Sunday, 27 July 2025

निर्जला

 वर्तमान समयमा दमकको साहित्यिक आकाशमा उदाएको एउटा नाम होटंक प्रसाद पाठक सेवानिबृत्त शिक्षक भए पनि साहित्य जगतमा उनी बैशालु युवा जस्ता प्रमाणित हुदै आएका छन्   २०७८ सालमा उनको पहिलो कविता संग्रह प्रकाशित भएको थियो— 'भावनाका फूलहरू' । त्यो कृतिको विमोचन कार्यक्रमको साक्षी हुने मौका मैले पनि पाएकी थिएँ कवि पाठकलाई चुनौती दिँदै डा. गोविन्दराज भट्टराईलेहेर्नुहोस् है पाठकजी, तपाईंले अब प्रत्येक वर्ष एउटा कृति प्रकाशित गर्नुभएछ भने तपाईंलाई पत्याउँला नत्र एउटा आवेशमा आएर यो कविता संग्रह प्रकाशित गर्नुभएको रहेछ भन्ने संझौला,” भन्नुभएको थियो त्यो चुनौतीलाई सहर्ष स्वीकार गर्दै अहिले आफ्नो तेस्रो कृतिनिर्जलाउपन्यास पाठकले हामीलाई दिएका छन्


            उनका कविताको रसास्वादन हामीले गरिसकेका छौँ विषेश गरेर उनकोनजौ छोरा...’ भन्ने कविता प्रायः साहित्यिक कार्यक्रमहरुमा कविको भारीभरकम स्वरमा गुन्जिने गर्छ कविको रुपमा स्थापित भैसकेका पाठकको आख्यानमा पनि उत्तिकै सशक्त रुपमा कलम चल्दोरहेछ भन्ने कुराको प्रमाण यो उपन्यास हो

            यो कृतिको शीर्षकबाटै थाहा हुन्छ उपन्यास यसकी प्रमुख पात्र निर्जलाकै वरिपरि घुमेको त्यसैले यसलाई नारीप्रधान उपन्यास भन्न मिल्छ यो उपन्यासको विषयवस्तु भनेको प्रेम नै हो तर प्रमुख पात्रहरु हरि निर्जलाको प्रेम सलल बगेको छैन; यो अलि क्लिष्ट , जिन्दगी जस्तै यो क्लिष्टतालाई मनोवैज्ञानिक तरिकाले व्याख्या गर्न सकिन्छ   नायिका निर्जला आफ्नो प्रेममा प्रष्ट भए पनि नायक हरि भने अलि द्वैध चरित्रको देखिन्छ सबै प्रतिकूल परिस्थितिको दोष निर्जलामाथि थोपर्छ परिस्थिति अनुकूल भएपछि भने त्यही प्रेमको डङ्का पिट्छ तर कहिल्यै निर्जलाको सामना भने गर्दैन सधैँ निर्जलासँग भागी भागी हिँड्छ उपन्यासकै पात्रले पनि हरिको चरित्रलाई यसरी व्याख्या गरेका छन् —“त्यो हरे भनेको नामर्द मुला ”...“झन् आमा बाबु मरेपछि बौलाहा जस्तो भएको थियो आँट हिम्मत गरीखाने भए घर छोडेर हिँड्छ कोही ?” (पृ. ८०)

            हरिलाई एकोहोरो प्रेम गर्नुबाहेक निर्जला सधैँ आफूलाई स्वाभलम्बी  बनाउन खोजिरहन्छे त्यसैले उसलाई नारी सशक्तिकरणको उदाहरणका रुपमा पनि लिन सकिन्छ हरिका अनुसार निर्जलाद्वारा बलात्कृत हुन्छ तर यसको मूल्य भने बलात्कारीले नै चुकाउनुपर्छ उसलाई छोडेर भागेको प्रेमीको तडप समाजको डरले गर्भवती निर्जला आफूलाई समाप्त पार्नेतिर लाग्दिन बरु कसरी आफ्नो हुनेवाला बच्चाको रक्षा गर्न सकिन्छ भन्नेतिर लाग्छे घर छोडेरै आफ्नो संघर्षपूर्ण जीवनमा होमिन्छे अनेक दुःख कष्ट पार गर्दै आफ्नो खुट्टामा उभिन सफल हुन्छे हरि पनि एक किसिमले सफल नै हुन्छ तर सधैँ आफ्नै स्वार्थ कायरताले डोरिएको यो एउटा वियोगान्त उपन्यास हो

            प्रेम वियोगबाहेक यो उपन्यासमा अरु पनि धेरै पक्ष छन् सर्वप्रथम यसलाई एक आञ्चलिक कृतिको रुपमा लिन सकिन्छ यसको परिवेश कोशी प्रदेशकै विभिन्न ठाउँहरु छन् मुख्य सेरोफेरो भनेको दमक यसकै वरिपरिका स्थल छन् यो क्षेत्रका मानिसको जीवनशैलीलाई पनि उपन्यासले दर्शाएको यहाँ ठाउँ ठाउँमा पूर्वीय जीवन दर्शन भेटिन्छ मानिसको जन्म किन भयो ? कहाँबाट आएँ ? मानव जीवनमा गर्नुपर्ने कार्य के के हुन् ? के गर्न आएँ ? मेरो अन्त्य कसरी हुन्छ ? अन्त्यपछि कहाँ जान्छु ? (पृ. ४४४५) जस्ता प्रश्नहरु यहाँ उठाइएको त्यसैगरि अर्को प्रसंगमा निर्जला भन्छे, “ जन्मँदा एक्लै थिएँ मर्दा पनि एक्लै हुने भएकीले यो संसारमा एक्लै रहिरहने छु भन्ने मैले निश्चय गरेकी छु” (पृ. ८२) । लेखकको झुकाव गीत संगीत तथा कवितातिर पनि भएकोले बीचबीचमा गीतका कविताका टुक्रा प्रशस्तै भेटिन्छन् त्यसैगरि यो उपन्यासले हाम्रो सामाजिक अवस्थालाई दर्शाएको आफ्नै परिवारमा पनि धनी गरीब बीचको खाडल कति भन्ने कुरा यहाँ छर्लङ्ख देखिन्छ


            ‘निर्जलाउपन्यासमा वर्णित घटनाहरु जस्तै१२ कक्षा सकेपछि युवाहरु विदेशिने, भारतीय नागरीकलाई नागरिकता दिइने, हर्क साङ्पाङ् मेयर भएको, ललिता निवास कान्ड, भुटानी शरणार्थी काण्ड इत्यादिले तत्कालिन समयकै सेरोफेरोमा यो उपन्यास लेखिएको हो भन्ने प्रष्ट  हुन्छ तर यहाँका पात्रहरुको जीवनशैली भने पुरानै समयको जस्तो लाग्छ शायद लेखकले आफू  युवा हुँदाकै समयको कुरा गरिरहेका छैनन् भन्ने भान पर्छ पाठकलाई बेलाबेलै यसैगरि धेरैजसो पात्रका नाम पुरानै समयका छन्

            उपन्यासको कथावस्तु रोचक भैकन पनि सम्पादन पक्ष अलि फितलो भएकोले भाषागत समस्या (शुद्धाशुद्धी) का साथै कतिपय स्थानमा अर्थको अनर्थ पनि लागेको जस्तै, “चराका बथानहरु आकातिर (हुनुपर्ने आकाश) बाङ्गोटिङ्गो गर्दै क्षितिज पार गर्दै बिलाउँदै जान्थे...” (पृ.) अर्को प्रसंगमा  “तोरीबारी पश्चिम उत्तरपट्टि बक्राहा खोला छेउमा पुग्दा उनी गलेर लखतरान भए फुँडी (हुनुपर्ने खुँडी) भन्ने पिकनिक स्पोर्ट नजिकै थियो...(पृ.४१)”


            मलाई लेखकसँग सोध्न मन लागेको कुराचाहिँ यहाँ हरिका सबै सहपाठीको पूरा नाम लिइएको उनीहरुलाई तिमी भनी सम्बोधन गरिएको तर एउटा पात्र हर्केलाई चाहिँ सधैँ हर्के नै भनिएको तँ भनी सम्बोधन गरिएको किन यस्तो भएको होला ? कतै यो पात्र उपन्यासकारकै विद्यार्थी जीवनको एक खल पात्र होइन ? त्यसैले उनले यो उपन्यासमार्फत नै त्यो पात्रसँग रिस फेरेका हुन् ? भन्नेजस्ता प्रश्न मेरो मनमा उब्जिएका थिए  

समग्रमा उपन्यास राम्रो ; अर्को संस्करणमा यसलाई मिहीन तरिकाले सम्पादन गरेर प्रकाशित गरियो भने यसको मूल्य स्तरीयता अझ बढ्नेछ

No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).