Friday 30 July 2021

सपनाको भाषा

 


    साँझ पर्न लागिसकेको थियो आफूले अध्ययन गर्ने अस्ट्रेलियाको मोनाश युनिभर्सिटिको बस पार्कमा एउटी बृद्धा ठसठस गर्दै शपिङ्ग ब्याग लिएर बसबाट ओर्लिन खोजिन् शायद उनी नजिकैको क्लेटन बजारबाट सौदापात लिएर आएकी हुन सक्थिन् चालकले अघि सरेर उनको झोला ओराल्न सघायो बाई भनेर बिदा गर्यो त्यसपछि उनी गुडाउने झोला खररर पार्दै प्रतीक्षालयको बेञ्चमा मेरै छेउमा आएर बसिन् हेल्लो भनिन् तिमी यतै वरिपरि बस्ने हो ?,” उनले सोधिन्   मैलेहोभनेपछि उनले त्यो झोला उनको घरसम्म घिस्याइदिन अनुरोध गरिन् टाढा रहेनछ आमैको बासस्थान उनले एकदिन चिया खाँउला, बात मारौंला भन्दै मलाई बिदा गरिन्  

            आमैका कुरालाई मैले उति गम्भीरतापूर्वक लिइन केहि दिन पछि उनैले मलाई  बाटोमा देखेर बोलाइन् भनिन्, “भोलि फुर्सद भए आऊ मेरोमा तिम्रा जहान पनि ल्याउँदा हुन्छ एउटा रित्तो ठूलो घरमा आमै एक्लै पो बस्दिरहिछन् उनले कफीसँगै आफ्नो लोग्नेको मृत्यु कथा सुनाइन् बेलुका सँगै सुतेका बूढाबूढी, बिहान बूढा मरिरहेका पो रहेछन अरे उमेर पुगेका छोराछोरी आफ्नै बाटो लागेपछि ठूलो ढ्याङ्ग्रे घरमा आमै एक्लै रहिछन्   अब यो घर बेचेर बृद्दाश्रम जानपर्छ भन्छन् छोरा छोरी,” उनले सुनाइन् आमैसँग धेरै कुरा भए ग्रीसमा जन्मेर उतै हुर्किकन अस्ट्रेलिया आएकी आमैले कुराको अन्ततिर एउटा घतलाग्दो प्रश्न गरिन् ,“ तिमीहरु सपना नेपालकै देख्छौ कि यताको ? अनि सपनामा के भाषा बोल्छौ ?” हो , नसोचेको कुरा गरिन् ती आमैले सपना उनी पनि ग्रीसकै देख्तिरहिछन् हामीले पनि सम्झेर ल्याउँदा नेपालकै सपना देखिँदो रहेछ उतैको सपना देख्दा पनि नेपाली भाषामै बुझिँदो रहेछ तर सानैदेखि विदेशी भूमीमा हुर्केको हाम्रो छोराले भनें अंग्रेजीमै सपना देख्ने कुरा गर्यो  

            यो सपनाको कुरा मेरा लागि एउटा उत्सुकताको विषय नै बन्यो हाम्रो छोराकी साथीकी हजुरआमा मोरिससबाट धेरै अगाडि अस्ट्रेलिया छिरेकी रहिछन् उनलाई मैले यहि प्रश्न गर्दा उनले भनें आफ्ना मुलुकका मान्छे सपनामा देख्दा मोरिसन भाषामा अंग्रेजी भाषीलाई सपनामा देख्दा अंग्रेजी भाषामै कुराकानी हुने बताइन् यहि प्रश्न मैले अरु धेरैलाई सोधें त्यसमध्यमा पनि उतै भेटघाट भएर विवाह गरेका पाकिस्तानी नविद चाइनिज ग्रेसले भनें आफ्नै भाषामा सपना देख्ने रहेछन् ग्रेसले भनी, “नविद एक पटक निकै बिरामी पर्यो सपनामा नबुझिने भाषामा के के बर्बरायो उर्दु भाषामा अरु कुनै केटीको नाम पो लियो कि उसले भनेर ग्रेसलाई पर्नु पीर परेछ यस्तै खाले अर्को घटना पनि भएको थियो त्यहाँ मेरा श्रीमानको साथी एडमको ससुरो फिजियन इन्डियन थियो एकपटक सिकिस्त बिरामी भयो नबुझिने भाषा बोल्न थाल्यो त्यो भाषा बुझ्न सकिन्छ कि भनेर एडम उसकी श्रीमती अमेलाले श्रीमानजीलाई उनीहरुको घरमा लगे हो रहेछ, बूढा मान्छे हिन्दीमै पो बर्बराउँदा रहेछन् बूढा निको भएर पछिसम्म पनि हिन्दी बोल्न भनेर श्रीमानलाई उनीहरुको घरमा बोलाईरहन्थे  

सपना के हुन् ?

            सपनाका विषयमा विभिन्न पक्षबाट खोज, अनुसन्धान, अध्ययन गरिएका छन्   तर सामान्य अर्थमा भनें सपना हामीले देखेका, सुनेका, भोगेका अनुभव गरेका कुराहरुकै दिमागी चित्र हुन् यी निद्रामा आउँछन् कहिलेकाहिँ सम्झना नै नहुनेगरिकन धेरै सपना देखिन्छन् सपनासँग जोडिएको रोचक कुरा के भने यो हाम्रो मनोविज्ञानसँग जोडिएको हुन्छ हरेक सपनाले हामीलाई निद्राबाट ब्युँझेपछि सोच्न बाध्य गराउँछ यसले हामीलाई शुभ संदेश दियो कि अशुभ संकेत दियो भनेर झकझक्याउँछ यी सपनाका आडमा सपनाको शुभाशुभ विश्लेषण गर्नेहरुले खेतीपाती नै चलाएका हुन्छन् कस्ता सपना देखे के फल प्राप्त हुन्छ भन्ने विश्लेषण गर्ने प्रथा सबै मानव समुदायमा चलेको यस विषयमा पुस्तक नलेखिएको भाषा शायदै कुनै होला तर ती विश्लेषण भनें आफ्नो संस्कार संस्कृतिमा आधारित हुने कुरा मैले पाएकी छु उदाहरणको लागि, सपनामा सर्प देख्दा चीनमा बुद्धि बढ्ने विश्वास गरिन्छ यता हिन्दुहरुले सर्पलाई नाग देवताको रुपमा लिन्छन् इस्लाममा यसलाई शुभ मानिन्छ तर क्रिस्तानीहरुले भनें अशुभ मान्छन्  

            प्रशिद्द मनोवैज्ञानिक फ्रायड्ले भनें सपनाहरु हाम्रा दमित इच्छाका उपज हुन् भनेका छन् हाम्रो मष्तिस्क निद्रामा होस् या चेतनाको अवस्थामा कहिल्यै सुत्दैन ननिदाएको अवस्थामा यसले इन्द्रियहरुले दिएको सन्देशको आधारमा जानकारी दिइरहन्छ तर निदाएको अवस्थामा भनें पुराना कुराको सम्झनाको आधारमा झलक पैदा गरिरहन्छ


सपना समाउने जाल

            आदिबासी अमेरिकन संस्कृतिमा बालकहरुलाई नराम्रा सपना तिनका दुष्प्रभावबाट जोगाउनड्रिम क्याचरवा सपना समात्ने जाल प्रयोग गरिन्थ्यो बेतको डाँठलाई घुम्र्याएर गोलो रिङ्ग जस्तो पारेपछि बिचमा धागोको जालीजस्तो बुनिन्छ यसमा विभिन्न चराका रंगिन प्वाँला झुण्डाइन्छ यो बस्तुलाई केटाकेटीको ओछ्यान वा कोक्रोमा झुन्डाएपछि केटाकेटी निद्रामा झस्किने, तर्सिने गर्दैनन् भन्ने जनविश्वास आजकल भनें यो ड्रिम क्याचरलाई एउटा साँस्कृतिक हस्तकलाको रुपमा लिइन्छ  

            सपनालाई विश्लेषण गरेर लेखिएका अनगिन्ति पुस्तक पाइएजस्तै सपना शब्दकोश पनि उपलब्ध छन् यो शब्दकोशमा कुन सपनाले के अर्थ राख्छन् भन्ने कुरा पाइन्छ यी कुराहरुमा वैज्ञानिक सत्यता भनें छैन  

राजा जनकको सपना

           


    परापूर्व कालदेखि नै मानिस सपनाबाट खेदिएको अद्वैतमार्गीहरुको एक मूलग्रन्थ अस्टवक्र गीतामा राजा जनकको सपनाको उल्लेख सम्पूर्ण धनधान्यले भरिपूर्ण जनक एकपटक आफू भिखारी भएर हिडेको सपना देख्छन् त्यो सपनाले उनलाई खेदिरहन्छ   आफू विदेह राज्यको सर्वेसर्वा हुँदाहुँदै कसरि भिखारी भएको सपना आयो त्यो सपना सत्य हो कि बिपनाचाहिँ सत्य हो भन्ने कुराको द्विविधामा उनी परे त्यहि द्विविधा निवारण गर्ने क्रममा उनी गुरु अस्टवक्रलाई आफ्नो सपनाबारे प्रश्न सोध्छन्, “त्यो सपना सत्य हो भनें किन अहिले राजा छु ? त्यो सपना सत्य हो कि बिपना सत्य हो ?” अस्टवक्रले जनकलाई दिएको छोटो उत्तर थियो – “ यो सत्य हो, त्यो सत्य हो अर्थात् राजा जनक, तिमी सम्राट हौ, भिखारी त्यसो भए के हु भन्ने जनकले सोधेको मूलप्रश्नको उत्तर नै अस्टवक्र गीता हो यसरी शास्त्रले सपनालाई सत्य मान्छ विपनालाई नै अस्टवक्र गीताले हामी सामान्य मनुष्य निरन्तर सपनामै विचरण गरिरहन्छौँ भन्छ  

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 30 July, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]