Friday 29 December 2023

अन्तिम फुर्को

 

हाम्रो भारत यात्राको कुरा सुन्दा सुन्दा तपाईंलाई दिक्क लागेको छैन नि ? अब यो अन्तिम हो  अघिल्ला तीनवटा पढिदिनुभयो  अब धैर्यपूर्वक यो एउटा नि पढिदिनू है  यो लेखमा केही रोचक प्रसंगहरु प्रस्तुत् गर्छु  मलाई विश्वास तपाईंलाई पनि ती पक्कै मन पर्नेछन् 



अब हाम्रो यसपालीको भ्रमण करिब करिब सकिएको थियो  हाम्रो पूर्वयोजनाअनुसार हामी वृन्दावनबाट दिल्ली जाने एकदिन त्यहाँका नाम चलेका बजारहरु घुम्ने अनि नेपाल फर्कने थियो  तर आग्राबाट वृन्दावन फर्किने क्रममा दाजुलाई ज्वरो आएजस्तो भयो  थकाइले यस्तो भएको होला, ठीक भैहाल्छ भनेर हामीले सोच्यौँ  तर बितेको समयसँगै उहाँलाई सारो सारो पार्दै लग्यो  वृन्दावन आइपुग्दा अनुहार पनि रातो रातो, आँखा रसिला जीउ पनि निकै रन्किएको थियो  अब भने हामी अलि चिन्तित भयौँ  सिटामोल चलाउनु नै पर्ने भयो  बेलुका कोठामा आएपछि हामीले अब के गर्ने भन्ने विषयमा छलफल गर्यौं । पहिलो प्रस्ताव एकदिन वृन्दावनमै बसेर आराम गर्ने कि भन्ने थियो  त्यो त्यति चित्तबुझ्दो भएन  के को ज्वरो हो ? त्यतिबेला डेङ्गुको हल्ला पनि चलिरहेकै थियो  त्यसैले यो डेङ्गु नै पो हो कि ? हाम्रा मनमा शंका उठ्नु स्वाभाविक नै थियो  सल्लाह गर्दै जाँदा दाजु भाउजूले बरु दिल्लीको बसाइ रद्द गरेर भोलिपल्टकै  फ्लाइटमा काठमाडौँ फर्किँदा नै उत्तम हुन्छ भन्ने कुरामा हामी सबैको सहमति भयो 


वृन्दावनबाट दिल्ली फर्कने क्रममा मलाई रमाइलो लागेको पक्षचाहिँ स्लिपर बस हो  बिरामी दाजुलाई बसमा गाह्रो हुन्छ होला भनेर हामी पीर मान्दै थियौँ तर साह्रै काइदाको बस पो भेटियो  यो स्लिपर नामक दुई तले बसमा ट्रेनमा  जस्तै सुत्ने ओछ्यान हुने रहेछ  बसलाई कोठा कोठा जस्तो गरेर छुट्याएको  तल्लो तलाको कोठामा दुईवटा ओछ्यान माथिल्लो तलाको कोठामा एउटा ओछ्यान  यसो निहुरेर आफ्नो कोठामा छिरेर पर्दा लगाइदिएपछि घरकै कोठाजस्तो  भएन काइदा ? त्यहाँ उभिन भने मिल्दैनथ्यो  त्यसैले सुरुङ्गमा छिरेपछि कि सुतिहाल्नुपर्यो कि गोडा पसारेर बस्नुपर्यो । यस्तो बस मेरा लागि नितान्त नौलो थियो  जे होस्, बिरामी दाजुलाई चैँ मजाले सुतेर यात्रा गर्दा त्यति कठीन भएन होला 

स्लिपर बस 


नेपालबाट दिल्ली जाँदा एकजना शुभचिन्तकको सहायताले हामीले सिटी सेन्टरकै होटलमा कोठा पाएका थियौँ  यसपाली भने हामीले ट्रेन स्टेशनको छेउको बजार पहाडगन्जमा बस्ने विचार गर्यौं । त्यहाँ बस्नुभन्दा पनि जरुरी दाजु भाउजूलाई जतिसक्दो छिटो नेपाल पठाउनु थियो  त्यसैले दिल्ली आइपुग्ने बित्तिकै हाम्रो पहिलो काम भनेको काठमाडौँ जाने प्लेनको टिकट खोज्नु एउटा कोठा खोजेर बिरामीलाई आराम गराउनु थियो  नभन्दै त्यही दिन दिउँसो बजेको टिकट पनि पाइयो  एउटा लजमा ठीकठीकैको कोठा लिएर सामान थन्क्यायौँ खानाको खोजीमा निस्क्यौँ  त्यसपछि घण्टा कोठामा आराम गरेर दाजुभाउजू एयरपोर्टका लागि निस्कनुभयो  यतिन्जेल रमाइलो गर्दै सँगसँगै हिँडेको हाम्रो टीम फुट्यो  अब हामी के के गर्न सक्छौँ भनेर बुढाबुढीले एकछिन कोठामा बसेर सल्लाह गर्यौं ।


त्यो दिन हामी बसेको ठाउँबाट नजीक रहेका चाँदनी चोक सदर बजार हेर्ने टुङ्गो लगायौँ  भोलिपल्टचाहिँ सरोजिनी मार्केट - वटा सपिङ्ग मल हेर्ने अनि पर्सीपल्टको ट्रेन समातेर नेपाल फर्कने भन्ने हाम्रो योजना थियो  बजार हेर्न निस्कनुभन्दा अगाडि तपाईंलाई पहाडगन्जबारे अलिकति कुरा सुनाउँ, है   प्रायः दिल्ली घुम्न आउने नेपालीहरु ठोक्किने ठाउँ रहेछ पहाडगन्ज बजार  ट्रेन  स्टेशनबाट निस्कँदा निस्कँदै भेटिने भएकाले पहिलेदेखि नै कुनै होटल बुकिङ्ग छैन भने मानिस यहिँ फँस्दो रहेछ  गुवाहाटिको पल्टन बजार दिल्लीको पहाडगन्ज उस्तै उस्तै रहेछन् - ट्रेन स्टेशनको दूरीका हिसाबले  हामीले हाम्रो यात्राको शुरुमा देखेको दिल्ली यात्राको अन्तिममा देखेको दिल्लीमा आकाश जमीनको फरक थियो  फोहोरको पर्याय भन्नु पहाडगन्ज रहेछ  लौ भनूँ  भन्दा सफा ठाउँमा पाइला राख्न पनि मुस्किल पर्ने  बाटोको दुवै साइडमा फोहोरदेखि केही नै पो नदेखिने  चोर, लफङ्गा, पाकेटमारदेखि सावधान हुनुपर्ने ठाउँ रहेछ यो  हामी खाना खान गएको होटलको साहूजीले, “अपना मोबाइल फोन और पर्सपे ध्यान दिजीएगा”, भन्ने सल्लाह दिएलगत्तै हामीले आफूलाई असुरक्षित अनुभव गरेका थियौँ  त्यो एक रात कसो कसो त्यहाँ कटाएर भोलिपल्ट पहिले बसेकै ठाउँतिर जाने भएका थियौँ हामी  त्यता हामी निर्धक्क भएर घुमेका थियौँ  इन्डियासँग सम्बन्धित सबै नकारात्मक पक्ष -फोहोर, भीड, भिखारी, ठगजस्ता कुरा पहाडगन्जमा देख्न पाइयो भने सिटी सेन्टरतिर बडो आनन्दको अनुभूति भएको थियो  बहुत व्यवस्थित शहरजस्तो लागेको थियो त्यता  भेटिएका मान्छे पनि सबै सभ्यजस्ता देखिन्थे  दिल्लीको दूई रुप देखेर चकित भएकी थिएँ  त्यसैले कुनै कुरा देखेर त्यसको धारणा बनाइहाल्नु पनि ठीक होइन रहेछ जस्तो लाग्यो मलाई 


बसेको ठाउँबाट हिँडेर नै पुगिने भएकाले हामी पहिले सदर बजारतिर लाग्यौँ  भीड फोहोर छिचोलेर एक छेउदेखि अर्को छेउ पुग्नु निकै नै चुनौतीपूर्ण थियो  जता गयो उतै मान्छे ठेलिएका छन्  त्यहीँ माथि यस्तोमा गाइगोरु, कुकुर, अटो, साना गाडी, ठेला सबै यहाँ अँटाएका थिए  कसरी सबैले समान्जस्यता स्थापित गर्न सकेका होला ? किनमेल कसरी गर्नु ? यस्तैमा बानी परेकाहरु गरिरहेका थिए  हामीले सकेनौँ  आफूलाई कतिबेला अलिक खुल्ला ठाउँमा निस्किएर मजाले सास फेर्नुजस्तो भैरहेको थियो  यस्तै रहेछ सदर बजार भनेर एउटा मोटामोटी चित्र खिचिहाल्यो दिमागले  त्यसैले हामी उफ्रिएर त्यहाँबाट बाहिरियौँ 

सदर बजार 


अनि अटो समाएर लाग्यौँ चाँदनी चोकतिर  यहाँको भीड उस्तै डरलाग्दो थियो  चाँदनी चोकबजारमा सामान एकदम सस्तो पाइन्छ भन्ने सुनेको हो  फेरि त्यहाँ दलाली पनि असाध्य चल्ने  कतिसम्म दलाल गर्नु ? बेच्नेले रु. २००० भनेको सामानलाई लाजै नमानी रु. २०० मा दिने हो भनेर सोध्न सके मात्र काम बन्ने यस्ता बजारमा  आफू त्यतिसारो पनि गर्न नसक्ने  हामी त्यसै छारष्ट भएर यो पसल पसल चहारिरहेका मानिसको रमिता हेर्दै आफ्ना  सामानको विज्ञापन च्याँठ्ठिएर  गर्ने व्यापारीहरुको आवाज सुन्दै हिँडीरहेका थियौँ  एउटाले मलाई कोट्याएर भन्यो, “बहनजी, कोइ औरत आपके पिछे लगी है, जरा अपना पर्सको सम्भालिए सक्केन अब ? ब्याग च्याप्नु कि बजार घुम्नु ? मरोस् भनेर चाँदनी बजारलाई नि बाइबाइ गर्यौं हामीले 


भोलिपल्ट बिहान पुरानै मुगलसरायको मन्दिरवाली गलीमा ओर्लिएपछि मात्र हामीले आफूलाई  सुरक्षित भएको अनुभूति गर्न सक्यौँ  यहाँबाट अब जता जान पनि हामीलाई मेट्रो ट्रेनको सुविधा उपलब्ध थियो  तर हामीसँग दिल्ली घुम्न एकदिन मात्र बाँकी भएकाले अटो नै लिने विचार गर्यौं । एउटा होटल खोजेर त्यहाँ आफ्ना  सामान थन्क्यायौं  बिहानको चियाखाजा गरी हामी अटो चढेर लाग्यौँ  सरोजिनी मार्केटतिर  सदर बजार चाँदनी बजारभन्दा यो बजार निकै व्यवस्थित रहेछ । त्यहाँका स्थानीयबासीको दैनिक उपभोगका सामान किन्न आउने मुख्य बजार भएकाले सरोजिनी मार्केटमा हामीजस्ता फिरन्ते कमै पुग्थे होला शायद  त्यसैले त्यहाँ उल्काको भीड थिएन  लत्ताकपडा, जुत्ताचप्पलदेखि लिएर सम्पूर्ण घरायसी सामानको किनबेच देखियो त्यहाँ 


हाम्रा खुल्ला बजारजस्ता  दिल्लीका दलाली चल्ने सस्ता बजार हेरियो  अब बाँकी फिक्स्ड प्राइसका सपिङ्ग मल हेर्नुथियो  त्यसैले दिउँसोतिर हामी लाग्यौँ  सिटीवाक सपिङ्ग मलतिर  यो हामीजस्ता मध्यमवर्गीय मान्छेका लागि होइन रहेछ नि ! विश्वप्रसिद्ध ब्राण्डका सामान मात्र पाइने रहेछन् यहाँ त! उच्च मूल्यका  हामीले खोजेको कहाँ यस्तो हो ? हामीले किन्न सक्ने सामान त्यहाँ केही देखिएन  उदाहरणका लागि एउटा झलक्क देखिएको सामान्य पोशाकको मूल्य भा. रु. ३५०० लेखिएको थियो 

सरोजिनी मार्केट 

पहाडगन्जको सस्तोमा सस्तो सदर बजारदेखि लिएर हाम्रो पहुँचदेखि बाहिरको हौज खासस्थित सिटीवाक मल पनि हेरियो  यसपालीको दिल्ली घुमाइ त्यति नै हो जस्तो लाग्यो  हामीलाई जान मन लागेको एउटा ठाउँमा चैँ जान सकिएन  त्यो हो सेकेण्डह्याण्ड किताब पाइने बजार  इण्डियाको सबैभन्दा ठूलो सेकेण्डह्याण्ड किताब पाइने बजार दिल्लीमा नै भन्ने पढेको थियो कता कता  त्यो कतातिर थियो पत्तै भएन  हामीसँग खोज्ने समय पनि थिएन  यसपालीको भारत भ्रमण यस्तै भयो 

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  29 December 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]