Tuesday 29 August 2023

खै त भँगेरा ?

 सानो चन्चले भँगेरो चरो तपाईंले नदेख्नुभएको कति भयो ? ओहो मैले भँगेरो नदेखेको कति भैसकेछ लगातार  एक हप्तादेखि सम्झेको  बेला  यसो यताउति  हेर्छु, भँगेरो देखिन्छ कि भनेर तर कतै देख्न सकेकी छैन भँगेरा हराएछन् भँगेरा कता गए होला नि ! पहाड मधेस जताततै  पाइने, दुई खुट्टा  एकैपटक उचालेर बुर्लुक बुर्लुक उफ्रिने त्यो सानो जीवात्  कहाँ  हरायो होला भनेर केहि दिनदेखि सोचिरहेकी छु


मुख्यतयाः भँगेराका लागि  चाहिने बासस्थानकै अभावमा भँगेरा हराएका होलान् खर फुसले छाएको घर हुँदा, यसो खोस्रेर  उधिनेर  घर बनाउने   साना गुँडमा दुईवटा अन्डा  पार्ने  खिरिलो चरो भँगेरो  साह्रै फूर्तिलो  जस्तो लाग्थ्यो अहिले फूसले छाएका घर हराए काठका घर हराए सिमेन्टका  पक्की  घरमा बस्ने ठाउँ नै हुँदैन जस्तापाताले छाएका मधेसका  घर  जस्ता तातेर वर्षा  याममा  कुनै  जीव  बाँच्नै  नसक्ला जस्तो हुन्छ त्यसो भन्दा  पनि  परेवा चाहिँ साह्रै ज्याद्रो  हुनेरहेछ हाम्रो पुरानो घर हुँदा रहरले पालेका परेवा पछि  घर  भत्काएपछि पनि बढो दुःखले नयाँ घरका छानातिर चेप्टिएर बसेका छन् कत्ति  धपाउने  प्रयास  गरियो टिन हटाइयो, नाङ्लो ठटाइयो तर अहँ, परेवाहरु थाकेनन्

तर बिचरो भँगेरो रुखमा गुँड पनि नलगाउने, अनि  उसका  लागि  उपयुक्त वासस्थान पनि नभएपछि कतै बसाइँ नै सरे होलान् अर्को  कुरा के  पनि  थियो भने  पहिले  पहिले  भँगेराले खाने आहारा पनि प्रशस्त थियो खेतीबालीमा अन्न पोखनढोलन  हुन्थ्यो भँगेरा लगायतका सुगा, परेवा, ढुकुर त्यस्तै आहाराले पेट भर्थे गहुँ छरेपछि  नउम्रियन्जेल भुराहरु खेतैमा सानो याक्सा बनाएर चरा रुङ्न जान्थे मकै  पाक्दा  सुगाले  हैरानी  गथ्र्यो अहिले खेती पनि खुम्चेर गएको अनि त्यस सँगसँगै  सुगा  भँगेरा पनि लोप भएका छन्


अस्ति  भर्खरै  वर्षौं  पछाडि  मैले  सुगाका  हुल  देखेँ अग्ला रुखका  टोड्कामा  गुँड लाएर  बच्चा  कोरल्ने  सुगाका लागि खै रुख ? तैपनि  कताबाट  हो  कोलाहल मच्चाउँदै सुगाहरु आएको  मैले  देखें के खालान् तिनले भन्ने सोच्दा सोच्दै  ती सुगाहरु  छिप्पिएका टिप्न  छाडिएका  भिण्डीका बोटमा सोइसोइला गर्दै  भिण्डीका दानाहरु खाँदा रहेछन् सुकेका भिण्डीका बियाँ पनि तिनको आहारा हुनेरहेछ दुईचार दिन लगातार बारीमा मैले सुगाहरु देखेकी थिएँ

सानै छँदा उपध्रो  गर्नुपर्ने  समयमा मैले आफूभन्दा माथिकी  दिदीसँग  लागेर भँगेराका अण्डा  पकाइखाएकी  छु, बनभात  खाने  निहुँमा ती अण्डा मेरी दिदीले कहाँबाट खोजेर ल्याउनु भएको थियो भन्ने चाहिँ मैले पत्तो पाउन सकिन मलाई अझैं  याद त्यो अम्लेट एउटा चम्चा जत्रो मुश्किलले  थियो  होला तर त्यति गर्न सक्नुको बहादुरी कथाको  मूल्य  ठूलो  थियो आफ्ना खेल्ने दौंतरी धने, बमे, मीना, रिनाका  कानमा  ती वीरतापूर्ण  गाथा हामीले  सुनाउन पाएका थियौँ धने, बमे अझ अघि बढेर भँगेरा ढुकुर नै मारेर पोलिखाएका  गफ  पनि  सुनाउँथे त्यसमा हाम्रो रुची थिएन जन्मजातै निरामिस बाहुनी केटीहरुलाई यसरी अण्डा पकाइ खाने आँट चैं कसरी पलाएको हो त्यतिबेला !


भँगेरा  पोलिखाने  कुरा  गर्दा  मलाई  मेरी  क्याम्बोडियाकी  साथी  निङको याद आउँछ विभिन्न  प्रकारका खानेकुरा त्यसका भित्री विशेषता बताउँथी जस्तै, बाँदरको मासु अझ मगज खाए मान्छे चतुरो हुने, कुकुरको मासु खाए बुढ्याइले नछुने, बिरालाको  मासु  खाए  जस्तोसुकै   बाथरोग  पनि  निको  हुने  आदि  आदि त्यसै  उपक्रममा एकदिन  उसले  अलि उत्ताउली  हुँदै  भँगेराको  मासुको विशेषता सुनाएकी थिई, ‘भँगेरा खरायोको  मासु  खायो  भने जस्तै बूढो रोगीले  पनि  जवान जस्तो  महसुस  गर्छ जवानले खायो भनेँ बुम बुम बुम अनि मुखमा हालेको खानेकुरा उछिट्याउँदै   बेस्मारी  हाँसी र हाँसो मिश्रित स्वरमा सोधी, ‘यू इट राबीट, स्प्यारो ?’ खानेकुराले यौनशक्ति बढाउने  कुरा  त्यति  प्रमाणित  नभए  पनि  सबै  समूदायमा सँस्कृतिमा  यो  कुराले  विशेष  स्थान ओगटेको हुने रहेछ अब हाम्रैतिर यार्सागुम्बाले  ठूलो बजार लिएको वैज्ञानिक हिसाबले  हेर्दा  प्रशस्त प्रोटिन पाइने मासु, अण्डा, दूध खाएपछि शरीरमा  स्फूर्ति  आउनु स्वभाविकै  पनि  हो मान्छेलाई हल्ला भए पुग्छ, प्रमाण को  खोजी उतिसारो गरिँदैन अहिले  चलेको  डेङ्गुको  महामारीमा  मेवाका पातको  रस गएको कोरोना महामारीमा अम्बाका पात खाएजस्तै होला निङले सुनाएको भँगेरा खरायोको मासुको कथा पनि

हराएको  भँगेराको   सम्झनाले मलाई  टाढा  पुर्याएछ वास्तवमा बासस्थान खानेकुरा सँगै बढ्दो विषादीको प्रयोग पनि भँगेरा लगायतका चराचुरुङ्गी हराउने अर्को कारण होला बढ्दो शहरीकरणसँग आएको बिजुलीको प्रयोग पनि अर्को कारक तत्व होला अहिले रातहरु रात जस्ता छैनन् साँझ परेपछि नजिकको बाँसझ्याङ्गमा हजारौँ बकुल्ला रुप्पीको कल्याङमल्याङ्ग हुन्थ्यो साँझ छिप्पिएपछि रातभरीका लागि  ती  शान्त हुन्थे अहिले बाँसका झाँङ्गहरु देखिन्छन् चराको कल्याङमल्याङ्ग सडक छेउका रुख बाँसझ्याङ्गमा निरन्तरको सडकबत्ती अनि सवारी साधनका बत्तीले जीवजन्तुको चैन उडाइदिएका छन् वर्षाद्को समयमा पहिलेजस्तो भ्यागुता नै खै कराएका ? हिउँदमा सारा जग ढाकेर पिलपिल गर्दै उड्ने जुनकिरी नै छन्


भँगेरा हराउनुको तात्पर्य के होला ? यसरी एउटा जीव बिलुप्त  हुँदा  मानव जगतमा यसको असर के होला भन्ने जिज्ञासा मेरो मनमा उत्पन्न भयो मौरीको  विनाशसँग  मान्छेको  विनाश  जोडिएको भन्ने मैले सुनेकी थिएँ वास्तवमा  यो  जगतका हरेक जीवजन्तुको अस्तित्वसँग मान्छेको अस्तित्व जोडिएको हुने रहेछ बरु मान्छे भन्ने भङ्ज्याहा  प्रजाति नहुने  हो  भने वास्तवमा प्रकृति सकल रुपमा रहने रहेछ मान्छे विध्वंशकारी जीव रहेछ जतापनि आफ्नो वर्चस्व कायम गर्न खोज्ने जे पनि खाइदिने, ढुट्याउने संहार नै गरिहाल्ने कतिले पनि भो अब पुग्यो नभन्ने हम्पासुर प्रजाति रहेछमानव प्रजाति हुन पनि हो मान्छेले ध्वंश गर्न बाँकी कतै केही नै छैन अब हामीले सूची बनाउँदै जाने हो भने तपाईं  हामीले देखेका कति जीवजन्तु, पन्छी वनस्पति हराए होला कतिपय  प्रजातिको   नाम निशान नै भेटिँदैन आजकल

अहिले सम्झेर ल्याउँदा भँगेरो मात्र कहाँ हो रहेछ ? यहाँ गिद्ध, बनकुखुरा, स्याल, न्याउरी, जङ्गली खराया, सुगा, जुरेली, बाममाछा, भ्यात्लुङ मैले एक निमेषमा सम्झिन  सकेँ आँखा  चिम्लेर  यसो  सम्झौँ   हामी प्रकृतिबाट कसरी टाढिदै  गएका  रहेछौं ? हामीले के के प्रजातिका जीव वनस्पति  गुमाएछौँ   के के प्राप्त गरेछौँ त्यसको बदलामा ?

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  25 August 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



2 comments:

  1. सुन्दर तर्कसहितकाे पर्यावरण बिनासमा कारक बनेकाे मानवीय प्रवृति प्रतिकाे तिखाे प्रस्तुति, बधाई छ डा.सावलाई।

    ReplyDelete
  2. हार्दिक धन्यवाद हजुरलाई।

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).