै एउटा घटना मलाई याद आउँछ हाम्रो कक्षा मा पढ्ने छोराले भिडियो गेममा धेरै समय व्यतित गर्न थालेपछि मैले त्यो हाते कन्सोल लुकाइदिएँ अनि उसले चाहिं गुगलको सहायता लिएरआमाले लुकाएको  कन्सोल कहाँ हुन सक्छ ?’ भनेर सोधेछ अनि गुगलले पर्दापछाडि, ओछ्यानमुनि, खाटमुनि, कपबोर्डतिर खोज्नू भनी सुझाएछ यसरि केटाकेटीहरु सानैदेखि प्रविधिको भर पर्छन्


           अहिले अझ च्याट जीपीटी आएको यसले तपाईंले सोचेर सुझाएका कुरा तुरुन्त लिपिवद्द गरेर तपाईंको अगाडि राखिदिन्छ आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यस्ता एप्लिकेशनहरु प्रशस्त प्रयोगमा आइसकेका रहेछन् कम्प्यूटरको ज्ञाता नभए पनि सामान्य प्रयोगकर्ताको हैसियतले च्याट जीपीटी प्रयोग गरेर हेर्दा अचम्म नै लाग्यो मलाई फेसबुक पेजका लागि एउटा ग्राफिक्स डिजाइन गर्नु थियो मैले खोजी गरिहेरें तुरुन्तै गुगलले उपाय सुझायो मुख्य शब्दहरु लेख्नासाथ त्यहाँ भुरुरु डिजाइनहरु आए मैले अब मन पर्ने डिजाइन छान्नु मात्र थियो जस्तो अल्पज्ञानीले त्यति सजिलै काम गर्न सक्छ भने अलि जान्नेको कुरै नगरौं च्याट जीपीटी जस्ता एप्लिकेशनले एकातिर ज्ञान ग्रहण गर्न सजिलो पारेका छन् भने अर्कोतिर हामीजस्ता शिक्षकलाई समस्या पनि पैदा गरिदिएका छन् यसै पठनपाठनमा त्यति ध्यान नदिने केटाकेटीका अगाडि त्यस्तो सजिलो उपाय आइदिएपछि दश मिनेटमै प्रपोजलको स्वरुप तयार हुने, एकैछिनमा निबन्ध तयार हुने् थेसिसको गाइडलाइन तयार हुने भएपछि के चाहियो ? यस्ता कृत्रिम रुपमा उत्पादित लेखन त्यति भरपर्दा नभएपनि सहयोग चाहिँ पक्कै हुने रहेछ बौद्दिक कार्यको चोरि समात्ने उपकरण पनि उपलब्ध नहुने हैन   तर यो सर्वसाधारणको पहुँचमा भने छैन अब विषेशतः थेसिसमा चोरी कतिसम्म हुन्छ भन्ने कुरा जो कोहिले भन्न सक्छ गत सालमात्र त्रिभुवन विश्वविद्यालयले ७० प्रतिशत शोधपत्रहरु सारिएका वा चोरिएका भेटिएको कुरा जनाएको थियो च्याट जीपीटी प्रयोग गरेरै लेखिएका २०० भन्दा बढि पुस्तकहरु अमेजनले बेचिरहेको रहेछ केहि घन्टामै तयार हुने यस्ता पुस्तकहरुले मानव क्षमतालाई नै चुनौती दिएका छन्


        हिजै मात्र मैले भारतमा दुईवटा छुट्टाछुट्टै टेलिभिजन च्यानलले मानव समाचार वाचकको सट्टामा कृतिम मानव समाचार वाचक प्रयोगमा ल्याएको समाचार पढेकी थिएँ यसले मानव भविष्य नै संकटमा पारिदिने भएको उडिया अंग्रेजीमा यी मानवरुपी रोबोटले समाचार प्रस्तुत गर्दछन् यसभन्दा अगाडि नै कुवेतको टेलिभिनज च्यानलले रोबोटिक समाचार वाचकलाई प्रयोगमा ल्याइसकेको रहेछ बिजुली बत्ती आएपछि दियालो, कुपी, लालटिन हराएजस्तो गरेर मान्छे बिनै काम टर्ने दिन आएकोमा आश्चर्य लाग्छ त्यसरी हेर्ने हो भनेँ हाम्रै अगाडि नै धेरै पेशाहरु संकटमा परिसकेका छन् जस्तै  - ढिकी, जाँतोका सट्टामा मीलहरु आए अरु अरु हाम्रा सिलौटा खलहरु समेत मिक्सीका मारमा परेर हराउँदैछन् दर्जनौँ रोपाहारका सट्टामा एउटा मेसिन काफी हुने भयो एउटा ट्याक्टरले सैयौ हल गोरुहरुको काम भ्याइदिने भयो दाइँ गर्ने धान झाँट्ने चलन हरायो एउटै थ्रेसिङ मेसिनले विगौँ विगा खेतको फसल धूलो पारिदिने भयो त्यसैगरी धान झार्ने थ्रेसर मेसिनले नै खेताला पनि विस्थापित गराइदियो यसरी हेर्दा हाम्रै अगाडि अनगिन्ति यस्ता उदाहरणहरु छन् बेरोजगारी बढ्नुको एउटा कारण बढ्दो मेसिनको प्रयोग पनि हुनसक्ला ! हाम्रातिर त्यति नभएपनि विदेशतिर ससाना भेन्डिङ मेसिनहरु देख्ता हाम्रातिर पाइने घुम्ती दोकानहरु सम्झिन्छु मानव संवाद बेगरै पैसा छिराएपछि भेन्डिङ मेसिनबाट फूले रोजेको वस्तु निस्कन्छ हाम्रोतिर मानवीय रोबोटको प्रयोग नभएपनि रोबोटिक मेसिनहरुले मानवलाई धेरै मात्रामा विस्थापित गरिदिएका छन् एक किसिमले हेर्ने हो भनेँ मानव श्रमको प्रयोग अत्यन्त न्यून हुँदै गइरहेको

हुँदाहुँदा मान्छेका सोच्नुपर्ने दिमाग लगाउनुपर्ने काम पनि मेसिनले भ्याइदिन थालेको तपाईं थोरै जानकारी दिएर कम्प्यूटरलाई यति शब्दको यस्तो कथा लेखिदिनू भन्न सक्नुहुन्छ अनि त्यसैको चित्रकथा भिडियो बनाइदेऊ भन्न सक्नुहुन्छ निमेषमै यी कुराहरु तयार हुन्छन् तपाईंलाई चित्त नबुझे अर्को तरिकामा पनि तिनै कुरा प्रस्तुत गरिदिन्छ भएन अचम्म!अनि लेखक, कलाकार किन पो चाहिएला !

अझ अर्को उल्का कम्प्यूटर चिप्सलाई मानव मष्तिस्कमा हालिदिएर मान्छेलाई अजम्बरी बनाउने प्रयास गर्नु हो एलन मस्कले पक्षपोषण गरेको न्यूरालिङ्क कम्पनीले विकास गरेको यो चिप्स मानव मष्तिस्कमा प्रत्यारोपण गरिसकिएको यसले मानव मस्तिष्कका असाध्य रोग निको पार्ने देखि लिएर मान्छेलाई बुढ्याईतिर जानबाट रोक्ने कोष वृद्धि पनि गराउँछ यस्ता उल्काहरु सुन्दा सम्झिँदा मात्र पनि अचम्म लाग्छ विज्ञानले गर्न बाँकी केहि रहेन अब मानिस अजर अमर हुने भयो जस्तो लाग्छ ।

केहि समय यता कम्पनीको खर्च घटाउन कार्यविधिलाई स्वचालित प्रणालीमा लैजान एआईको प्रयोग बढिरहेको विभिन्न अनुसन्धानले देखाएका छन्। बौद्धिक श्रम बढी पर्ने काममा यसले सहयोग गर्ने विश्वास अनुसन्धाताहरुले गरेका छन्

कृत्रिम बौद्धिकताको सुरुवात डिजिटल कम्प्युटर प्रणालीको विकास भएसँगै भएको हो डिजिटल कम्प्युटरबाट चल्ने रोबटद्वारा गरिने कार्यलाई नै एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स भनिएको हो अमेरिकाको प्रसिद्ध प्रविधि कम्पनी आईबीएमको सर्वेक्षणअनुसार संसारभरि एआई अपनाउने क्रम बढेको आईबीएमद्वारा सार्वजनिक प्रतिवेदनमा एआई प्रयोग गर्नेमा भारत चीनका कम्पनी अग्रस्थानमा छन् यी दुई देशका ६० प्रतिशत आईटी व्यवसाय कम्पनीले एआई प्रयोग गरिरहेको अध्ययनले देखाएको त्यस्तै दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका बेलायतमा पनि एआईको प्रयोग हुने गरेको सञ्चारमाध्यम, वित्तीय संस्थालगायत विभिन्न क्षेत्रमा एआई प्रविधि प्रयोग भइरहेको अनुसन्धानकर्ताहरु आगामी केही वर्षमा एआईले मान्छेबाट ८० प्रतिशतसम्म रोजगारी खोस्ने दावी गरिरहेका छन्


त्यस सँगसँगै मानव ज्ञानले परास्त गर्न नसक्ने पक्षहरु पनि छन् अस्ति भर्खरमात्र तपाईंहरुले पनि सुन्नुभएकै होलाविश्वका जना धनी व्यक्तिहरु लिएर टाइटानिक जहाजको अवशेष हेर्न गएको एउटा पनडुब्बीले समुद्रमा बाटो बिराएछ त्यसमा यतिले पुग्ला भनी बोकिएको अक्सिजन ग्यास सकिएपछि ती सबै यात्रु पानीमुनि नै शेष भए यसको अर्थ के भने मानव निर्मित वस्तुहरुको सीमा हुन्छ यी कुराहरु अनन्त कालसम्म चल्दैनन् केहि समय बोकेको अक्सिजनले चल्ला तर त्यसपछि के ? एकाएक पृथ्वीबाट अक्सिजन गायव भैदिने हो भनेँ कसैले केहि गर्न सक्ला ? पृथ्वीबाट पानी घाम नै अलप भैदिए सम्पूर्ण चराचर माटो खरानीमा परिणत हुन कति समय लाग्ला ? संझिदै कहाली लाग्दा विज्ञानले हल गर्न नसक्ने तथ्यहरु हाम्रा सामु छन् तैपनि अहिलेका लागि विज्ञान एक चमत्कार नै हो भन्दा अत्युक्ति नहोला कि ? 

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  14 July 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]