Friday 5 January 2024

अनन्त प्रश्नचिन्हपछिको एक्लो यात्रा

 

 

           


सोच्ने गर्थेंआजको युगमा गाउँघरका अधिकांश नारीहरु स्वतन्त्र नभए पनि शहर बजारका पढे लेखेका आफ्नो खुट्टामा उभिएका नारीहरु पूर्ण रुपमा स्वतन्त्र छन् उनीहरु आफ्नो उडान आफैं भर्न सक्छन् तर हाम्रो समाज कहाँ त्यति उदार भैसकेको रहेछ ? एक्ली नारीलाई सशंकित भएर हेर्ने पुरातनवादी समाजको नजर खासै परिवर्तन भएको रहेनछ भन्ने कुराको बोध मलाईयुरोप यात्राका संस्मरणपुस्तककी लेखक बिन्दु सुवेदीले गराइन् एउटा स्वावलम्बी जीवन यापन गरेर आफ्नो बैँकको जागीरबाट सेवानिवृत्त सुवेदी उनको  स्वतन्त्रताको उपयोग गर्दै जब युरोपको एकल यात्रा गर्ने निर्णय गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छिन्, त्यहाँको कर्मचारीले उनीप्रति देखाएको अनुदार भावले झस्किन्छिन् कहाँ जाने ? किन जाने ? कोसँग जाने जस्ता प्रश्न ठीकै हुन् तर जब तपाईं यसरी एक्लै यात्रा गर्न ठीक हुँदैन,’ भन्छ, पनि रिसले रन्थनिन्छु कस्तो पितृसत्तात्मक सोच ? सुवेदीका यस्ता कुरा पढ्दै गर्दा मलाई प्रसिद्ध भारतीय लेखक सुधा मूर्तिले सुनाएको किस्साको पनि स्मरण भैरहेथ्यो एकपटक  मूर्ति लण्डनबाट भारत फर्कने क्रममा हिथ्रो विमानस्थल पुगेकी थिइन् बिजनेस क्लासको टिकट भएकी उनी जब बिजनेस क्लासको लाइनमा उभिइन् त्यो लाइनमा उभिएका अरु दुइटी नारीले उनको साधारण भेषभूसा देखेरबहनजी, ये आपका लाइन नहि है इकोनोमी क्लासका लाइन उधर है आप उधर जाइएभनेछन् मूर्ति त्यही लाइनमा उभिइरहँदा उनीहरुलेयी गोठाले  वर्गका  मान्छे (क्याटल क्लास पिपल)’ भनेका थिए रे सुवेदी मूर्तिसँग सम्बन्धित यी दुईवटै घटनाले मान्छेको वाह्य रुप हेरेर उनीहरुलाई जाँच्ने हाम्रो एउटा औसत सामाजिक सोचलाई दर्शाउँछ

            जे होस्, परिपक्व सोच भएकी सुवेदी त्यो विमानस्थलको कर्मचारीका प्रश्न सल्लाहलाई धैर्यपूर्वक सामना गर्दै अन्तमा बोर्डिङ पास हात पारेर आफ्नो रोमान्चक एकल यात्राको उडान भर्न सफल हुन्छिन् उनकै पछि लागेर हामी पनि सँगसँगै जान्छौँ जान उनी आफ्ना भान्जा भान्जे बुहारीको निम्तो मान्न अष्ट्रियाको भियना गएकी हुन् कारणनातीको व्रतबन्ध तर बिन्दु सुवेदीले आफ्नो डेढ महिनाको समयलाई अत्यधिक सदुपयोग गर्दै युरोपका सात मुलुकका विभिन्न मुख्य मुख्य ठाउँको भ्रमण गर्न भ्याएकी छन्

लेखक

            आफ्नो यात्रामा अगाडि बढ्दै जाँदा बिस्तारै उनी आफ्नो पहिचान पनि खुलाउँदै जान्छिन् यसले पाठकलाई उनी आफू घुम्न गएका ठाउँमा के के कुरा हेर्न चाहन्छिन् भन्ने कुरा प्रष्ट हुन्छ उदाहरणका लागि, सुवेदी एक बैंक कर्मचारी भएकीले स्वीट्जरल्याण्डको ज्युरिक शहर घुम्ने क्रममा उनी त्यहाँको बैंक अफ स्विट्जरल्याण्डतिर तानिन्छिन् यो स्वीस बैंकको नाम विश्वकै धनाढ्य व्यक्तिहरुले पैसा थन्क्याउने ठाउँको रुपमा प्रसिद्ध रहेको  तपाईं  हामीले सुनेकै कुरा हो नेपालका पनि पूर्व राजाहरु राजनेताहरुले त्यही बैंकमा लगेर पैसा थुपारेका समाचार हामी यदाकदा पढ्न पाउँछौँ यसैगरि सुवेदी घडी चकलेटकी सौकीन भएकीले ज्युरिकमा त्यस्ता पसल चहारेको प्रसंग यहाँ बडो रमाइलोसँग प्रस्तुत् गरिएको आफ्नो परिवारमा साहित्य, संगीत, कलाजस्ता विषयमा सधैँ चर्चा परिचर्चा भैरहनाले बिन्दु सुवेदीलाई धेरै कुराको जानकारी भएको कुरा बुझ्न पाठकलाई धेर बेर लाग्दैन त्यसैले उनी ज्युरिकसँगै जोडिएर आउनेदादाइज्मको व्याख्या गर्छिन् यसबारेमा आफूलाई पति अभि सुवेदी पुत्र सलिल सुवेदीबाट जानकारी प्राप्त भएको उनी इमान्दारीपूर्वक सुनाउँछिन्

            युरोप यात्राका संस्मरणको अर्को रमाइलो पक्ष के भने लेखक जुन जुन ठाउँ हेर्न जान्छिन् ती ठाउँसँग जोडिएका रमाइला प्रसंगहरु उनी सुनाउन छुटाउँदिनन् जर्मनीको राजधानी बर्लिन घुम्न गएका बेला आफू सानै छँदा उनलाई स्याहारसुसार गर्ने दुबे दिदीलेहिटलर बेलायतको लडाइँका बारेमा सुनाएका कथाको चर्चा गर्छिन् यस्ता प्रसंगले ती ठाउँको वर्णन अझ जीवन्त पार्छन् यहाँ पूर्वी पश्चिमी जर्मनीलाई छुट्याउने ऐतिहासिक बर्लिनको पर्खाल भत्काइए पनि यसको स्मरणका लागि भग्नावेशषका टुक्राहरु ठड्याइएको सजीव चित्र खिचिएको निविया क्रिम मात्र प्रयोग गर्ने हुनाले सुवेदीको ध्यान त्यहाँको प्रसिद्ध निविया कम्पनीको शो रुमतिर तानिएको प्रसंग पनि रोचक बर्लिनमा अवस्थित हम्बोल्ट विश्वविद्यालयको इतिहास निकै घतलाग्दो रहेछ पचासभन्दा बढी नोवेल पुरस्कार विजेता विद्वानहरु यही विश्वविद्यालयसँग आवद्ध रहेका प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले समेत यहाँ प्राध्यापन गरेको तथ्य थाहा पाउँदा चकित भएँ बर्लिनको सडक पेटीमा राखिएका विश्व प्रसिद्ध लेखकका सेकेण्डह्याण्ड पुस्तकहरुको रासबाट साल्भाडोर डालीको पुस्तक छान्नुले लेखकको कलाप्रतिको चेत झल्कन्छ खासमा उनले त्यो पुस्तक आफ्ना पति अभि सुवेदीलाई उपहार दिन किनेकी थिइन् किन त्यही पुस्तक भन्ने विषयमा बिन्दु सुवेदीले लामै व्याख्या गरेकी छन्

            युरोप घुमाउने क्रममा नै सुवेदीले हामीलाई इटालीको भेनिस शहर पुर्याउँछिन् त्यहाँ पुग्दा उनी शेक्सपियरको नाटकभेनिसको व्यापारीको स्मरण गर्छिन् त्यहाँ वर्णित घटनाहरुको कल्पना गर्छिन् पानीमाथिको शहर भनेर चिनिने भेनिस शहरको वर्णन साँच्चै नै लोभलाग्दो सुवेदीका आँखाबाट पाठकले त्यो शहरको सौन्दर्यपान गर्न सक्छन् फ्रान्सको राजधानी पेरिसमा बिताएको एक हप्ताको वर्णनलाई उनले भागमा बाँडेर विस्तृत रुपमा पेश गरेकी छिन् पेरिसमा उनले मुख्य रुपमा घुम्न चाहेका लुभ्र म्युजियम, आइफल टावर, नोत्रेदाम गिर्जाघर भर्साइको दरवार जान उनी छुटाउँदिनन् लुभ्र म्युजियममा गएर मोनालिसाको चित्र प्रत्यक्ष रुपमा देख्न पाएकी सुवेदीप्रति थोरै इर्ष्याको भाव पनि जाग्न सक्छ पाठकको मनमा त्यस्तै आइफल टावरको रातीको बत्तीले झलझलाकार भएको स्वरुपले कसको मन लोभ्याउँदैन होला ? यी केही उदाहरण मात्र हुन् सुवेदीले घुमेका अरु शहर बुडापेष्ट, ब्रातिस्लाभा भियनाका विशेषता त्यहाँ हेर्नुपर्ने महत्वपूर्ण स्थलहरुको व्याख्याले पाठकलाई त्यतैतिर घुमिरहेजस्तै अनुभूति गराउँछन् आफ्ना पिताले भनेको वाक्य,यदि तिमी कुनै ठाउँको भ्रमणमा जाँदैछौ भने त्यो ठाउँको बारेमा केही जानकारी लिएर जानु राम्रो हुन्छ,’ लाई बिन्दु सुवेदीले गुरु मन्त्रका रुपमा लिएकी छन् यसका साथै उनले त्यो जानकारी कुनै कन्जुस्याइँ नगरी पाठकलाई बाँडेकी छन् यसका अतिरिक्त उनले  युरोपमा  घुमेका ठाउँहरुको नेपालका ठाउँहरुसँग तुलना गर्न पनि बिर्सिएकी छैनन् ज्युरिक बजारमा रहेको तलाउसँग उनी पोखराको फेवातालको तुलना गर्छिन्, त्यहाँको गल्लीमा हिँड्दा उनलाई भक्तपुरको न्यातपोल छेउबाट माथिल्लो बाटोतिर निस्कने गल्लीमा हिँडेको सम्झना हुन्छ त्यसैगरि बुडापेष्टमा डाडाँ देख्ता उनलाई स्वयम्भूको डाँडाबाट कीर्तिपुर देखेजस्तो लाग्छ भियनाको थिएटरमा पुग्दा उनलाई हाम्रो प्रज्ञा प्रतिष्ठानकोडबलीको संझना आउँछ ज्युरिकको एउटा विश्वविद्यालयमा संरक्षण गरेर राखिएको सुन्दर बोटानिकल गार्डेन देख्ता सुवेदीलाई त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहेको उपेक्षित वनस्पति उद्यानले चिमोट्छ

आइफल टावर

            यो पुस्तकमा प्रयोग भएका बिम्ब अलङ्कारहरु निकै नै रमाइला छन् जस्तै, ‘मेरो मनमा पनि स्विटजरल्याण्ड जाने प्वाँख पलाउन थालिहाले’, हिउँ पग्लेर माटो हाँसेको समय (पृ.); ‘मनमा रहरको प्वाँख पलाइसकेपछि त्यो फटफटाउन खोज्ने रहेछ,’ ‘मेरो मन युरोपको समर सिजनमा फुलेको सप्तरंगी फूलका बगानसरी भइहाल्यो '(पृ.); 'सूर्यको किरणले आफ्नो तातो खास्टो ओढाइदियो '(पृ.८०); ‘मेरो खुशी उम्लिएर पोखिन खोज्दैछ’(पृ.११६); ‘उनको प्रश्नले मेरो मनमा पनि केही कुराहरु छालसरी उठायो’(पृ.१६०) आदि पुस्तकमा भेटिएको अर्को आश्चर्यलाग्दो पक्ष भने लेखकले ठाउँ ठाउँमा गरेको पूर्वेली भाषिकाको प्रयोग हो काठमाडौँमै जन्मिएर, त्यहीँ हुर्किएर, त्यहीँकी रैथाने बनेकी सुवेदीले यस्तो भाषा पनि प्रयोग गर्न सक्ने रहिछन् भनेर पाठक एकछिन सोचमग्न हुन सक्छन्

            समग्रमा भन्नुपर्दा आम पाठकले बुझ्नेगरि सरल भाषामा लेखिएकोयुरोप यात्राका संस्मरणएक पठनीय पुस्तकका रुपमा अगाडि आएको

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  5 January 2024)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).