Friday 18 June 2021

फुटपाथमा भेटिएका जिब्रान


              
 प्रायः
मानिसहरु नयाँ किताबका पछि लाग्छन् आफुलाई मनपर्ने लेखकको कुनै पुस्तक प्रकाशित हुने बित्तिकै तँछाड मछाड गर्दै त्यो पुस्तक किन्न कुद्छन् तर मलाई भनें पुराना कितावहरु प्रिय लाग्छन् कति किताव दोहो¥याई तेहे¥याई पढ्छु अनि कतिपय संगालेर राख्छु ठूला शहरका सडक गल्लीमा फिजाएर राखिएका पुराना पुस्तकका तस्बीर मात्र हेर्दा पनि मलाई आनन्द लाग्छ ती पुस्तकका पानाहरुभित्र कुनै हिराको टुक्रा लुकेर मलाई नै पर्खिरहेको कि जस्तो पनि लाग्छ बेलाबेला हाम्रातिर काठमाडौँको दुई चार ठाउँबाहेक मैले कतै पुराना पुस्तक पसल देखेकै छैन  

                सेकेन्ड ह्यान्ड पुस्तक पसलतिर चहार्नु मेरो शौक नै हो यसै क्रममा मैले न्युरोड गेट छेउको पुरानो गुँदपाक भण्डार नजिकको गल्लीमा भेटेको हो ताता घाममा धुलैसरी भएर लडिरहेका जिब्रानलाई फिजाइएका किताबका एक छेउमा जिब्रानकोब्रोकन विङ्स्मलाई नै पर्खिबसे जस्तोगरि च्यातिएको गातासँग लडिरहेको थियो मैले प्रेमपुर्बक त्यसलाई उठाएँ जम्मा पच्चिस रुपैया तिरेर जतनले झोलामा हालें त्यो किताब नयाँ किन्नुभन्दा कता हो कता सस्तो थियो नै, त्यो मूल्यभन्दा पनि बहुमुल्य कुरा त्यस पुस्तकमा जडित भएको एक झल्को मैले पाएकी थिँए कसैले प्रयोग गरिसकेको पुस्तक आफ्ना हातमा आउँदा मलाई साँच्चै नै कुनै बेसहारालाई सहारा दिएजस्तो लाग्छ त्यस्तो भावना मेरा मनमा मात्र आएको होइन रहेछ पहिले नै बीसौ शताब्दीकी प्रसिद्ध लेखिका भर्जिनिया उल्फले पनि त्यस्तै मनोभाव प्रकट गरेकी रहिछन्सेकेन्ड ह्यान्ड पुस्तक रासका रास आउँछन् घरका पुस्तकालयमा भएका पुस्तकभन्दा अर्कै मिठासका हुन्छन्  

                अहिले डिजिटल किताबको युग चाहेका खोजेका पुस्तक निमेषभरमै उपलब्ध हुन्छन् तैपनि पुस्तक समाएर, त्यसका पाना पल्टाएर पढ्नुको जुन मजा , त्यो मजा कम से कम मलाईचाहिं विद्युतीय उपकरणमा पढ्दा आउँदैन शायद आफू डिजिटल युग शुरु हुनुभन्दा अगाडि नै जन्मिएर यस्तो लागेको हो कि ? ‘फरेनहाइट ४५१का लेखक रे ब्र्याडबरी पनि भन्छन्, “बुकको कुनै भविष्य छैन किनभने ती किताब होइनन् बुकहरुले डढेको इन्धन जस्तो गन्ध छाड्छन् हुन पनि हो, किताबहरु भौतिक स्वरुपमा नै बढी सजीव लाग्छन् आफुले विभिन्न कालखण्डमा पढेका पुस्तक पल्टाउँदा विविध सम्झनाले  डोहो¥याएर पुरानै समयमा फर्काईदिन्छन्   फेरि त्यो समय त्यतिबेलाका घटना परिघटनासँग मितेरी लाउन पाइन्छ  

                सडक किनारमा लडेका जिब्रानलाई उठाएर लैजाँदा मलाई सर्वथा अनौठो अनुभूति भयो त्यो पुस्तक एउटा उत्कट प्रेमीले जन्मेकै सालतिर पढेको रहेछ पहिलो पाना पल्टाउने बित्तिकै मैले उसको नाम ठेगाना देखें आजसम्ममा परमधाम गइसकेको हुँदो हो बाँचेकै भए पनि त्यसबेला त्रिभुवन बिश्वबिद्यालयमा एम. कम. पाँचौ सेमेस्टरमा पढ्ने ठिटो अहिले लगभग ७५ / ८० को हाराहारीको हुँदो हो त्यो समयको उसको खयाली प्रेमलाई उसले नीलो मसीले पुस्तकभरि छरपस्ट लेखेको जिब्रानको ब्रोकन विङ्समा पनि पात्रहरु गहिरो प्रेममा हुन्छन् तर त्यो सेल्मा कारेमी नामकी युवती कथावाचक पात्र युवकबीचमा वियोगान्त प्रेम हुन्छ यता त्यो पुस्तक धनी त्रि.वि.को ठिटो पनि आफुलाई ठ्याक्कै त्यहि परिस्थितिमा उभ्याउँछ मलाई खुल्दुली , यो पुस्तक धनीसँग एकपटक भेट्न पाए, उसको प्रेम गाथा सुन्न पाए, आज कसरि प्रस्तुत गर्दो हो ? सेकेन्ड ह्यान्ड किताबले एकै पटकमा धेरै कथा पनि भन्न सक्दो रहेछ यो मेरालागि नौलो रोमान्चक अनुभूति थियो एकातिर जिब्रानलाई पढ्दै थिएँ भने अर्कोतिर जिब्रानले नलेखेको कथा जिब्रानकै किताबमा पढ्दै थिएँ

                त्यो किताव पढ्ने ठिटाको डढेलोले खाएको मनमा फेरी केहि उम्रियो होला कि बन्जरै रह्यो होला ? एकतर्फी प्रेम टुटेपछि उसको जीवन कता मोडियो होला ? जिब्रानले उभ्याइदिएका पात्रका सट्टामा यो अमूक पुस्तक धनीले मेरो अन्तर आत्मालाई छोयो यसको कारण के थियो भने जिब्रानका पात्र काल्पनिक थिए तर यो पात्र वास्तविक थियो उसले पुस्तकभरि गरेका बिलौना सत्य थिए जिब्रानकै कथा पढ्दै थिएँ तर कल्पनामा ती अरबी पात्र नभई त्रि.वि.का झाडी जंगलमा यसो छड्के परेर, छलिएजस्तो गरेर बसेका युवा युवतीको प्रेमकथा जस्तो हुन गयो त्यो अमूक पुस्तक धनीले जन्मेकै सालमा स्नातकोत्तर पढदा त्रि.वि.को स्वरुप कस्तो हुँदो हो ? शायद एक दुई बिल्डिंङ मात्र हुँदा हुन् थोरै बिद्यार्थी हुँदा हुन् आफुले बाइस पच्चीस वर्ष अगाडी त्रि.वि. धाएको सम्झें त्यो भन्दा पाँच सात वर्ष अगाडि नै त्रि.वि. कै नजिक नयाँबजारमा बसेर कीर्तिपुर माध्यमिक बिद्यालयमा पढ्न गएको सम्झें मैले त्यो समयमा देखेको त्रि.वि.को सेरोफेरो पनि कहाँ अहिलेको जस्तो थियो ? त्यस बेलाको जीवन शैली नै अर्कै थियो अहिलेको जस्तो भिडभाड थिएन बिद्यार्थीहरुका हात हातमा मोबाइल फोन थिएनन्     

                साहित्यका अथवा अन्य विषयका पुराना पुस्तक किनेर पढ्ने चलन हाम्रातिर नयाँ नै होला सानी छँदा पुराना पुस्तक बिक्रीको चलन नै थिएन हो, त्यतिवेला हामी आफुले पढिसकेका पाठ्यपुस्तक भने किनबेच गर्थ्यौं राम्रा जतन गरेर पढिएका पुस्तक आधा मूल्यमा तल्ला कक्षाका बिद्यार्थीहरुलाई बेच्न सकिन्थ्यो  

पठन संस्कृतिको विकासले नै किताबको बजार खडा गर्ने हो हाम्रो छिमेकी मुलुक भारततिर हेर्ने हो भनें कहाली लाग्नेगरिका ठूला ठूला सेकेन्ड ह्यान्ड बुकका बजार देख्न पाइन्छ दिल्लीका दरियागंज कलकत्ताका सडकमा नपाइने किताब शायदै अरुतिर पाइएला जस्तो भान हुन्छ सडक किनारमा किताबहरुको डंगुर देख्दा बोरामै उठाएर ल्याउँ जस्तो लाग्ने  

                सेकेन्ड ह्यान्ड पुस्तकको सुन्दरता भनेकै यसमा सबैको पहुँच हुनु हो मूल्यको हिसाबले कुनै पुस्तक नयाँमा किन्नुभन्दा ८०/९० प्रतिशत नै सस्तो पर्न जान्छ बजारमा ,००० रुपैया पर्ने पुस्तक सेकेन्ड ह्यान्ड बजारमा १०० रुपैयामैं पाउँदा चिठ्ठा परेको होइन ? फेरि सेकेन्ड ह्यान्ड भन्नेवित्तिकै सबै पुस्तक पुरानै हुन्छन् भन्ने छैन कहिले कहिले हालसालै प्रकाशित पुस्तक पनि नसोचेको मूल्यमा हात लाग्न सक्छन्

                 यस्ता किताब किनेर पढ्न पल्किएकी छु तपाईले पनि कतै सेकेन्ड ह्यान्ड किताब बेचेको देख्नुभयो भने ती किताबका थुप्रा खोस्रिन नबिर्सनू होला के थाहातपाईंले पढ्न खोजिरहनुभएको तर नभेट्नु भएको पुस्तक त्यही थुप्रोमा तपाईंलाई नै पर्खेर बसिरहेको हुनेछ कि

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 18 June, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]

 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).