Tuesday 27 April 2021

मन्टेश्वरी या किन्डरगार्टेन् ?

 


केही वर्षपहिले निजी विद्यालयका सन्दर्भमा काठमाण्डौ उपत्यकामा मात्र सीमित भएको "मन्टेश्वरी" भन्ने शब्द हिजोआज देशका प्राय: सबै शहरी क्षेत्रमा फैलिएको छ। धेरैजसो अवस्थामा मानिसहरुले मन्टेश्वरी शिक्षा किन्डरगार्टेन् शिक्षालाई एउटइ अर्थका लागि प्रयोग गरिरहेको सुन्छु। अनि कतिपय अवस्थामा भने विद्यालयहरु मन्टेश्वरी कक्षा चलाएको भन्छन् तर ती कक्षा अवलोकन गर्दा त्यहाँ पठनपाठन भने पुरानै घोकन्ते पद्दतिबाट भैरहेको देखिन्छ।

हुन कक्षाकोठामा कुनै पनि नयाँ पठनपाठन विधि प्रयोग हुनु अत्यन्त राम्रो कुरा हो तर त्यो विधिका बारेमा पूर्ण जानकारी हुनु पनि उत्तिकै जरुरी छ। उदाहरणका लागि, मन्टेश्वरी किन्डरगार्टेन् दुई फरक धारणा हुन् तिनलाई एउटाका सट्टामा अर्को प्रयोग गर्न मिल्दैन।

हाम्रो परिप्रेक्ष्यमा यी दुवै धारणालाई पूर्व-प्राथमिक तहको शिक्षाको अर्थमा प्रयोग गरेको पाइन्छ। वास्तवमा मन्टेश्वरी किन्डरगार्टेन् फरक फरक सिद्दान्तमा आधारित धारणा हुन्। त्यसैले यी धारणा बीचका भिन्नता पनि प्रष्ट रुपमा देखिन्छन्।

यी दुईमा विद्यमान प्रमुख भिन्नता भनेको किन्डरगार्टेन् शिक्षाको एउटा प्रारम्भिक तह मात्र हो। यो तह औपचारिक शिक्षा प्रदान गर्ने सबैखाले शैक्षिक पद्दतिमा हुन्छ। यसको विपरित मन्टेश्वरी भनेको एउटा विशेष प्रकारको शिक्षण-सिकाइ विधि हो। सबै विद्यालयले यो विधि अपनाएका हुँदैनन् अपनाउनु जरुरी पनि छैन।


खासमा किन्डरगार्टेन् कक्षा एकमा जानुभन्दा अगाडिको एक वर्ष हो। किन्डरगार्टेन्ले बालबालिकालाई औपचारिक शिक्षा लिनका लागि तयार पार्ने हो। किन्डरगार्टेन् भन्ने शब्द जर्मन भाषाबाट आएको हो यसका जन्मदाता फ्रेडरिक फ्रोबेल हुन्। यो शब्दमा "किन्डर" भनेको बालबालिका "गार्टेन् " भनेको बगैंचा हो। यो तहमा पढ्ने विद्यार्थीको उमेर समूह भनेको चार देखि पाँच वर्ष सम्मको हो। हाम्रो देशमा भने किन्डरगार्टेन् तह नै चार वर्षमा विभाजित - प्ले ग्रुप, नर्सरी, लोअर केजी अपर केजी। यो विभाजन किन्डरगार्टेन्को सिद्दान्तसँग मेल खाँदैन। यो विभाजनमा कम्तिमा दुई वर्षदेखिका कलिला बालबालिका प्ले ग्रुपमा पढ्न जान थालिसक्छन्। जे भए पनि किन्डरगार्टेन्लाई पूर्व - प्राथमिक तह भनेर बुझ्न सकिन्छ। 

मन्टेश्वरी शिक्षाको शुरुवात इटालियन शिक्षाविद मारिया मन्टेश्वरीले गरेकी हुन्। मन्टेश्वरी शिक्षाको पाठ्यक्रमले बालकेन्द्रित अथवा बालकद्वारा नै निर्देशित पाठ क्रियाकलापमा जोड दिन्छ। मन्टेश्वरी शिक्षाका अनुसार प्रत्येक बालबालिकाका आफ्ना आफ्नै सिकाइ आवश्यकता सिक्ने तरिका हुन्छन्। एउटा बालकलाई कथा सुन्न मन लाग्ला भने अर्को बालकलाई चित्र बनाउन। यसका लागि उनीहरुलाई स्वतन्त्रता दिनुपर्छ। यसैगरी कसैलाई एक्लै बसेर सिक्न मन लाग्ला, कसैलाई समूहमा। वैयक्तिक विभिन्नता नै मन्टेश्वरी शिक्षाको चुरो कुरो हो। यसरी मन्टेश्वरी शिक्षण विधिको सिकाइप्रतिको दृष्टिकोण उदार हुन्छ। बालबालिकालाई सृजनात्मक हुन सिकाइका सबै पक्ष - शारीरिक, मानसिक, भाषिक, संवेगात्मक, सामाजिक आध्यात्मिक पक्ष व्यक्त गर्न प्रेरित गर्छ। यो विधि सम्भव हुँदा माथिल्लो तहसम्म पनि प्रयोग गर्न सकिन्छ।


मन्टेश्वरी विधिको प्रयोग गर्ने शिक्षकहरुले कक्षाकोठामा उपयुक्त वातावरण सिर्जना गर्छन् जहाँ बालबालिका स्वतन्त्रतापूर्वक सिक्छन् उनीहरु आफूलाई सिक्न चाहिने सामग्री क्रियाकलापको आफैं छनोट गर्छन्। यसरी यस्ता कक्षाकोठामा शिक्षकको भूमिका एकदमै सीमित हुन्छ। उनीहरुको मुख्य काम भनेको प्रत्येक केटाकेटी के गर्दैछन् भनेर अवलोकन गर्नु उनीहरुलाई उचित दिशातिर जान सहयोग गर्नु हो। यसो गर्दा शिक्षकले विद्यार्थीहरुको सिकाइ प्रगतिको अभिलेख राख्न सक्छन्। छोटकरीमा भन्नुपर्दा, मन्टेश्वरी विधिद्वारा गरिने सिकाइले विद्यार्थीलाई शिक्षकको हस्तक्षेपबिना नै -आफ्नै गतिमा सिक्न प्रोत्साहित गर्छ।

किन्डरगार्टेन्को  कुरा गर्दा, सबै किन्डरगार्टेन्का कक्षाकोठामा मन्टेश्वरी विधिको प्रयोग हुँदैन भनेर माथि नै चर्चा गरिएको छ। यस्ता कक्षाकोठामा पढाइने पाठहरू र गरिने क्रियाकलापहरु शिक्षक-केन्द्रित हुन्छन्। अथवा शिक्षकले नै कुन्  कुन् पाठ पढाउने र ती पाठ पढाउँदा के कस्ता क्रियाकलाप प्रयोग गर्ने भन्ने कुराको निर्णय गर्छन्। त्यसैले किन्डरगार्टेन् कक्षामा शिक्षकको भूमिका निश्चित् र महत्वपूर्ण हुन्छ। उनीहरु पूर्वनिर्धारित पाठ्यक्रमअनुसार नै पढाउँछन्। यस्ता कक्षामा विद्यार्थीको वैयक्तिक विभिन्नतालाई धेरै ध्यान नदिइकन सबै विद्यार्थीलाई एकै किसिमका तरिका प्रयोग गरि पढाइन्छ। 

मन्टेश्वरी शिक्षा अथवा किन्डरगार्टेन् शिक्षामध्ये जुनसुकैलाई अवलम्बन गर्दा पनि केही समस्या हुँदैन। समस्या कहाँनेर उत्पन्न हुन्छ त भन्दा जब हामी ती दुई धारणालाई निर्देशित गर्ने सिद्दान्तका बारेमा अनविज्ञ रही एउटाको सट्टामा अर्को प्रयोग गर्न थाल्छौं अथवा पूर्व - प्राथमिक तहको शिक्षालाई "मन्टेश्वरी" नाम दिन थाल्छौं। नामचाहिं मन्टेश्वरी दिनु, अनि पठनपाठनको विधिचाहिं उही परम्परागत शिक्षक-केन्द्रित किसिमको हुनु तर्कसंगत देखिंदैन।

यी दुई पद्दतिका आफ्ना आफ्नै सबल पक्ष र दुर्बल पक्ष हुन्छन् भन्ने कुरामा दुई मत हुन सक्दैन। उदाहरणका लागि, पूर्व-प्राथमिक तहमा मन्टेश्वरी विधिबाट  स्वतन्त्रतापूर्वक गरिने सिकाइ बालबालिकाहरु मन पराउँछन्। तर जब उनीहरु व्यबस्थित किसिमको प्राथमिक तहमा पुग्छन् अलि अप्ठ्यारोपनको अनुभूति गर्न सक्छन्। यसले गर्दा उनीहरुको सिकाइ प्रगतिमा बाधा पुग्न सक्छ। यसैगरी, घरको प्राकृतिक र स्वतन्त्र वातावरणबाट एकैचोटि किन्डरगार्टेन्मा आउँदा त्यहाँको औपचारिक वातावरणमा भिज्न बालबालिकालाई कठीन हुन सक्छ।

त्यसैले, पहिले मन्टेश्वरी र किन्डरगार्टेन् पद्दतिका बारेमा आफू प्रष्ट भएर आफ्नो परिवेशका केटाकेटीलाई कुन् पद्दति सुहाउँछ, त्यसैलाई अवलम्बन गर्दा परिणाम राम्रो निस्कन सक्छ। तर यी दुई धारणालाई मिसाउनु हुँदैन र एउटाको साटो अर्को प्रयोग गर्नु हुँदैन।

Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 26 April, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]


 

 



Friday 16 April 2021

सल्लीपिर - अँधेरी रातमा चम्किएको एउटा तारा

 

पेमालाई एकछिनसम्मै हेरिरह्यो छिरिङ्गले। उसको हेराइमा छोरीप्रति स्नेह थियो। तर, बाबुको कर्तव्य पूरा गर्न नसकेको दिक्दारी पनि उत्तिकै थियो। उसले खल्तीबाट एउटा चकलेट झिकेर पेमाको हातमा राखिदियो   भन्यो, "पढ्नुपर्छ। अक्षर चिन्नुपर्छ। हिउँ परेको बेला आकाशबाट हिउँमा मिसिएर अक्षरहरु पनि खस्छन्। तिनै अक्षरहरु मिलेर किताब बन्छ। पढ्न जानेन भने त्यो किताब हिउँमै पग्लिएर जान्छ। हिउँ पग्लिंदा किताबका अक्षर पनि पग्लन्छन्।"   


नयनराज पाण्डेद्वारा लिखित उपन्यास "सल्लीपिर" बाट उदृत गरिएको अंश हो माथिको। सल्लीपिरको कथानकको केन्द्रबिन्दु यिनै अक्षरहरुको शक्तिको खोजी रहेको छ। यो उपन्यासका पात्र सोलुखुम्बुका सिधा सरल शेर्पाहरु रहेका छन्। मुख्य पात्र पेमासँग जोडिएर यहाँ छिरिङ्ग, ग्याल्मो, दावा, फुर्वा अरु थुप्रै पात्र देखा पर्छन्।

एकातिर पेमाको बाबु छिरिङ्ग जो अक्षरसँग प्रेम गर्छ सधैं किताबमै घोत्लिरहन्छ के के लेखिरहन्छ भने अर्कोतिर पेमाकी आमा ग्याल्मो छे जसका नजरमा पुस्तक - प्रेम भनेको भूतप्रेत लाग्नुको संकेत हुन्छ। त्यसैले घरभित्रका किताबलाई राक्षस देख्छे। किताबभित्रका अक्षरमा काला काला भूतप्रेत देख्छे। अनि उसमा तिनै भूतप्रेतले घरको वातावरण बिगारेर छिरिङ्गको दिमाग अशुद्द बनाएका हुन् भन्ने विश्वास दरिलो हुन्छ। आमाबाबुको विपरित दृष्टिकोणबीच पेमा पिसिएकी  हुन्छे।

आफू सानी छँदा आमाबाबुको सुमधुर सम्बन्धको अनुभूति गर्न नपाएकी पेमालाई पनि यिनै पुस्तकले नै उसलाई उनीहरुबाट बिछोड गराए झैं लाग्छ। यस्तो हुँदैनथियो भने ग्याल्मोले किन छिरिङ्गले जम्मा गरेका सबै किताब डढाइदिन्थी ? आफूले वर्षौं लगाएर जोडेको सम्पत्ती सखाप भएको पीडाले रन्थनिएर रुँदै घर छोडी हिंडेको छिरिङ्गलाई पेमाले आफ्नो मावलमा एकपल्ट मात्र देखेकी थिई। त्यतिबेला नै उसले छोरीलाई पढ्नुपर्छ भन्ने कुरा सम्झाएको थियो।

छिरिङ्गबाट छुटकारा पाए झैं ग्याल्मो पनि उसले घर छोडेपछि आफ्नो जीवन सुधार्नेतिर लाग्छे यही क्रममा सगरमाथा चढ्न आएको अमेरिकी पिटरसँग माया साट्न पुग्छे। पेमालाई आफ्ना बाबुआमाको जिम्मा लगाई पिटरसँग विवाह गरेर अमेरीका भास्सिएकी ग्याल्मो पेमाको जीवनमा कहिल्यै फर्किएर आउँदिन।

पेमाको जीवनको अर्को पाटो दावासँग विवाह गरेर उसको गाउँमा गएपछि शुरु हुन्छ। आफ्नो नियतिलाई स्वीकार गरी सम्पूर्ण रुपमा उसको  घर गृहस्थीमा समर्पित हुन्छे। दावाले पनि उसलाई कुनै गुनासो गर्ने ठाउँ नराखी उधुमै माया गर्छ।


अशिक्षाको चपेटामा परेका शेर्पाहरुको कठिन जीवनशैलीको चित्रण पाण्डेले बडो मार्मिक ढंगले गरेका छन्। उनीहरुको जीवन यापनको मुख्य आधार नै चौंरी पालन हो। उनीहरु चौंरीको लागि घाँसको खर्क खोज्दै महिनौं हावाहुरी, वर्षा, हिउँ केही नभनी यता र उता भौंतारिन्छन्। यो क्रममा कतिपय चौंरी बाटबाटैमा पनि मर्छन्। जीवन कठीन छ तैपनि चलाउनु परेकै छ। चौंरी पालनपछिको अर्को विकल्प भनेको हिमाल चढ्नु हो। यसमा अलि पैसा त हुन्छ तर जीवनप्रति जोखिम पनि उति नै मोल्नुपर्छ।

भौतिक रुपमा छिरिङ्गको उपस्थिति पेमाको जीवनमा नभए पनि ऊ र उसले भनेका कुरा पेमाको मानसपटलमा सधैं सल्बलाइरहन्छन्। सपनामा पनि ऊ आफ्नो बाबुलाई नै देख्छे। सधैं ऊ पेमालाई किताब र अक्षर देखाएर लोभ्याइरहेको हुन्छ। सपनामा किताब देखेर ऊ डराउँछे। किनभने सानामा उसकी आमाले किताब भनेका भूत भन्ने कुरा पेमाको मन र मस्तिष्कभरि भरिदिएकी हुन्छे। पेमाको सपनाको वर्णन यहाँ बडो राम्ररी गरिएको छ - "… सपनामा उसले आफ्नो बाबु छिरिङ्गलाई देखी। छिरिङ्गको हातमा किताब थियो। त्यो किताब देखाएर पेमालाई भन्दैथियो - 'पेमा ! हेर त, कति राम्रा अक्षरहरु छन् यो किताबमा !' ती अक्षर किताबबाट निस्किएर सिमलका भुवाझैं वरिपरि उड्न थाले। बिस्तारै ती अक्षरहरु गाँसिए र चित्र बने। त्यही चित्रले सानो बालकको आकार ग्रहण गर्यो। त्यो बालक मुस्कुराउँदै पेमाको गर्भमा प्रवेश गर्यो।“

यसरी छिरिङ्गकै प्रतिरुप अथवा अक्षरपुञ्ज भएर फुर्वा पेमाको कोखबाट जन्मन्छ। लामागुरुले पनि भनिदिन्छन्, "चरा वर्षमा जन्मिएको छ छोरो। भाग्यमानी हुन्छ। … खुब पढ्छ। ठुलो मान्छे हुन्छ। " यही फुर्वाले पेमालाई अक्षर भनेका तर्साउने भूत होइनन् भन्ने कुराको अनुभूति गराउँछ। ऊ आफ्नो बाबु छिरिङ्ग ज्ञानी मान्छे थिए भन्ने कुरा बुझ्छे। ऊ छिरिङ्गले भनेका कुरा सम्झिन्छे - "किताब पढ्नुपर्छ। किताबका अक्षरहरु चिन्नुपर्छ। किताब त मान्छेको जीवनको प्रतिबिम्ब हो। ज्ञानले नै हाम्रो जीवन सार्थक हुन्छ। नत्र हाम्रो जीवन कि भेडा र चौंरीको गोठालो भएर बित्छ कि हिमालका डरलाग्दा खर्पसमा भास्सिएर समाप्त हुन्छ। " 



छिरिङ्गले जस्तै फुर्वा पनि अक्षरहरुलाई माया गर्छ। उसको अक्षरमोह उनीहरुको गाउँमा एकचोटी आएका माओवादी सेनामा रहेकी हिमालीले जगाइदिएकी हुन्छे। फुर्वाले पहिलोपटक किताब पनि हिमालीकै झोलामा देख्छ। किताबमा राम्रा राम्रा कथा हुन्छन् भन्ने बुझ्छ। ऊ सपनामा अक्षर नै देख्न थाल्छ। फुर्वाको किताबप्रतिको भावनालाई लेखक यसरी व्यक्त गर्छन्, "ऊ आफैं किताब पढ्न चाहन्थ्यो। आफैं किताबमा भएका कथाहरुको अर्थ बुझ्न चाहन्थ्यो। उसले बुझिसकेको थियो, अक्षरहरु बोल्छन्। कुराकानी गर्न सकिन्छ अक्षरहरुसित। अक्षरहरु हाँस्छन्। अक्षरहरुले हँसाउँछन्। अक्षरहरुले भन्न सक्छन् फूलको बास्ना र आँसुको स्वाद। अक्षरहरुले बताउन सक्छन्, हिउँ कति चिसो हुन्छ र आगोले कसरी पोल्छ। अक्षरहरुले भन्न नसक्ने र बुझाउन नसक्ने केही पनि छैन।" "

दावा आफ्नो परिवारलाई, अझ भनौं आफ्नो सन्तानलाई केही पैसा कमाएर खुशी दिन सकिन्छ कि भनी पर्वतारोहीको भरिया भएर हिमाल चढ्ने काम गर्न थाल्छ। यही क्रममा हिउँ पैरोमा पुरिएर उसको मृत्यु हुन्छ। उसको मृत्युको खबर लिएर आएको चिठीलाई पेमा सरकारले उसको पतिलाई सगरमाथा चढेपछि दिएको प्रमाणपत्र होला भनेर खुशी हुन्छे। त्यो चिठीमा के लेखिएको छ गाउँका कोही पढ्न सक्तैनथे। फुर्वा त्यो चिठीमा कुनै कथा लेखिएको छ कि भनेर आफ्नी आमालाई सोध्छ। जवाफमा पेमा भन्छे, "हामी कसैले पनि पढ्न जानेका छैनौं। पक्कै यसमा तिम्रो पालु  (बाबु) को साहसको कथा लेखिएको होला। "

चिठीमा के लेखिएको होला भनेर पत्ता लगाउन फुर्वा घर छोडेर हिंड्छ। उसलाई कामरेड हिमालीले सल्लेरीमा बस्छु भनेको सम्झिएर ऊ तिब्बततिरबाट आएका व्यापारीहरुको हुलमा मिसिएर पहिले सल्लेरी पुग्छ। तर त्यहाँ हिमाली भेटिन्न। बरु ऊ मन्त्रहरुको आवाजबाट डोहोरिएर एउटा गुम्बामा पुग्छ। त्यहाँका खेन्पो (भिक्षु ) ले फुर्वालाई त्यो चिठीमा लेखेको सन्देश पढेर सुनाउँछन्। त्यहाँ दावाको हिउँ पहिरोमा परेर मृत्यु भएको र सरकारले मरेका शेर्पाहरुको परिवारलाई क्षतिपूर्ति दिने कुरा उल्लेख गरिएको हुन्छ।

फुर्वाले पेमालाई यही खबर सुनाउँछ। पेमा धेरै दिनसम्म विक्षिप्त हुन्छे। आफ्नी आमाको खुशी फर्काउन फुर्वा धेरै कोशीश गर्छ तर सक्तैन। एकदिन ऊ पेमालाई डोहोर्याउँदै गाउँको सिरानमा भएको थुम्कोतिर लैजान्छ र त्यसको भित्तामा कुँदिएका ठुल्ठूला अक्षर देखाउँदै भन्छ, "आमा, मैंले नै कुँदेर बनाएको हुँ यी सबै अक्षर। लामागुरुको घुमाउने मानेमा भएको जस्तै अक्षर हो यो। लामागुरुले भनेको, यो त साङ्गगेको मन्त्र हो रे। "

यसरी फुर्वाले पेमाका आँखा खोलिदिन्छ । ऊ सोच्छे, 'मन्त्र बन्ने अक्षरहरुले कहिले पनि मान्छेलाई दु:ख दिंदैनन्। कथा भन्ने अक्षरहरुले कहिले पनि तर्साउँदैनन् मान्छेलाई। ' आफूले पढ्न नजानेर नै दावा मरेको धेरै दिनसम्म यो कुरा थाहा पाउन नसकेको सम्झेर उसलाई पश्चाताप हुन्छ। ऊ फुर्वालाई पढाउने कुरामा दृढ हुन्छे। ऊ आफैंसँग कुरा गर्छे, "मैंले पनि फुर्वाको भावना बुझिन भने ऊ पनि एकदिन कि चौंरीले जस्तै गरी भारी बोक्ने हुन्छ कि हिमाल चढ्न वाध्य हुनेछ। कुनै दिन ऊ पनि दावाझैं भासिनेछ।"


पेमा फुर्वालाई जसरी पनि पढाउने निर्णय गर्छे। ऊ क्षतिपूर्तिको पैसा लिएर त्यो सबै पैसाले फुर्वालाई किताब किनिदिने विचारसँगै काठमाडौतिर लाग्छे। बीचमा उसले धेरै दु:ख पाउँछे। तर ऊ हरेक संकटलाई पन्छाउँदै अगाडि बढ्छे। उसले त बस् फुर्वालाई बोराका बोरा किताब लगिदिनु छ। उता गाउँमा आमा नफर्केको धेरै दिन भएपछि फुर्वा पनि निराश हुन थाल्छ। गाउँमा कसैले उसलाई भनिदिन्छ, "बाबु, अब आमाको बाटो नहेर। मेरी आमाले पनि यसरी नै सानोमा मलाई छाडेर काठमाडौ गएकी थिइन्। त्यसपछि मलाई लिन कहिले पनि आइनन्। सहरको रमझममा हराइन् उनी। उतै घरजम गरिन् उनले। " तर फुर्वालाई आफ्नी आमाले त्यसो गर्लिन् भनेर पटक्कै विश्वास लागेको थिएन। आमाको बाटो हेर्दा हेर्दा थकित भएको फुर्वालाई गाउँका लामागुरुले भनिदिन्छन् , "मैंले जोखाना हेरेर पत्ता लगाइसकें। पेमा फर्केर आउँदिनन्। तेरो किताब पनि आउँदैन। " यस्ता कुरा सुनेपछि फुर्वाको मन त्यसै मरेर आउँछ र 
ऊ भरिया हुने निर्णय गर्छ। लेखक भन्छन् , "गाउँका अरु ठिटासँगै भुइँमा झरेका नरम सल्लिपिरमा टेक्दै फुर्वा पनि जीवनको कठिनतम यात्रामा निस्कियो। ट्रेकिंग हिंडेका विदेशीको भरिया हुनेछ ऊ र बोक्नेछ उसले आफ्नो वजनभन्दा गरुङ्गो भारी। "

तर खुशीको कुरा, फुर्वाले आफ्नो बाबुको नियति भोग्नु परेन। बाटैमा उसको पेमासित भेट भयो। ऊ भारीका भारी किताब चौंरीलाई बोकाएर गाउँतिर आउँदैथिई। अब ती किताबले फुर्वाको र पेमाको जीवनमा उज्यालो छर्नेछन्। अज्ञानतामाथि ज्ञानको विजय हुनेछ र छिरिङ्गको सपना पनि साकार हुनेछ।

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]


 

 



Friday 2 April 2021

कोरोनाको संघारमा भारत यात्रा

 

 




एक प्रसिद्ध अफ्रिकी दार्शनिक सेन्ट अगस्टिनले यो संसार एउटा पुस्तक हो जो यात्रा गर्दैन, उसले यो पुस्तकको एक पन्ना मात्र पढ्छ भनेका छन् अगस्टिनसँग सहमति जनाउँदै मलाई पनि विभिन्न ठाउँ घुमेर, ती ठाउँका मान्छेहरुको जीवन शैलीका अथवा त्यहाँका विशेषताहरुको बारेमा जानकारी लिएर बिताउन मन लाग्छ यस्ता यात्राका क्रममा घट्ने घटनाहरु पनि कम रोमान्चकारी हुँदैनन् !

यस्तै यात्रा गर्ने क्रममा् २०७६ साल पुसमा लगायत मेरा श्रीमान्, कान्छा दाजु कान्छी भाउजूको समूह गठन भयोगुवाहाटी भ्रमणका लागि यो एउटा बिडम्बना नै होमैले थाइल्याण्ड, जापान, अष्ट्रेलिया  साउथ अफ्रिकाजस्ता ठाउँको यात्रा गरिसक्ता पनि आफ्नो छिमेकी मुलुक भारतको यात्रा गर्ने साइत जुरेको थिएन किनमेलका लागि जोगबनी, पानीटङ्की अथवा सिलिगुडी जानु अर्कै कुरा हो

आफूले भारतको यात्रा नगरेको भए पनि मैले अरुअरुका भारत यात्राबारे प्रशस्त किस्सा  सुनेकी थिएँ हाम्रा बुवा भन्ने गर्नुहुन्थ्योकसरी एकपटक उहाँ कुनै रेल स्टेशनमा केही खानेकुरा किन्न ओर्लिएर फेरि रेलमा चढ्दा आफ्नो सामान गायब भएथ्यो रेल चलेपछि पर कतै कुनै व्यक्ति आफ्नै झोला बोकेर लुरुलुरु हिँडीरहेको थियो अर्को किस्सामा नेपालको सिमाना कटेर भारत छिरेपछि त्यहाँका ठगले आफूसँग भएका सम्पूर्ण रुपैँया, पैसा, लुगा, कपडा, यहाँसम्म कि लगाएका लुगासमेत लुटी एउटा कट्टुका भरमा ज्यान जोगाउँदै नेपाल छिरेको कुनै पात्र हुन्थ्यो मानिसहरु पाकेटमारको चपेटामा परेका निकै रमाइला कथा पनि मैँले सुनेकी थिएँ भारतका रेल स्टेशनमा पाइने माटोको कपको चिया, रेलमै बेच्न ल्याउने अनेक खानेकुरा, मान्छेको घच्चाघच्चीजस्ता कुराको प्रत्यक्ष अनुभूति जीवनको मध्यभागसम्म आइपुग्दा पनि मैँले गर्न सकेकी थिइँन त्यसैले यसपालीको गुवाहाटी यात्रालाई लिएर निकै उत्साही थिएँ

काँकडभिट्टासम्मको यात्रा सामान्यै थियो नयाँ केही थिएन गएकै ठाउँ, नेपाली नै मान्छे, नेपाली नै भाषा भारु पैसा साटिदिनेको उही भीड जब हामी पानीटङ्कीबाट सिलिगुडी जाने बसमा चढ्यौँ, अनि मात्र मलाई घुम्न हिँडिएको हो कि जस्तो हुन थाल्यो

हामीसँग जम्मा पाँच दिनको समय थियो हामीले पुस २६ गते बिहान करिब आठ बजेतिर दमक छोड्यौँ हाम्रो रेलको समय जलपाइगुडीबाट साँझको बजेको थियो बीचको समयमा हामीले सिलिगुडीमा घरजाम गरेर बसेको रामु भाइको घर हेर्ने उसकै घरमा बिहानको खाना खाने कुरा मिलाएका थियौँ रामुले हामीलाई दार्जिलिङ्ग मोडमा ओर्लिएर सालबाडी जाने भन्नू, अटोले पुर्याइदिन्छ भनेको थियो त्यहाँ अटोलाईअटो सिटीलाईटोटोभन्दा रहेछन् ढुकुरीया भन्ने ठाउँमा रामुको घर रहेछ दिउँसो तीन बजेतिर हामी ढुकुरीयाबाट जलपाइगुडीको बाटो लाग्यौँ अबको यात्राचाहिँ निकै रोमान्चक हुने अनुमान मनभित्रभित्रै लगाउँदै थिएँ करीब एक घन्टामा हामी आफ्नो गन्तव्यमा पुग्यौँ

आमामा ! रेल स्टेशनमा मान्छेको कुदाकुद सानु होइन ! जता हेर्यो उतै भीड ! पहिलो नम्बरमा हामीले आफ्नो प्लेटफर्म खोज्नुथियो १०१५ मीनेट यताउता कुदेपछि त्यो पनि भेटियो मान्छेको गोलोमा कुनै पाकेटमारले स्वात्तै ब्याग काट्ने हो कि भनेर निकै सतर्क थिएँ प्लेटफर्ममा बसेर बिलकूलै नौलो परिवेशलाई नियाल्दै थिएँ कुनै रेल आएर रोकिनेबित्तिकै रोटी, तरकारीको बाल्टी बोकेर खनिएका व्यापारी, अण्डाअण्डा, चियाचिया, कफीकफी, भेज बिरयानी, एग बिरयानी भन्दै कुदेका मान्छेलाई हेरेर हाम्रो समय कटनी भैरहेको थियो ती चीजबीज किनेर खाने पनि उत्तिकै थिए

यस्तै रमिता हेर्दाहेर्दै हाम्रो रेल आइपुग्यो टिकट हातमा छँदैछ, आफ्नो सिट सुरक्षित भनेर ढुक्क थिएँ तर मेरो सोचाई क्षणभरमै गलत साबित भयो रेल रोकिन पाएको छैन, कुखुरीप्वाँख मान्छे अटेसमटेस गर्दै चढ्न थाले जसोतसो हामी पनि त्यो मान्छेको सागरमा हेलियौँ आफ्नो सिट भेटियोस्, अनि जानेको भन्दै अरुलाई पछ्याउँदै अगाडि बढेँ जब सिट भेटियो, त्यहाँ अर्कै दृष्य थियो सिट नं. आफ्नो तर त्यहाँ तलमाथि दुवै ठाउँमा टनाटन मान्छे थिए कोही पनि आफू बसेको ठाउँ छोड्न तयार थिएन देखिए, ये सिट हमारे है, आप प्लिज हमेँ ये जगह दिजिए,” भन्दै हामीले कचकच गरेपछि बल्ल बल्ल केही मानिस छेउ लागे केहीहम अगले स्टेशन पर उतर जाएङ्गे,” भन्दै त्यहीँ बसिरहे हामी नि ठेलामठेल गर्दै उनीहरु उत्रिने प्रतिक्षामा किक्रिक्क परेर बस्यौँ

आफूले कल्पनामा समेत नचिताएको सास्ती खप्नुपर्दा मचाहिँ रिसले रन्थनिएकी थिएँ तर मेरा सहयात्रीहरुलाई यस्तै हुन्छ भन्ने अनुभव भएर होला उहाँहरु शान्त देखिनुहुन्थ्यो रेल चल्न थालेपछि पनि अनेक किसिमका सामान बेच्न आउनेहरुको अर्को कोलाहल शुरु भयो खानेकुरा, लुगा, जुत्ता, ब्याग सब सामान त्यहाँ उपलब्ध थिए समय बित्दै गएपछि मान्छे अलि ठेगान लाग्दै गए टिकट जाँच्ने आयो, अनि सब तितरबितर भए त्यहाँ कतिपय सिट बेगरै यात्रा गरिरहेका रहेछन् वेटिङ्गको टिकट लिने, अनि कसैले टिकट क्यान्सिल गर्यो  भनेँ उसकै सिटमा बस्ने हिसाबले टी.टी. ले त्यस्ता सबैलाई जेनरल क्लासको डिब्बातिर खेदाएपछि मात्र हामीले आफ्ना आफ्ना सिट पायौँ त्यस्तो अनियन्त्रित भीड लुछाचुँडीको अवस्था देख्ता एकचोटि मलार्ईयस्तो खालको रेल चढाइ मेरो जीवनको शुरु अन्तिमको हो,” जस्तो लागेको थियो

रात छिप्पिदैँ जाँदा सुत्ने सुतेका छन्, गफ गर्ने गफ गर्दा छन्, खाने खाँदा छन् त्यत्तिकैमा हाम्रोदेखि अलि पर्तिरको सिटमा खलबल सुनियो के रहेछ भनेर बुझ्दा एउटा वैदेशिक रोजगारमा गएको व्यक्ति घर फर्किएको रहेछ उसले गोजिमा २५ हजार रुपैयाँ राखेको रहेछ, कसले हो त्यो उडाइदिएछ पैसा गुमाउने केटो निहुरिएर रुँदै थियो, अरु सम्झाउँदै थिएँ बिचराले कति दुःख गरेर त्यति जोगाएर ल्याएको हुँदो हो, त्यहि पनि कुन चोट्टाले हेर्दाहेर्दै खाइदियो मैँले आफ्नो ब्याग छामछुम पारेँ हामी सबै ठाउँको ठाउँ यस्तो घटेपछि अलि सतर्क भयौँ

रातको करीब दुई बजेतिर हामी गुवाहाटी रेल स्टेशनमा उत्रियौँ स्टेशनबाट निस्किएर पल्टनबजार जानू, त्यहाँ जत्ति होटल पाइन्छन् भन्ने सूचना हामीले पाएका थियौँ नभन्दै पल्टनबजार स्टेशनकै पल्लोपट्टि रहेछ तर रातको दुई बजे के होटल खुल्ला हुन्थे ? एक दुई वटा खुल्ला देखिएकामा गयौँ तर चित्तबुझ्दा लागेनन् राती त्यसरी हामी फनफनी घुमेको देखेर एउटा रिक्सावालाहम होटल पहुँचा देङ्गे बढिया है,” भन्दै हामी जता गयो, उतै लागिरह्यो एउटा होटलको भिजिटिङ्ग कार्ड पनि देखायो त्यसले अति नै गरेपछि,“हेरिहालौँ यसको होटल,” भनेर हामी त्योसँग जाने भयौँ अर्को रिक्सावालालाई नि उसैले बोलायो अँध्यारोमा कता कता लगे केही पत्ता पाइएन धेरैबेर यता उताको बाटोमा घुमाएर त्यो रिक्सावालाले भनेको होटलसम्म पुर्याए तर त्यहाँ कोठा खालि थिएनन् अरु होटल खोज्छु,” भन्दैथियो ! तर हामीलाई त्यसको भर लागेन अब् छोड् दो हमे नहिँ चाहिए तुम्हारा होटल जहाँसे लाए हो, वहीँ छोड् दो, बस्,” भन्दै हामी मुखामुख गरेर फेरि तिनै रिक्सामा चढ्यौँ


पल्टनबजार आइपुग्दा झिसमिसे हुन थालेको थियो होटलहरु पनि फाट्टफुट्ट खुल्न थालेका थिए दुई चार वटा होटल चहारेपछि हामीले आफूहरुलाई सुहाउने होटल गितान्जली छान्यौँ दिनको १२००/ भारु तिर्नुपर्ने थियो, एउटा कोठाको मौका पाउँदा भारतीयले नेपालीलाई नठगेको कहाँ ? यत्रो होटलमा त्यस्तो हुँदैन होला भनेको, के को नहुनु ? हाम्रो बाथरुममा तातो पानी झर्दै झरेन, दाजु भाउजुको कोठामा टी.भी. चल्दै चलेन बिडम्बना कस्तो भनेमलाई नुहाउन तातो पानी चाहिने, दाजुलाई कोठामा टी.भी. नभै नहुने आफ्नो समस्या होटलवालालाई भन्यौँ तर कुनै सुनुवाइ भएन !

गुवाहाटीमा घुम्ने मुख्य मुख्य ठाउँ प्रायः सबैजसो घुमियो हामीले कामाक्षा मन्दिरमा दिनभरी लाइनमा बसेर मात्र बल्ल देवीको दर्शन गर्न पाइने कुरा सुनेका थियौँ तर हामी गएको दिन त्यतिसारो भीड नभएकाले चार/पाँच घण्टा लाइन लागेपछि मन्दिरभित्र पस्न पायौँ अध्याँरो थियो, देवी कता विराजमान् थिइन् राम्ररी देख्न पाइएन पुजारीले यसो पानीमा हात चोब्न लगाए, त्यतिभएपछि सकियो कामाक्षा माताको दर्शन अरु धार्मिक स्थल भनेका तिरुपति बालाजीको मन्दिर, वशिष्ठ गुफा, नौग्रह मन्दिर थिए हामीले फेरीमा चढेर ब्रम्हपुत्र नदिपारी अवस्थित उमानन्द मन्दिरको दर्शन गर्न पनि भ्यायौँ त्यसबाहेक चिडीयाखाना नेहरु पार्क घुम्यौँ स्थानीय फ्यान्सीबजार गएर केही किनमेल गर्यौं।  बिहु” (माघे संक्रान्ती) को चहलपहल देख्यौँ

मलाई अलि अचम्म लागेको कुरा भने त्यहाँका स्थानीय मान्छेहरु त्यहाँका आधिकारीक भाषा आसामी अंग्रेजी भएता पनि अंग्रेजी भनेँ फिटिक्कै बुझ्दा रहेनछन् हिन्दीमा भन्दा अंग्रेजीमै बोल्न सहज हुन्छ भनेर यसो अंग्रेजीमा केही सोध्यो, वाल्ल परेर हेरिरहन्थे उनीहरु आफू आफूमा आसामी भाषा नै बोलेको सुनियो भने हामीजस्ता बाहिरीया मान्छेसँग हिन्दीमा शायद शिक्षित वर्ग अंग्रेजीमा कामकारवाही गर्दो हो

हामीले हिंडडुल गर्ने क्रममा नेपाली भाषी मानिस पनि बग्रेल्ती भेट्यौँ पल्टनबजार बीचमा एउटा नेपाली मन्दिर नै रहेछ पछि थाहा भयोत्यो मन्दिरमा भारु ५००/ तिरेपछि एउटा कोठा पाईदो रहेछ, शुरुमा कसैले हामीलाई यो कुरा सुनाएन


समग्रमा गुवाहाटीको यो छोटो यात्रा धेरै रमाइला थोरै नरमाइला अनुभवको संगालो बन्न पुग्यो यो यात्रा कोरोना कालअघिको अन्तिम यात्रा भएर पनि मेरालागि निकै महत्वपूर्ण रह्यो अहिले संझिदा लाग्छथोरै समयकै लागि भएपनि धन्न गइएछ अब खोई यस्तो निस्फिक्री यात्रा गर्न पाइने दिन कहिले आउने हो ?

समय मिलेसम्म गरिएका छोटा छोटा यात्राहरुसँगै जीवनरुपी पुस्तकका पन्नाहरु पढिँदै गईदोरहेछसेन्ट अगास्टिनले भनेजस्तै गरी त्यसैले होला, पश्चिमाहरु घुम्न हिँड्न भनेपछि अपहत्ते गर्छन् त्यस्ता मुलुकका प्राय: केटाकेटी १२ कक्षा पढिसकेपछि एक वर्षको विश्राम लिन्छन् त्यो समय आफ्नो गच्छेअनुसार संसारका विभिन्न मुलुक घुम्छन् त्यसपछि मात्र जीवनको अर्को चरण शुरु गर्छन् उनीहरु सबैको सपना भनेको जीवनमा एकपटक विश्वभ्रमण गर्नु रहेको हुन्छ शायद यसो गरेपछि जीवनपुस्तक पढ्ने काम सकिन्छ होला

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]