Friday, 4 August 2023

कैदी नम्बर ५१

 

 आफ्नो  फूर्सदको समयमा प्रायः कुनै कुनै पुस्तकमा अल्झिरहेकै हुन्छु ती मध्ये कति केही समयमा नै मेरो स्मृतिपटलबाट हराउँछन् , केही अलिक लामै समयसम्म रहलान् तर केही भनेँ सधैँ  मेरो मनको एउटा कुनामा बसेर मलाई झक्झकाइरहन्छन् पछिल्लो समयमा मैले पढेको कृष्ण माबुहाङको उपन्यासमाओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’  पनि तेस्रो कित्तामा परेको अर्थात् यसले मेरो मनसँग मीत लगाएर मनैमा बसेको


माओवादी आन्दोलनसँग सम्बन्धित धेरै पुस्तक लेखिए होलान् , केही मैले पनि पढ्ने मौका पाएकी छु तर यो पुस्तक मेरा लागि अलि खास रह्यो किनभने यसका लेखक आफैं माओवादी आन्दोलनका एक सकृय योद्धा भएर त्यो जनयुद्धलाई प्रत्यक्ष भोगेका छन् त्यसैले यहाँ वर्णित  घटनाहरु  सबै   विश्वसनीय लाग्छन् आख्यान भैकन पनि  यो यथार्थ लाग्छ

यो उपन्यासको मुख्य पात्र मुन्से हाम्रो दैनिक जीवनमा भेटिने  एउटा  सशक्त  राजनैतिक पात्र हो माथिल्लो दर्जामा हुने तथाकथित नेताहरुले कसरी एउटा सामान्य, अनपढ, अरुको लहैलहैमा लाग्ने सजिलै बटार्न  सकिने  व्यक्तिलाई उफार्दै , फकाउँदै हौस्याउँदै आफ्नो पार्टीमा घिसार्छन्   त्यस्ता व्यक्तिलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गर्छन् भन्ने कुरालाई उपन्यासकार माबुहाङले प्रष्ट रुपमा देखाइदिएका छन् मुन्से एउटा यस्तै पात्र हो सामान्य घरखेती गरेर बस्ने गाउँको एउटा सोझो युवा हो उसलाई बाठाटाठा नेताहरुले हौस्याएकै भरमा उसको समुदायको नेतृत्व गर्नसक्ने नेता बनाउँछन् उसलाई तत्कालीन राजतन्त्रको विरोध गर्न लगाउँछन्   पनि त्यो गाउँका प्रधानपञ्च आफ्नै ठूलोबुवाको विरोधमा उत्रन्छ यसरी राजनीतिमा पसेको  मुन्से  भासिँदै  भासिँदै   माओवादी  जनआन्दोलनको नेतृत्व गर्नसम्म पुग्छ

माओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’  उपन्यासले नेपालको एक कालखण्डको राजनैतिक इतिहासलाई जीवन्त पारेको यस अर्थमा यो पुस्तक त्यो समयको राजनैतिक इतिहासको अमूल्य दस्तावेज पनि हो जनयुद्ध शुरु हुनुअगाडिको राजनैतिक विचलनदेखि जनयुद्धपश्चात् दोस्रो संविधानसभाको निर्वाचन हुँदासम्मको समयलाई यो उपन्यासमा समेटिएको


यो उपन्यास पढ्दै जाँदा लाग्छ  त्यो जनआन्दोलन त्यत्तिकै शुरु भएको थिएन सधैँको अस्थीर राजनीति, आफ्नो स्वार्थसिद्धिमा मात्र लागेका भ्रष्ट नेता, बढ्दो भ्रष्टाचार सर्वसाधारणले चाहिँ सधैँ पाइरहने दुःख सास्ती जस्ता तत्वबाट साधारण जनताले उन्मुक्ति चाहिरहेको अवस्थामा बाठा माओवादी नेताहरुले जनताको यही भावनालाई किने जनयुद्धको विजयपश्चात् देशमा जनसरकार आउँछ, धनी गरीबको भेदभाव घट्छ, देशका सबै जनता बराबर हुन्छन्, कसैले दुःख पाउनुपर्दैन भन्नेजस्ता मीठा मीठा सपना देखाएर उनीहरुले सोझासिधा सबै गाउँले युवाहरुलाई त्यो युद्धमा लाग्न प्रोत्साहन गरे नभन्दै नयाँ नेपालको सुन्दर कल्पना गर्दै ती युवा पनि युद्धमा होमिए मुन्से यस्तै परिवर्तनको चाहना गर्ने एउटा युवा हो

त्यो जनयुद्धको साक्षीको रुपमा देखापरेको हामीले जनयुद्धताका विभिन्न संसारमाध्यमबाट जे जस्ता कुरा सुन्थ्यौँ  अथवा देख्थ्यौँ, ती सबै कुराको विस्तृत विवरण यो उपन्यासमा भेटिन्छ त्यसैले यो पुस्तकले पाठकलाई पुनः त्यही समयमा लैजान्छ अझ भनौँ मुन्सेले ऊसँगसँगै पाठकलाई पनि त्यही युद्ध प्रत्यक्ष रुपमा देखाउँछ माओवादी सेना दुवै समूहका राम्रा नराम्रा पक्ष यहाँ भेटिन्छन्

यही युद्धका बीचमा मुन्से रुपाबीचमा पलाएको झाङ्गिएको कारुणिक प्रेम कथा पनि यहाँ पढ्न पाइन्छ उनीहरु एकअर्काप्रति पूर्ण समर्पित हुँदाहुँदै पनि जातीय विभेदले गर्दा विवाह बन्धनमा बाँधिन सक्दैनन् मुन्से लिम्बूको छोरो रुपा बाहुनकी छोरी हुनु नै उनीहरु एकाकार हुन नसक्नुको प्रमुख कारक तत्व बन्छ बाहुनी श्रीमती ल्याएर मुन्से आफ्नी आमाको मन दुखाउन चाँहदैन रुपा नै लिम्बू केटासँग विवाह गरेर आफ्ना आमाबाबूमाथि विश्वासघात गर्न सक्छे ! तर युद्ध चम्कँदै गएपछि उनीहरु पूर्ण रुपमा माओवादी आन्दोलनमा होमिएपछि भने उनीहरुको बिहे पार्टीले नै गराइदिन्छ; यो विवाहका बारेमा उनीहरुका बाबुआमालाई कहिल्यै थाहा हुँदैन यो विवाहले उनीहरुलाई वैधानिकता दियो तर उनीहरुले वैवाहित जीवनको सुखभोग भने कहिल्यै गर्न पाएनन् चाहे जे होस्, मुन्से रुपाको धेरै वर्षदेखिको सपना समयले घुमाई फिराई जुराइदिएको ...तर, सुहागरात मनाउने दिन समय भने छैन बेहुलाबेहुली हूँ भनेर सिंगारिएर बस्ने समय पनि छैन चौबिसै घण्टा गोला बारुद बन्दुकले सजिएर बस्नु पर्नेछ” (पृ.३०४) यो भनाइले के प्रष्ट पार्छ भने त्यो समयमा माओवादी प्रेमीप्रेमिकाले अथवा पतिपत्नीले मुन्से रुपाकै जस्तो नियति भोगेका थिए यति मात्र कहाँ हो ! लडाई खेल्ने क्रममा नै एकदिन रुपा यो संसारबाट बिदा हुन्छे यसरी मुन्सेरुपा जोडीको प्रेमकथाको दुःखान्त अन्त्य  हुन्छ उनीहरुले  भित्रभित्र मात्र एक अर्कालाई माया गरिरहे, भौतिक रुपमा भने उनीहरुको प्रेम पुष्पित पल्लवित हुन पाएन शायद युद्दको आगो ह्वार ह्वार बलिरहेको समयमा योद्दाहरुलाई खुलेर प्रेम गर्ने अधिकार हुँदैन उनीहरुले प्रेम युद्दमा युद्द नै छान्नुपर्नेछ यो कुरालाई छुदेन काविमोको उपन्यासफातसुङुले पनि पुष्टि गर्छ

केही भाषागत त्रुटिका अलावा यो उपन्यासमा खट्किएको एउटा पक्ष भने यहाँ अनावश्यक रुपमा चर्चा गरिएको दोस्रो विश्वयुद्धको कुरा हो यसको यहाँ कुनै सान्दर्भिता नै देखिदैन बीचमा अचानक यो कथा घुस्नाले पाठकले अघिदेखि खुरुखुरु पढ्दै आएको पठन श्रृङ्खला भङ्ग हुने सम्भावना प्रवल देखिन्छ


यसका अलावा यो पुस्तक पठनीय आफ्नो जीवनमा परिवर्तन आउने आशामा देशका हजारौँ युवायुवतीले यो जनयुद्धमा हाम फाले कति शहीद भए, कति अपाङ्ग भए, कति बेपत्ता भए उनीहरुका परिवारले पनि पाउनसम्म दुःख पाए तर यतिको बलिदान गर्दा समेत उनीहरुको कष्टकर जीवनको स्वरुप परिवर्तन भएन यसका विपरित माओवादी टाउके नेताहरु भने सुटबुट लाउने, महलमा बस्ने महङ्गा महङ्गा गाडीमा चढ्ने भए आफ्नो सर्वस्व गुमिसकेपछि त्यो युद्धभूमिबाट फर्किएका योद्धाहरुले आफूलाई खालि झूठो आश्वासन दिएर, युद्धमा प्रयोग मात्र गरिएको भन्ने कुरा बुझे यसले उनीहरु दुःखी भए , निराश भए तर के गर्नु ? उनीहरुको हातमा अब केहि थिएन यस्तै यस्तै मर्मस्पर्शी यथार्थ घटनाहरु समावेश गरेर कृष्ण माबुहाङलेमाओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’ नामक उपन्यास तयार पारे मुन्से नाम गरिएको कैदी नं. ५१ सँग उपन्यास छिप्पिँदै जाँदा उपन्यासकार आफैं त्यो पात्रसँग साटिन्छन् पाठकलाई मुन्सेभित्र  पसेर  माबुहाङआफैंले प्रत्यक्ष भोगेको युद्धको बयान गरिरहेजस्तो लाग्छ यो उपन्यासले अघिल्लो पुस्ताका सबै राजनैतिक नेताहरुको यथार्थ चरित्र चित्रण गरेको यिनीहरुकै कारण आजसम्म पनि देशले चरम अस्थिरताको नियति भोग्नु परिरहेको कुरा तपाईं हामीले अनुभूति गरिरहेकै छौं नि

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  4 August 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 




Friday, 28 July 2023

आकाशतिर हेर्नू कबीर

 

प्रिय कबीर,

तिमीले महिनौँपछि पत्र पठायौ तिमी नजिक हुनुमा नहुनुमा त्यत्रो अन्तर हुँदैन हामी मनमा बाँचेका मान्छे तिम्रो यति लामो अन्तरालको पत्र त्यसको भावले भनेँ  मलाई अलिकति आश्चर्यमा पारेको तिमी जीवन जगत बुझेको मान्छे यहाँ हार्नू जित्नूमा अन्तर नदेख्ने मान्छे तिमी अर्थ नखोज्ने मान्छे तर अचानक तिमीले कसरी जीवनको अर्थ खोज्न थालेऊ ? अनि अर्थको भूमरीमा आफैं प¥यौ ? तिमीले अझ भनेछौ — ‘अब अर्को पत्र नआउन सक्ला अर्को पत्र नआए आश्चर्य नमान्नू तिमीले पठाएका हरेक पत्रसँग तिम्रो ढुकढुकी आँउथ्यो तिमीले लेखेका पत्रका हरफहरुका माझबाट तिम्रो स्वरुप साकार भएर आउँथ्यो ती अक्षरहरु पढ्दै जाँदा तिम्रो श्वासको आभाष पाउँथे तर अब तिम्रो पत्र नै आउँदैन भनेँ ? एउटा कुरा थाहा कबीर तिमीलाईतिमीसँग नबोलिकनै पनि बोलिरहेकै हुन्छु तिमीलाई नदेखि मुस्कुराइरहेकै हुन्छु तिमी नभैकनै तिमी छौ भन्ने मलाई आभाष हुन्छ यो मेरो अन्तिम पत्र हुनसक्छभनेर तिमीले मेरा सम्झनाका खातहरुमा आगो झोस्न खोजेको पक्कै हैन होला मेरो मनमा आश्रित तिम्रा सम्झनाहरुको हत्या गर्न खोजेको पक्कै होइन होला !


सधैं झैं  तिम्रो पत्र मैले दोहो¥याएर पढें, तेहे¥याएर पढें अनि तिम्रो पत्रका शब्दहरुमै तिम्रो विक्षिप्तताको कारण खोजेर हेरेँ मैले अब अरु के भन्न सक्छु ? तिमीलाई तिम्रै शब्दहरु  फिर्ता दिन्छु स्मरण गराउन चाहन्छुतिमीले आकाशतिर हेर्नू तिमी अहिले जे कुरामा डुबेका छौ, त्यसबाट कोल्टे फर्कनू । तिमी आफैं भन्थ्यौ हैन यो जीवन जगत पार पाइनसक्नु कुरा हो यसको आदि पनि छैन, अन्त्य पनि छैन तिम्रो शाब्दिक ज्ञानले तिम्रो आफ्नो अन्तर नभिजेको पो हो कि ? तिम्रै ज्ञानरुपी नौकामा कतिपटक सांसारिक रहमा डुब्नबाट बाँचेकी छु तर तिम्रो नौकामा भएको सानो छिद्रबाट छिरेको पानीले तिमी आफैं डुब्न लागेका पो हौ कि ? मेरा मनमा हजारौँ प्रश्न उब्जिएका छन् भुलक्कड मान्छेले आफ्नो चस्मा टाउकामा सिउरेर फन्फनी खोजिहिँडे जस्तै अचूक समाधान आफैंसँग हुँदाहुँदै तिमी रनभुल्लमा छौ


लामो समय अगाडि मैले एउटा कथा पढेकी थिएँ कथामा आफ्ना शत्रुहरुबाट जोगिन एउटा मानिसले चारैतिर पर्खाल लगाउन थाल्छ उसले ढोका पनि राख्दैन झ्याल पनि राख्दैन किनभने झ्याल ढोका राखियो भनेँ ती द्वार फुटाएर कोहि छिर्ने खतरा हुन्छ भन्ने उसलाई लाग्छ झ्याल ढोका बिनाको पर्खाल उसले उठाइरहन्छ अब कसैले देख्तैन होला भन्ने लागेपछि मात्र सुस्ताउँछ वरिपरि हेर्छ आहा, अब कति आनन्द भन्ने उसका मनमा लाग्छ केहि दिन मात्र बितेका थिए, उसलाई आफू आफ्नै कारणले थुनामा परेको जस्तो लाग्यो भित्र जम्मा गरिएको खाना पानी सकिँदै गएपछि पो उसलाई थाहा भयो— ‘मैले अरुबाट जोगिनलाई पर्खाल लगाएको होइन रहेछ मैले आफ्नै चिहान पो खडा गरेको रहेछ हो,  त्यो मान्छे जस्तै हामी पनि मनभित्र  पर्खाल खडा गर्ने रहेछौँ हाम्रा आफ्ना ठानिएका वस्तु लुकाउन, कसैका अगाडि कुनै पनि प्रकारले कम नदेखिन मनभित्र अदृष्य पर्खाल उठाएर हामी आफ्नो दुःखद अन्त्य आफैं निम्त्याउने रहेछौँ कबीर, तिमी पक्कै पनि त्यस्तै पर्खाल भित्र निस्सासिएको  हुनुपर्छ आफ्नै दिमागी विकारको शिकार तिमी बनेको हुनुपर्छ

तिमीले आफू भित्र रहेका हजारौँ  विचारहरुमध्येमा आशाका विरुवामा मलजल गरेछौ क्यारे आशाको वृक्षमा निराशाका फलहरु लाग्ने खतरा धेरै हुन्छ तिम्रा वहिर्मुखी दृष्टिहरुले देखेका कुरालाई सत्य मानिकन मन विरोलेछौ क्यारे अन्य धेरै कारण नै चाहिँदैन नि मनमा हुरि चल्न तिम्रो पत्रको बेहोरा हेर्दै थाहा हुन्छ, तिमी आफैंले सिर्जना गरेको भूमरीमा फँसेका छौ भन्ने कुरा


तिमीले गीताको  श्लोककर्मण्या वाधिकारस्ते ....’ बिर्सेका हौ कि ? तिमीले भनेको हैन हामी एक थुप्रो खरानी मात्र हौँ भनेर ? कार्य गर्ने हो तर परिणाममा ज्यान आफल्ने हैन कमाउने हो, खाने हो, रमाइलो गर्ने हो तर ती कुराहरु गर्दा सिर्जित परिणामको जिम्मेवार पनि आफैं भएपछि मूर्छित  भएर जग हँसाउन   भएन नि कबीर, तिमीले हारेको कुरा गरेऊ तिम्रो जीत वा हारले कसलाई के असर गर्छ ? तिमीले जित्नु नै के यहाँ ? तिमीले हारेर हुने के यहाँ ?

तिम्रा साथी छन्, परिवार सामान्यतयाः सम्पूर्ण कुरा वाह्य रुपमा उपलब्ध छन् तिमीलाई तिम्रो मनमा हुर्किरहेको रिक्तताको कारण के होला कबीर ? त्यसको कारण कतै तिमी भित्रकैम’ होइन ?  तिमीले सोचेका कुरा नपुग्नु, सोचेजस्तो हुन नसक्नु जस्ता कुराले तिमीलाई तिम्रो अहंले आफैंबाट अलग्याउन खोजेको पो हो की ? तिम्रो मनलाई ऐंजेरुले छपक्क छोपेको हो यो एक्लोपन मानव मनमा  अनन्त कालदेखि यो रहि नै रहन्छ यस्लाई हामी वाह्य उपायले कुनै माध्यमबाट, सांसारिक चमत्कारबाट यसो छोप्ने प्रयास गर्छौं । सिनेमाहलभित्र सिनेमाले दुई घन्टा भुल्याएजस्तो हामी आफूलाई भुलाउने नयाँ नयाँ उपायको खोजीमा हुन्छौँ तैपनि झ्वास्सै यो एकान्तिकता देखापर्छ ! अनि यसैलाई मलजल गरिदिने हो भनेँ यसले हामीलाई एक थुप्रो खरानी बनाइछाड्छ यो सर्प पालेजस्तै हो, बाघ पालेजस्तै हो बाघ बिषालु सर्पलाई ढुक्क भएर  अंगाले हालेर बसिरहन सकिँदैन मन आफ्नो हो तर बढो होशियारीपूर्वक चलाउनुपर्छ

तिम्रो पत्रमा जे जस्ता कुराहरु भएपनि मलाई एउटा कुरा भने बढो राम्रो लाग्यो तिमी सबै कुरा परित्याग गर्न तयार रहेछौ हो नि यो मोहभङ्गको स्थिति नराम्रो हैन साँच्चै नै यो दुनियाँको अनित्यता बुझेर तिम्रो मोहभङ्ग भएको भए कति राम्रो हुने थियो

बुरा जो देखन मै चला, बुरा मिलिया कोई

जो दिल खोजा अपना, मुझसे बुरा कोई


यो कबीरको दोहा पढ्नू तिमीले मनन गर्नू आकाशतिर फर्केर हेर्नू तिम्रा विचारको जङ्गलबाट कोल्टे फेर्नू यहाँ हार्नू जित्नू छैन है कबीर संसार आफैंमा ठीक , यसलाई सोझ्याउनु पर्ने छैन यो कुरा सम्भव पनि छैन तिमीले बोकेको विचारको भारी अब थपक्क बिसाइदिनू नाम्लाले थिचिएको टाउकोले आकाश हेर्न सक्दैन जीवनरुपी यात्रामा बन्दोबस्तिका सामानको आवश्यकता छैन कृपया भारी बिसाउनू, अनि आकाशतिर हेर्नू

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  28 July 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]