Friday 15 August 2014

चरिमाया कि श्वेता ??

लेखक: फक्कड़ जोगी

रात्रिर्गमिष्यति भविष्यति सुप्रभातम्
भास्वानुदेष्यति हसिष्यति पंकजश्रीः। 
इति विचारयति कोषगते द्विरेफे 
हा हंत हंत नलिनीं गज उज्जहार॥

[हात्तीले थुतेर फालेको कमलको फूलभित्र रहेको  मौरीले ठान्छ --रात पछि बिहानी आउछ, उज्यालो भएर घाम लागेपछि फूल फ़क्रिञ्छ। ब्रिहदरान्यकोपनिषद  ]

स्वेताका बारेमा लेखिएको डा शर्माको ब्लग पढ्दा माथिको श्लोकको सम्झना भयो र केहि कुरा थप्न अनुमति मागें।

एकै एकै समयमा दुइवटा युवाहरु नेपालले गुमायो । एउटा युवा श्रीकृष्ण श्रेष्ठ सर्जक भएकाले प्रख्यात भए र अर्काले भने बिध्वस मार्ग रोजेर कुख्याती कमाए । ती घटना संगसंगै दुइवटी उम्दा युवतीहरु पनि चर्चामा आए। श्वेता श्रीकृष्ण संग सिर्जना कर्ममा जुटेकी रहिछन् र संसारिक अर्थमा निर्लिप्त मायामा रहिछन् । ती रंगकर्ममा डुबेकी युवतीले चाहदी हुन् त ठुलै नाटक र बबण्डर खडा गरेर मेडिया लाई मसला दिन्थिन होला तर बिचारी स्वेताले वास्तविक जीवनमा नाटक उति जानेकी रहिनछन् ।

उता चरिमाया भने वास्तविक जीवनमा ठुलो नाटककार रहिछन्  । यी त मानब मुजुरनी पो रहिछन् । यता चरी प्रेमीको सैया उठ्न पाको छैन उता उनी कस्ती असल, समाजसेवी, सच्चा प्रेमी हुन् भनेर प्रमाणित गरिमाग्न गुहार गरि हिड्न पो थालिछन् । उनका नक्कली  तर्कमा मक्ख परेर अझ केहि सिकारु नारीवादी त चरिमायालाई एक  धन्य नारीका रुपमा प्रस्तुत गर्न पनि पछि परेनन् ;  उद्देस्य --सस्तो लोकप्रियता र अर्थोपार्जन -- ऎकै भएपछि कुरा मिल्ने रहेछ क्यारे । हुनत चरीमायाले चरीलाई मान्छे बनाउन प्रयास गरेको सुगा रट पनि सुनियो तर अब उनले अरु कतिलाई मान्छे बनाउने हुन् भन्ने पो डर छ त !

यता श्वेता प्रेमी गुमाउनु को मुर्छाबाट बौरिन सकेकी छैनन् उता चरिमाया देश देशान्तर थर्काएर उनका फड्के प्रेम कथा र त्यस संग जोडिएर आयेका लालची प्रसङ्ग बाट आफुलाई मुक्त गर्न असफल प्रयाश गर्दैछन ।

यी मानब जीवन जगतका दैनिक प्रसङ्ग हुन् कति यस्ता कुरा निस्कंछन्  र कति बिलाउछन् । एक जोगी महाराज भन्नु हुन्थ्यो -न त संसारका चना चपाएर सकिन्छ, न त कुरा गरेर सकिन्छ  । कुरा गरयो कुरैको दुख ।

गुरु राधास्वामी भन्नु हुन्थ्यो -- हामी आफ्नै आफ्नै भुमरीमा बटारिएर, लतारिएर निरन्तर स्या स्या र फ्या फ्या गर्दै दौडिरहेका छौ । कता र किन दौडेको होला भनेर रोकिने र सोच्ने सम्म फुर्सद छैन । बल्छीको माछो झैँ बिबिध लालसामा उनिएका छौ।  भुमरीलाई टाढा बाट हेर्दा मात्र यसले कसरि बिध्वन्स गर्छ भन्ने देखिन्छ । बल्छीको माछोले जति बल गर्छ उति जाकिन्छा।

सारमा दुवै युवाको मृत्यु भयो तर एकले सत्कर्मको छाप छाडेर गए भने अर्कोले दुस्कर्मको। छनोट आफ्नै आफ्नै हुन्छन, आफुले भिरेका मादल आ-आफ्नै तालमा बजाउने छुट सबैलाई छ । तर समाजमा चरिमाया जस्ता र तिनका पृष्ठपोसक हरुले भने दुस्प्रवाब नै पार्छन।  फेरी पनि छनोट आफ्नै हो --चरिमाया कि श्वेता ?

काममय एवायं पुरुष इति। 
स यथाकामो भवति तत्क्रतुर्भवति। 
यत्क्रतुर्भवति तत्कर्म कुरुते। 
यत्कर्म कुरुते तदभिसंपद्यते॥

[आफुले भित्र पालेका विचारले नै इच्छा लाई निर्देशित गर्छ, ती इच्छाले कर्मलाई निर्देशित गर्छ र कर्मले भाग्य निर्धारण गर्दछ ब्रिहदरान्यकोपनिषद ]

(यी विचार लेखकका आफ्नै  हुन् । यी कुरामा सहमत नभए लेखक संगै सम्पर्क गर्नुहोला। fakkad@gmail.com)

{The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).