Saturday 20 January 2024

जीवन बदल्ने पाठ

 

            बितेका केही दिनदेखि फेसबुकमा युवा केटाकेटीका बीच दुईवटा नाम मनोज श्रद्धा भाइरल भएको मैले विचार गरिरहेकी थिएँ तर ती नामप्रति मेरो ध्यान भने एकोहोरिएको थिएन ती नामको उनीहरुबीच केही सांकेतिक अर्थ होला भन्ने मैले सोचेँ यहि बीचमा एउटा हिन्दी चलचित्रट्वेल्भ्थ फेलको चर्चा पनि फेसबुकमा चुलिन थाल्यो बाबा के रहेछ यो चलचित्रमा भनेर एकदिन मैले नि यूट्युब खोलेँ ट्वेल्भ्थ फेलहेर्न पलेंटी कसेर बसेँ अनि मात्र मैले थाहा पाएँ मनोज श्रद्धा नाम भाइरल हुनुको रहस्य ती अरु कोही नभएर यहि चलचित्रका नायक नायिका पो रहेछन्


            चर्चा चलेअनुसार चलचित्र हेर्न लायकको नै रहेछ यो सत्य घटनामा आधारित चलचित्र रहेछ मनोज एउटा सामान्य घरको केटो उसको बुवा इमान्दार सत्यवादी एउटा सरकारी जागिरे उसको यही सत्यवादीताले गर्दा निलम्बनमा परेको चम्बलको गाउँमा प्रशासन पुलिसको मिलेमतोमा केटाकेटीलाई स्कूलमा चिट चोराएर पास गराउने चलन रहेछ एकचोटि एउटा इमान्दार पुलिस अफिसर त्यो गाउँमा आएर यो प्रथालाई रोक्न खोजेको थियो यही पुलिस अफिसरसँग मनोज अति प्रभावित भएको थियो उसले भनेको थियो, ‘मै आपके जैसा बनना चाहता हूँ क्या करना पड्ता है ?’ छक्क पर्दै त्यो अफिसरले जवाफ दिएको थियो, ‘बस् चिटिङ्ग करना छोड्दो यहि वाक्य नै मनोजका लागि रामवाण भयो त्यसैले १२ कक्षाको जाँचमा अरु सबै विद्यार्थी चिट चोरेर प्रथम श्रेणीमा पास भए तर मनोज भने आफ्नै बलबुतामा तृतीय श्रेणीमा उत्तीर्ण भयो अनि स्नातक उत्तीर्ण भएपछि आफ्नो पुलिस अफिसर हुने इच्छालाई पछ्याउँदै आफ्नी हजुरआमाले बर्षौं देखि अलि अलि गर्दै जम्मा गरेको थोरै रुपैँया लिएर दिल्लीतिर लाग्छ

            यसरी अन्धकारमै  आफ्नो लक्ष्य मात्र लिएर अगाडि बढेको मनोजले शहरमा कस्ता कस्ता ठक्कर खान्छ भन्ने कुराको कुनै लेखाजोखा नै छैन तर जे भए पनि डगमगाउँदैन असफलताको सामना पटक पटक गर्नुपरे पनि मनोज विचलित लभैकन लक्ष्यभेदनमा जुटिरहन्छ अन्तिममा सफल हुन्छ उसको एकाग्रताले महाभारतका पाँच पाण्डवमध्येका एक पाण्डव अर्जुनको सम्झना दिलाउँछ एकपटक उनीहरुका गुरु द्रोणाचार्यले यी पाण्डवलाई एउटा चरालाई वाण हान्ने कार्य दिन्छन् उनीहरुले निशाना लगाउँदा सबैलाई गुरुले पालैपालो सोध्छन्, ‘तिमीहरुले के देख्यौ ?’ कसैलेचराकसैलेचराको टाउकोकसैलेचराको जीउभन्छन् तर अर्जन भनेमैले खालि चराको एउटा आँखा देखेँभन्छन् आफ्नो लक्ष्य भेदनभन्दा एक सिन्का पनि तल माथि नहुने यस्ता अर्जुनले गुरु द्रोणाचार्यबाट सर्वश्रेष्ठ धनुर्धरको उपाधी त्यसै पाएका हुन् ?


            अर्जुनको समग्र ध्यान चराको एउटा आँखामा भएजस्तै मनोजको ध्यान पनि पुलिस अफिसर हुनुमा थियो त्यसैले हरेक पल्ट लाखौँको संख्यामा लोकसेवा जाँच दिने विद्यार्थी भएको भारतमा सफल हुने विद्यार्थीको न्यून संख्यामा पर्छ

            एउटा आँकडाले देखाएअनुसार सन् २०२३ मा यो परीक्षाका लागि १३ लाख विद्यार्थिले आवेदन दिएका थिए तीमध्ये जम्मा १४,६२४ जनाको मात्र लिखित परीक्षामा बस्नका लागि छनोट भएको थियो यसबाट नै हामी यो लोकसेवा आयोगको परीक्षा कतिसम्म प्रतिस्पर्धात्मक हुन्छ भन्ने कुराको अनुमान लगाउन सक्छौँ नेपालको पनि परिस्थिति यस्तै यस्तै हो

            कुनै पनि ठोस जानकारीबेगर गाउँबाट एकैचोटि पुलिस अफिसर हुन शहर पसेको मनोजका लागि आइपीएस (इन्डियन पुलिस सर्भिस) मा छिर्नु कम चुनौतीपूर्ण थिएन बीचमा आएका बाधा व्यवधानबाट क्षणिक रुपमा टुट्यो पनि, लड्यो पनि तर पुनः उठ्यो, आफूलाई टक्टक्यायो, जोड्यो आफ्नो लक्ष्यप्राप्तिमा अगाडि बढ्यो यसले के देखाउँछ भने जो सुकै होस् धनी, गरीब, जान्ने, नजान्ने, पिछडिएको वर्गको वा उच्च वर्गको यदि ऊसँग आफ्नो दृढ संकल्प स्पष्ट लक्ष्य भने, ढिलो चाँडो त्यो प्राप्त हुन्छ नै

            विशेषगरी आजको युवा जमात जो सानातिना समस्याबाट नै डराउँछ मैदान छोडेर भाग्छ; अथवा घोर निराशातिर अगाडि बढ्छ; अनि चरम अवस्थामा पुगेर आत्महत्याको बाटोसमेत रोज्न पुग्छ; यस्तो जमातलाई१२वीं फेलअर्थात्  ट्वेल्भ्थ फेलचलचित्रले आशा जगाउन सक्छ जीवनप्रति सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्न प्रेरणा दिलाउन सक्छ

            मनोज कुमार शर्माबाहेक यो चलचित्रमा अरु दुई महत्वपूर्ण पात्र छन् प्रितम पाण्डे गौरी भैया यिनीहरुले पनि मनोजलाई पुलिस अफिसर हुन सहयोग गर्छन् प्रितम पाण्डे एउटा धनी बाउको छोरो उसलाई पैसाको कुनै समस्या छैन तर आफ्नो इच्छाले होइन, बाउको इच्छाले गर्दा लोकसेवाको जाँच दिन दिल्ली आएको त्यसैले पाण्डे आफ्नो १००% यो परीक्षालाई दिन सक्तैन उत्तीर्ण पनि हुँदैन उसको वाकपटुतालाई उसका साथीहरुले पैल्याउँछन् पाण्डेलाई टेलिभिजन पत्रकार हुने सुझाव दिन्छन् उसलाई यो कुरा असाध्य मन पर्छ आफ्नो सम्पूर्ण ध्यान त्यतै लगाउँछ उसको रुचिको विषय भएकाले पाण्डेले यसमा सफलता हासिल गर्छ

            पाण्डेको चरित्रले हाम्रा अभिभावकहरुको समेत आँखा खोलिदिने काम गर्न सक्छ आफ्ना छोराछोरीलाई पर्याप्त श्रोत साधन जटाइदिएर आमाबाबुले नै भनेको विषय पढ भनेर दवाव दिँदैमा पुग्दैन यदि त्यो विषयमा केटाकेटीको रुचि छैन भने केही हुनेवाला छैन यसका प्रशस्त उदाहरण हाम्रा समाजमा भेटिन्छन् त्यसैले छोराछोरीलाई उनीहरुले नै छानेको विषय पढ्न दिनुमा नै आमाबाबुको बुद्धिमानी देखिन्छ भन्ने कुराको झिल्को पनि१२वीं फेलचलचित्रले दिन्छ

            मनोजजस्तै गौरी भैया पनि लोकसेवा पास गरेर सरकारी अफिसर हुन सपना देखेर दिल्ली छिरेको पात्र दुर्भाग्यवश् ऊभने सफल हुन सक्तैन उसले आफ्नो सन्तुष्टि आफूजस्तै सुनौले भविष्य खोज्ने लाखौँ विद्यार्थीहरुलाई सहयोग गर्नका लागि कोचिङ्ग सेन्टर खोलेर प्राप्त गर्छ जहाँ जे भएर असफल भएपनि नहारीकन फेरि रिस्टार्ट गर्नुपर्छ भन्ने गौरीको लाइफ फिलोसफी नै हो सम्पूर्ण चलचित्र नै यसै फिलोसफी वरिपरि घुम्छ

            यो चलचित्रकी नारी पात्र श्रद्धा लोकसेवाको परीक्षा दिने क्रममा नै मनोजको जीवनमा आएकी हुन्छे उसको विश्वास प्रेमले मनोजलाई लक्ष्य प्राप्त गर्न थप प्रेरणा दिन्छन्


            यसरी जुन कोणबाट हेर्दा पनि१२वीं फेलएक प्रेरणादायी चलचित्र बन्न सफल भएको यसले युवावर्गलाई आशा साहस दिन सक्छ लेखक अनुराग पाठकको सत्य घटनामा आधारित पुस्तकट्वेल्फ्थ फेललाई प्रख्यात निर्देशक विधु विनोद चोपडाले चलचित्रमा उतारेका हुन् तपाईंलाई पनि फूर्सद   भने यो चलचित्र हेर्नुभए हुन्छ मलाई आशा , यसले तपाईंलाई व्यर्थमा समय गुमाएको भन्ने पश्चाताप हुने छैन

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  19 January 2024)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]