Friday 28 July 2023

आकाशतिर हेर्नू कबीर

 

प्रिय कबीर,

तिमीले महिनौँपछि पत्र पठायौ तिमी नजिक हुनुमा नहुनुमा त्यत्रो अन्तर हुँदैन हामी मनमा बाँचेका मान्छे तिम्रो यति लामो अन्तरालको पत्र त्यसको भावले भनेँ  मलाई अलिकति आश्चर्यमा पारेको तिमी जीवन जगत बुझेको मान्छे यहाँ हार्नू जित्नूमा अन्तर नदेख्ने मान्छे तिमी अर्थ नखोज्ने मान्छे तर अचानक तिमीले कसरी जीवनको अर्थ खोज्न थालेऊ ? अनि अर्थको भूमरीमा आफैं प¥यौ ? तिमीले अझ भनेछौ — ‘अब अर्को पत्र नआउन सक्ला अर्को पत्र नआए आश्चर्य नमान्नू तिमीले पठाएका हरेक पत्रसँग तिम्रो ढुकढुकी आँउथ्यो तिमीले लेखेका पत्रका हरफहरुका माझबाट तिम्रो स्वरुप साकार भएर आउँथ्यो ती अक्षरहरु पढ्दै जाँदा तिम्रो श्वासको आभाष पाउँथे तर अब तिम्रो पत्र नै आउँदैन भनेँ ? एउटा कुरा थाहा कबीर तिमीलाईतिमीसँग नबोलिकनै पनि बोलिरहेकै हुन्छु तिमीलाई नदेखि मुस्कुराइरहेकै हुन्छु तिमी नभैकनै तिमी छौ भन्ने मलाई आभाष हुन्छ यो मेरो अन्तिम पत्र हुनसक्छभनेर तिमीले मेरा सम्झनाका खातहरुमा आगो झोस्न खोजेको पक्कै हैन होला मेरो मनमा आश्रित तिम्रा सम्झनाहरुको हत्या गर्न खोजेको पक्कै होइन होला !


सधैं झैं  तिम्रो पत्र मैले दोहो¥याएर पढें, तेहे¥याएर पढें अनि तिम्रो पत्रका शब्दहरुमै तिम्रो विक्षिप्तताको कारण खोजेर हेरेँ मैले अब अरु के भन्न सक्छु ? तिमीलाई तिम्रै शब्दहरु  फिर्ता दिन्छु स्मरण गराउन चाहन्छुतिमीले आकाशतिर हेर्नू तिमी अहिले जे कुरामा डुबेका छौ, त्यसबाट कोल्टे फर्कनू । तिमी आफैं भन्थ्यौ हैन यो जीवन जगत पार पाइनसक्नु कुरा हो यसको आदि पनि छैन, अन्त्य पनि छैन तिम्रो शाब्दिक ज्ञानले तिम्रो आफ्नो अन्तर नभिजेको पो हो कि ? तिम्रै ज्ञानरुपी नौकामा कतिपटक सांसारिक रहमा डुब्नबाट बाँचेकी छु तर तिम्रो नौकामा भएको सानो छिद्रबाट छिरेको पानीले तिमी आफैं डुब्न लागेका पो हौ कि ? मेरा मनमा हजारौँ प्रश्न उब्जिएका छन् भुलक्कड मान्छेले आफ्नो चस्मा टाउकामा सिउरेर फन्फनी खोजिहिँडे जस्तै अचूक समाधान आफैंसँग हुँदाहुँदै तिमी रनभुल्लमा छौ


लामो समय अगाडि मैले एउटा कथा पढेकी थिएँ कथामा आफ्ना शत्रुहरुबाट जोगिन एउटा मानिसले चारैतिर पर्खाल लगाउन थाल्छ उसले ढोका पनि राख्दैन झ्याल पनि राख्दैन किनभने झ्याल ढोका राखियो भनेँ ती द्वार फुटाएर कोहि छिर्ने खतरा हुन्छ भन्ने उसलाई लाग्छ झ्याल ढोका बिनाको पर्खाल उसले उठाइरहन्छ अब कसैले देख्तैन होला भन्ने लागेपछि मात्र सुस्ताउँछ वरिपरि हेर्छ आहा, अब कति आनन्द भन्ने उसका मनमा लाग्छ केहि दिन मात्र बितेका थिए, उसलाई आफू आफ्नै कारणले थुनामा परेको जस्तो लाग्यो भित्र जम्मा गरिएको खाना पानी सकिँदै गएपछि पो उसलाई थाहा भयो— ‘मैले अरुबाट जोगिनलाई पर्खाल लगाएको होइन रहेछ मैले आफ्नै चिहान पो खडा गरेको रहेछ हो,  त्यो मान्छे जस्तै हामी पनि मनभित्र  पर्खाल खडा गर्ने रहेछौँ हाम्रा आफ्ना ठानिएका वस्तु लुकाउन, कसैका अगाडि कुनै पनि प्रकारले कम नदेखिन मनभित्र अदृष्य पर्खाल उठाएर हामी आफ्नो दुःखद अन्त्य आफैं निम्त्याउने रहेछौँ कबीर, तिमी पक्कै पनि त्यस्तै पर्खाल भित्र निस्सासिएको  हुनुपर्छ आफ्नै दिमागी विकारको शिकार तिमी बनेको हुनुपर्छ

तिमीले आफू भित्र रहेका हजारौँ  विचारहरुमध्येमा आशाका विरुवामा मलजल गरेछौ क्यारे आशाको वृक्षमा निराशाका फलहरु लाग्ने खतरा धेरै हुन्छ तिम्रा वहिर्मुखी दृष्टिहरुले देखेका कुरालाई सत्य मानिकन मन विरोलेछौ क्यारे अन्य धेरै कारण नै चाहिँदैन नि मनमा हुरि चल्न तिम्रो पत्रको बेहोरा हेर्दै थाहा हुन्छ, तिमी आफैंले सिर्जना गरेको भूमरीमा फँसेका छौ भन्ने कुरा


तिमीले गीताको  श्लोककर्मण्या वाधिकारस्ते ....’ बिर्सेका हौ कि ? तिमीले भनेको हैन हामी एक थुप्रो खरानी मात्र हौँ भनेर ? कार्य गर्ने हो तर परिणाममा ज्यान आफल्ने हैन कमाउने हो, खाने हो, रमाइलो गर्ने हो तर ती कुराहरु गर्दा सिर्जित परिणामको जिम्मेवार पनि आफैं भएपछि मूर्छित  भएर जग हँसाउन   भएन नि कबीर, तिमीले हारेको कुरा गरेऊ तिम्रो जीत वा हारले कसलाई के असर गर्छ ? तिमीले जित्नु नै के यहाँ ? तिमीले हारेर हुने के यहाँ ?

तिम्रा साथी छन्, परिवार सामान्यतयाः सम्पूर्ण कुरा वाह्य रुपमा उपलब्ध छन् तिमीलाई तिम्रो मनमा हुर्किरहेको रिक्तताको कारण के होला कबीर ? त्यसको कारण कतै तिमी भित्रकैम’ होइन ?  तिमीले सोचेका कुरा नपुग्नु, सोचेजस्तो हुन नसक्नु जस्ता कुराले तिमीलाई तिम्रो अहंले आफैंबाट अलग्याउन खोजेको पो हो की ? तिम्रो मनलाई ऐंजेरुले छपक्क छोपेको हो यो एक्लोपन मानव मनमा  अनन्त कालदेखि यो रहि नै रहन्छ यस्लाई हामी वाह्य उपायले कुनै माध्यमबाट, सांसारिक चमत्कारबाट यसो छोप्ने प्रयास गर्छौं । सिनेमाहलभित्र सिनेमाले दुई घन्टा भुल्याएजस्तो हामी आफूलाई भुलाउने नयाँ नयाँ उपायको खोजीमा हुन्छौँ तैपनि झ्वास्सै यो एकान्तिकता देखापर्छ ! अनि यसैलाई मलजल गरिदिने हो भनेँ यसले हामीलाई एक थुप्रो खरानी बनाइछाड्छ यो सर्प पालेजस्तै हो, बाघ पालेजस्तै हो बाघ बिषालु सर्पलाई ढुक्क भएर  अंगाले हालेर बसिरहन सकिँदैन मन आफ्नो हो तर बढो होशियारीपूर्वक चलाउनुपर्छ

तिम्रो पत्रमा जे जस्ता कुराहरु भएपनि मलाई एउटा कुरा भने बढो राम्रो लाग्यो तिमी सबै कुरा परित्याग गर्न तयार रहेछौ हो नि यो मोहभङ्गको स्थिति नराम्रो हैन साँच्चै नै यो दुनियाँको अनित्यता बुझेर तिम्रो मोहभङ्ग भएको भए कति राम्रो हुने थियो

बुरा जो देखन मै चला, बुरा मिलिया कोई

जो दिल खोजा अपना, मुझसे बुरा कोई


यो कबीरको दोहा पढ्नू तिमीले मनन गर्नू आकाशतिर फर्केर हेर्नू तिम्रा विचारको जङ्गलबाट कोल्टे फेर्नू यहाँ हार्नू जित्नू छैन है कबीर संसार आफैंमा ठीक , यसलाई सोझ्याउनु पर्ने छैन यो कुरा सम्भव पनि छैन तिमीले बोकेको विचारको भारी अब थपक्क बिसाइदिनू नाम्लाले थिचिएको टाउकोले आकाश हेर्न सक्दैन जीवनरुपी यात्रामा बन्दोबस्तिका सामानको आवश्यकता छैन कृपया भारी बिसाउनू, अनि आकाशतिर हेर्नू

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  28 July 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]