Wednesday 13 September 2023

पहिचानको खोजी

 

हाम्रो समाजमा बसाइ सराइको कथा कुनै नौलो होइन हाम्रा पितापुर्खाको पालादेखि नै चलिआएको हो यो चलन हिजोआज यहि कुरालाई विभिन्न सिद्धान्तसँग जोडेर व्याख्या गरिन्छत्यो बेग्लै कुरा हो पहिले पहिले खासगरि निम्न मध्यम वर्गका मानिसहरु सुख खोज्दै भारत, बर्मा, भुटानतिर बसाइँ जाने गरेका कथा हामी यदाकदा पढ्न पाउँछौँ वर्तमान समयमा विश्वव्यापीकरण नयाँ सूचना प्रविधिको विकाससँगै नेपालीका लागि संसारका अरु देशहरुका ढोका पनि खुलेका छन् त्यसैले हिजोआज आम नेपाली रोजगारीको सिलसिलामा होस् वा अध्ययनको सिलसिलामा जापान, कोरिया, दुबई, कतार, मलेसिया, अमेरिका, अष्ट्रेलियाजस्ता देशमा जाने गरेका छन् कतिपय उतै बसेका छन्


यस्तै बसाइ सराइकै विषयवस्तुका वरिपरि घुमेको उपन्यास हो असमेली लेखक रण काफ्लेको  रैथाने उपन्यासको नामै  रैथानेभएपछि यहाँ  रैथाने अर्थात् स्थानीय शब्दहरु पनि धेरै भेटिन्छन् उपन्यास पढ्न शुरु गर्दा नै पाठकको यस्ता  शब्दसँग साक्षात्कार हुन थाल्छ उदाहरणका लागि हलुवा गोरु, भद्री चरो, खेतका हाफलुहरु, फान, कोराइका रुख आदि यस्तो भाषा प्रयोगले पक्कै पनि रैथाने स्वाद दिन्छ

यी शब्दले यो उपन्यासको परिवेश नेपाल बाहिर नै हो भन्ने कुराको जानकारी पनि दिन्छन् यसैगरि यहाँ वर्णन गरिएका ठाउँ पनि रमाइला छन् यस्ता केही उदाहरण लिनुपर्दा कार्बि आङलङ्, मङ्गलदै, हेटौ, बल्लीमारी, अत्रीघाट, सेरेङ, छपडी, कुप्लीझार, चिनिगाउँ पर्छन् यहाँका  रैथाने  जातिहरुमा  चाहिँ  कार्बि जातिको विशेष चर्चा भेटिन्छ यस्ता शब्दावलीहरुको प्रयोग उपन्यासभरि नै भेटिने हुनाले यसको शीर्षकरैथानेप्रति न्याय भएको यो सतहमा देखिएको कुरा भयो यो तहलाई उधिनेर अलि भित्री तहमा पस्दा भने उपन्यासको मर्म भेटिन्छ

रैथानेकेही  सुखको  खोजीमा  नेपालबाट असम भासिएका नेपालीहरुले जीवन जिउनका लागि आफ्नो पहिचान बनाउनका लागि गरिएको चरम संघर्षको कथा हो उनीहरुले असम छिरेर त्यहाँका पट्टेर जंगल फाँडी कृषि पशुपालनमा आश्रित जीवन बिताएका छन् यसरी नयाँ ठाउँलाई आफ्नो घर बनाउनका लागि उनीहरुले त्यहाँका स्थानीयबासीसँग पनि उत्तिकै तालमेल मिलाउनुपर्ने हुन्छ पहिलो पुस्ताका मानिसको जीवन दालरोटीको चिन्तामै बित्छ दोस्रो पुस्ताका  युवाहरु  भने त्यहाँ  शिक्षा आर्जन गरी आफ्नो पहिचानको खोजीमा लाग्न थाल्छन्

यो उपन्यासको नायक रोहित प्रत्यक्ष रुपमा पाठकसामू देखा पर्दैन उसको बाल्यकालदेखिको मित्र पात्रले नै उसको जीवनमा रोहितको  जीवनमा  घटेका  घटना,  नेपाली  जातीले  असमका  गाउँमा भोगेको जीवनका कथा सुनाउँदै पाठकलाई डोहोर्याइरहन्छ । उसको नाम विजय भएको कुरा उपन्यास पढ्दै जाँदा थाहा हुन्छ


रोहितको सारै सोझो बाबु जय कान्छाको  सबै  सम्पत्ति  धूर्त  कैरसिंहले  हत्याएपछि जय कान्छो आफ्नो मावलीमै करियाको जिन्दगी निर्वाह गरिरहेको थियो मामामाइजूले उसको विवाह धूमधामसँग गरिदिए तर बाठी माइजूको आशय भने ती जोइपोइको काम खानु मात्र रहेको कुरा जय कान्छाकी पत्नी  बोगीले      दुई - चार दिनमा नै थाहा पाइहाली बोगी यहाँ एक सचेत सशक्त  पात्र  भएर  देखा  परेकी   अर्काको कमारो भएर आफ्नो बाँकी जीवन बिताउन पटक्कै राजी हुन्न उसलाई आफ्नो स्वतन्त्रता प्यारो त्यसैले मामा माइजूको घरको छेउमै एक छिमेकीको आश्रय लिएर छुट्टिएर बस्न थाल्छे दुःखसुख गरेर उसलाई आफ्नो घरसार चलाउन मन लाग्छ तर उसको लोग्ने जय कान्छो मामा माइजूलाई चटक्क त्याग्न सक्तैन त्यसैले बोगीलाई पूर्ण रुपमा साथ दिन सक्तैन बोगी भने आफ्नो स्वतन्त्रताको लडाईं  लड्न छोड्दिन अन्तिममा उसकै जीत हुन्छ जय कान्छालाई लिएर आफ्ना माइतीका आडमा कार्बि आङलड गएर आफ्नो नयाँ जीवन शुरु गर्छे त्यहीँबाट शुरु हुन्छ रोहित विजयको जीवनयात्रा

प्रवासमा रहँदा बस्ता मानिस बिस्तारै त्यहीँकै हुन चाहन्छन्  आफ्नो रैथाने पहिचान खोज्न  थाल्छन् तर अल्प संख्यामा भएका उनीहरुलाई त्यहाँका  रैथानेले  रैथानेका  रुपमा  स्वीकार्दैनन् अनि शुरु हुन्छ पहिचानका लागि संघर्ष यही कुरालाई यो उपन्यासमा देखाइएको नेपालीहरु यसरी अल्पसंख्यकमा परेकाले सरकारी संयन्त्रसँग पनि लडाईं  गरिरहनुपर्छ भुटानमा देखिएको समस्या  पनि  यस्तै हो त्यहाँका नेपालीहरुले आफ्नो स्वतन्त्र अस्तित्वको माग गरे यो माग पूरा गरिदिनुसाटो भुटान सरकारले उनीहरुलाई लखेट्यो यसकै फलस्वरुप उनीहरु शरणार्थी भएर नेपाल आउनुपर्यो । दार्जिलिङमा पनि स्वतन्त्र  गोर्खाल्याण्डको  माग गर्दै  त्यहाँका नेपालीले संघर्ष गरेका छन् आफ्नो मुलुक छोडेर अन्यत्र जाने सबैको पीडा  शायद यस्तै यस्तै नै हो

यसरी पहिचानको खोजी गर्ने क्रममा रोहन विजय दुई विपरित दिशातिर लाग्छन् रोहन असममा नै बसेर भारतीय पहिचान नै खोज्छ यसका लागि विद्यार्थी आन्दोलनमा पनि होमिन्छ आफूहरुलाई अल्पसंख्यकमा भएकै आधारमा अथवा बाहिरबाट आएकै भरमा  राज्य  प्रणालीले  समेत पक्षपात गरेको कुरा रोहनलाई कदापि स्वीकार्य हुँदैन उसलाई भारत आफ्नै मातृभूमि हो भन्ने लाग्छ हुन पनि हो नि, उसले जन्मेर हुर्केर देखेको ठाउँ त्यहि हो उसको घर त्यहि हो तैपनि त्यो देशले उसलाई आफ्नो भन्दैन हामीलाई यो देशमा हाम्रो त्याग बलिदान हुँदाहुँदै पनि सौतेनी आमाको दृष्टिले हेर्ने गरिन्छ हामीमाथि आज समस्या परिआउँदा  सहायता  गर्ने  पनि  छैनन्    सरकार नेतालाई चुनाउमा चाहिँ हाम्रो भोट चाहिन्छ,” (पृ. १५६) भनेबाट पनि यो प्रष्ट हुन्छ प्रवासी नेपालीहरुलाई त्यहाँको सरकारले दोश्रो दर्जाको नागरिकलाई जस्तो गर्ने व्यवहार उनीहरुले सार्वजनिक स्थलहरुमा भोग्नुपरेको समस्याका बारेमा रोहन अनविज्ञ थिएन यस्ता सबै विभेदहरु हटाउनका लागि नै प्रयाशरत  थियो

रोहनको विपरित विजयको परिस्थिति भने बेग्लै थियो उसका बाबुलाई भारतभूमिमा  आफ्नो  स्वतन्त्र अस्तित्व कायम हुने कुरामा  पटक्कै  विश्वास थिएन उनी भन्ने गर्दथे, “हामी पनि छिमेकी राष्ट्र नेपाल भएकाले उतैबाट आएका अरे, त्यस कारण विदेशी भएका छौँ बङ्गलादेशबाट आएर बसोबास गर्ने मुसलमान सरह हामी गोर्खा पनि विदेशी नै हुन्छौँ अरे,” (पृ. १०२) त्यसैले कुनै पनि दिन यहाँबाट लखेटिन सकिन्छ भनेर उनले भविष्यमा आफ्नो परिवारसहित  नेपाल  नै फर्कने  योजना बनाएर यतैतिर जग्गाजमीन पनि जोड्न थालेका थिए विजय पनि आफ्नै बाबुको कुरामा सहमत भएको थियो यहि कुरालाई पुष्टि गर्दै, उपन्यासमा भनिएको ,“...रैथाने भएर युगौँयुग बसोबास गर्दै आएका हाम्रा मानिसलाई सरकारी तन्त्रबाट घरघरमा नोटिस पाउने मानिसले यो देश त्यागेर जानु पर्ने भो जसरी बर्माबाट लेखापानी हुँदै हाम्रा मानिसहरु नेपाल पुगेका थिए भुटानबाट शरणार्थी भएर नेपाल पुगेका थिए शिलाङबाट विदेशीको नाम पाएर नेपाल पुग्नुपरेको थियो प्रवासी मनोभावले बसोबास गर्नेलाई ठीकै थियो तर स्वदेशी यो देशलाई सधैँका लागि माया मारेर देश त्याग गर्ने नोटिस पाउँदा साह्रै मनमा चोट लाग्ने कुरा भएको थियो,” (पृ. १०४) यस अर्थमा विजयको परिवार असममाप्रवासीमानसिकता बोकेर बसेको थियो त्यहाँको सरकारले लखेट्नु अगावै स्वेच्छाले नेपाल फर्किएको थियो

नेपालमा पनि सोचेजस्तो सहज जीवन किन हुन्थ्यो ? यहाँ आएपछि विजयलाई असमकै रोहितसँग बिताएको रमाइलो समयको सम्झनाले कहिल्यै छोडेन जुन रैनाथे पहिचानको खोजीमा नेपाल  छिरेको थियो, त्यो पहिचान उसलाई कहिल्यै प्राप्त  भएन त्यसैले भन्छ, “...हामी हुलचालमै जिउ जोगाएर फर्केर नेपाल आयौँ  तर  नेपालमा  आएर बसोबास गरे पनि मलाई रोहितले भनेका कुराहरु सधैँ  याद आइरहने आफू  जन्मेको ठाउँ हुर्केको गाउँ सारै प्यारो हुँदोरहेछ जाति, भाषा, संस्कृति एउटै भए पनि हुर्केको  हावापानी  एउटै नभएपछि  रैथाने भएर  यहाँ  पनि बस्न  चाहिँ सकिने रहेनछ आफू जति नै नेपाली हुन खोजेपनि मलाई जम्मै छिमेकीले आछामे सर भनी बोलाउने गर्दछन् (पृ. १२७१२८) यस्तै समस्या भोगेकी  हुन्छे  रोहनकी  प्रेमिका  आशाले  पनि उसका आमाबाबुले नेपालको केटो खोजेर छोरीको विवाह गरिदियो भने बढी खुशी सुखी हुन्छे भनेर आशाको रोहितको प्रेम निमठेर छोरीको विवाह गरिदिई नेपाल पठाए सोचेविपरित  उसको  जीवन यता  संकटग्रस्त नै भयो उसलाई पनि पहिचानको  संकट आइलाग्यो दुःखी हुँदै भन्छे, “यहाँ झन् मलाई जम्मैले आछामे  भाउजू  भनेर बोलाउने गर्छन् जति नै गरेपनि आफ्नो आङबाट आछामको गन्ध चाहिँ हट्ने रहेनछ छोराछोरीकी आमा भइसकेँ तर आजसम्म नेपाली भइनँ, आछामे नै भएकी छु,” (पृ. १४३)

यसरी हेर्दा प्रवासी नेपालीहरु पूर्ण रुपमा उताका भए, यताका उनीहरुको  संघर्ष  सधैँ  पहिचानको खोजीमा केन्द्रित भयो यसै संघर्षको बीचमा रोहित भने साहित्यकार भएर निस्कियो विदेशी भूमिमा आफ्ना पूर्खा आफूले भोगेका समस्यालाई समेटेर उसले  रैथानेउपन्यास लेख्यो यो उपन्यास नेपालसम्म चर्चित भयो यसका लागि रोहितले नेपाल प्रज्ञा प्रतिष्ठानबाट अन्तर्राष्ट्रिय साहित्यिक कृति पुरस्कार पनि पायो


यसबाट के प्रष्ट हुन्छ भौगोलिक रुपमा कोरिएको सीमानालाई साहित्यले मेटाउन सक्दो रहेछ लेखन नै एक सशक्त माध्यम हो जसले संसारभरि छरिएर रहेको मानव समुदायलाई एक सुत्रमा बाँध्न सक्छ जहाँ बसेर पनि मान्छेले आफ्नो भाषा, संस्कृति साहित्यको सेवा गर्न सक्छ कुनै  ठाउँको  माया  पाउन  त्यहाँको रैथाने  नै  हुनुपर्छ  भन्ने  होइन यो कुरालाई विजयले अन्तिममा आत्मसात गर्छ मानिसलाई लेखनले नै पहिचान दिलाउँछ रण काफ्लेले चुरो कुरोको रुपमारैथानेउपन्यासमार्फत दिन खोजेको सन्देश यही नै हो

(Published in a Nepali local weekly Janajyoti Saptahik, Damak, Jhapa on  10 September 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).