Tuesday 27 April 2021

मन्टेश्वरी या किन्डरगार्टेन् ?

 


केही वर्षपहिले निजी विद्यालयका सन्दर्भमा काठमाण्डौ उपत्यकामा मात्र सीमित भएको "मन्टेश्वरी" भन्ने शब्द हिजोआज देशका प्राय: सबै शहरी क्षेत्रमा फैलिएको छ। धेरैजसो अवस्थामा मानिसहरुले मन्टेश्वरी शिक्षा किन्डरगार्टेन् शिक्षालाई एउटइ अर्थका लागि प्रयोग गरिरहेको सुन्छु। अनि कतिपय अवस्थामा भने विद्यालयहरु मन्टेश्वरी कक्षा चलाएको भन्छन् तर ती कक्षा अवलोकन गर्दा त्यहाँ पठनपाठन भने पुरानै घोकन्ते पद्दतिबाट भैरहेको देखिन्छ।

हुन कक्षाकोठामा कुनै पनि नयाँ पठनपाठन विधि प्रयोग हुनु अत्यन्त राम्रो कुरा हो तर त्यो विधिका बारेमा पूर्ण जानकारी हुनु पनि उत्तिकै जरुरी छ। उदाहरणका लागि, मन्टेश्वरी किन्डरगार्टेन् दुई फरक धारणा हुन् तिनलाई एउटाका सट्टामा अर्को प्रयोग गर्न मिल्दैन।

हाम्रो परिप्रेक्ष्यमा यी दुवै धारणालाई पूर्व-प्राथमिक तहको शिक्षाको अर्थमा प्रयोग गरेको पाइन्छ। वास्तवमा मन्टेश्वरी किन्डरगार्टेन् फरक फरक सिद्दान्तमा आधारित धारणा हुन्। त्यसैले यी धारणा बीचका भिन्नता पनि प्रष्ट रुपमा देखिन्छन्।

यी दुईमा विद्यमान प्रमुख भिन्नता भनेको किन्डरगार्टेन् शिक्षाको एउटा प्रारम्भिक तह मात्र हो। यो तह औपचारिक शिक्षा प्रदान गर्ने सबैखाले शैक्षिक पद्दतिमा हुन्छ। यसको विपरित मन्टेश्वरी भनेको एउटा विशेष प्रकारको शिक्षण-सिकाइ विधि हो। सबै विद्यालयले यो विधि अपनाएका हुँदैनन् अपनाउनु जरुरी पनि छैन।


खासमा किन्डरगार्टेन् कक्षा एकमा जानुभन्दा अगाडिको एक वर्ष हो। किन्डरगार्टेन्ले बालबालिकालाई औपचारिक शिक्षा लिनका लागि तयार पार्ने हो। किन्डरगार्टेन् भन्ने शब्द जर्मन भाषाबाट आएको हो यसका जन्मदाता फ्रेडरिक फ्रोबेल हुन्। यो शब्दमा "किन्डर" भनेको बालबालिका "गार्टेन् " भनेको बगैंचा हो। यो तहमा पढ्ने विद्यार्थीको उमेर समूह भनेको चार देखि पाँच वर्ष सम्मको हो। हाम्रो देशमा भने किन्डरगार्टेन् तह नै चार वर्षमा विभाजित - प्ले ग्रुप, नर्सरी, लोअर केजी अपर केजी। यो विभाजन किन्डरगार्टेन्को सिद्दान्तसँग मेल खाँदैन। यो विभाजनमा कम्तिमा दुई वर्षदेखिका कलिला बालबालिका प्ले ग्रुपमा पढ्न जान थालिसक्छन्। जे भए पनि किन्डरगार्टेन्लाई पूर्व - प्राथमिक तह भनेर बुझ्न सकिन्छ। 

मन्टेश्वरी शिक्षाको शुरुवात इटालियन शिक्षाविद मारिया मन्टेश्वरीले गरेकी हुन्। मन्टेश्वरी शिक्षाको पाठ्यक्रमले बालकेन्द्रित अथवा बालकद्वारा नै निर्देशित पाठ क्रियाकलापमा जोड दिन्छ। मन्टेश्वरी शिक्षाका अनुसार प्रत्येक बालबालिकाका आफ्ना आफ्नै सिकाइ आवश्यकता सिक्ने तरिका हुन्छन्। एउटा बालकलाई कथा सुन्न मन लाग्ला भने अर्को बालकलाई चित्र बनाउन। यसका लागि उनीहरुलाई स्वतन्त्रता दिनुपर्छ। यसैगरी कसैलाई एक्लै बसेर सिक्न मन लाग्ला, कसैलाई समूहमा। वैयक्तिक विभिन्नता नै मन्टेश्वरी शिक्षाको चुरो कुरो हो। यसरी मन्टेश्वरी शिक्षण विधिको सिकाइप्रतिको दृष्टिकोण उदार हुन्छ। बालबालिकालाई सृजनात्मक हुन सिकाइका सबै पक्ष - शारीरिक, मानसिक, भाषिक, संवेगात्मक, सामाजिक आध्यात्मिक पक्ष व्यक्त गर्न प्रेरित गर्छ। यो विधि सम्भव हुँदा माथिल्लो तहसम्म पनि प्रयोग गर्न सकिन्छ।


मन्टेश्वरी विधिको प्रयोग गर्ने शिक्षकहरुले कक्षाकोठामा उपयुक्त वातावरण सिर्जना गर्छन् जहाँ बालबालिका स्वतन्त्रतापूर्वक सिक्छन् उनीहरु आफूलाई सिक्न चाहिने सामग्री क्रियाकलापको आफैं छनोट गर्छन्। यसरी यस्ता कक्षाकोठामा शिक्षकको भूमिका एकदमै सीमित हुन्छ। उनीहरुको मुख्य काम भनेको प्रत्येक केटाकेटी के गर्दैछन् भनेर अवलोकन गर्नु उनीहरुलाई उचित दिशातिर जान सहयोग गर्नु हो। यसो गर्दा शिक्षकले विद्यार्थीहरुको सिकाइ प्रगतिको अभिलेख राख्न सक्छन्। छोटकरीमा भन्नुपर्दा, मन्टेश्वरी विधिद्वारा गरिने सिकाइले विद्यार्थीलाई शिक्षकको हस्तक्षेपबिना नै -आफ्नै गतिमा सिक्न प्रोत्साहित गर्छ।

किन्डरगार्टेन्को  कुरा गर्दा, सबै किन्डरगार्टेन्का कक्षाकोठामा मन्टेश्वरी विधिको प्रयोग हुँदैन भनेर माथि नै चर्चा गरिएको छ। यस्ता कक्षाकोठामा पढाइने पाठहरू र गरिने क्रियाकलापहरु शिक्षक-केन्द्रित हुन्छन्। अथवा शिक्षकले नै कुन्  कुन् पाठ पढाउने र ती पाठ पढाउँदा के कस्ता क्रियाकलाप प्रयोग गर्ने भन्ने कुराको निर्णय गर्छन्। त्यसैले किन्डरगार्टेन् कक्षामा शिक्षकको भूमिका निश्चित् र महत्वपूर्ण हुन्छ। उनीहरु पूर्वनिर्धारित पाठ्यक्रमअनुसार नै पढाउँछन्। यस्ता कक्षामा विद्यार्थीको वैयक्तिक विभिन्नतालाई धेरै ध्यान नदिइकन सबै विद्यार्थीलाई एकै किसिमका तरिका प्रयोग गरि पढाइन्छ। 

मन्टेश्वरी शिक्षा अथवा किन्डरगार्टेन् शिक्षामध्ये जुनसुकैलाई अवलम्बन गर्दा पनि केही समस्या हुँदैन। समस्या कहाँनेर उत्पन्न हुन्छ त भन्दा जब हामी ती दुई धारणालाई निर्देशित गर्ने सिद्दान्तका बारेमा अनविज्ञ रही एउटाको सट्टामा अर्को प्रयोग गर्न थाल्छौं अथवा पूर्व - प्राथमिक तहको शिक्षालाई "मन्टेश्वरी" नाम दिन थाल्छौं। नामचाहिं मन्टेश्वरी दिनु, अनि पठनपाठनको विधिचाहिं उही परम्परागत शिक्षक-केन्द्रित किसिमको हुनु तर्कसंगत देखिंदैन।

यी दुई पद्दतिका आफ्ना आफ्नै सबल पक्ष र दुर्बल पक्ष हुन्छन् भन्ने कुरामा दुई मत हुन सक्दैन। उदाहरणका लागि, पूर्व-प्राथमिक तहमा मन्टेश्वरी विधिबाट  स्वतन्त्रतापूर्वक गरिने सिकाइ बालबालिकाहरु मन पराउँछन्। तर जब उनीहरु व्यबस्थित किसिमको प्राथमिक तहमा पुग्छन् अलि अप्ठ्यारोपनको अनुभूति गर्न सक्छन्। यसले गर्दा उनीहरुको सिकाइ प्रगतिमा बाधा पुग्न सक्छ। यसैगरी, घरको प्राकृतिक र स्वतन्त्र वातावरणबाट एकैचोटि किन्डरगार्टेन्मा आउँदा त्यहाँको औपचारिक वातावरणमा भिज्न बालबालिकालाई कठीन हुन सक्छ।

त्यसैले, पहिले मन्टेश्वरी र किन्डरगार्टेन् पद्दतिका बारेमा आफू प्रष्ट भएर आफ्नो परिवेशका केटाकेटीलाई कुन् पद्दति सुहाउँछ, त्यसैलाई अवलम्बन गर्दा परिणाम राम्रो निस्कन सक्छ। तर यी दुई धारणालाई मिसाउनु हुँदैन र एउटाको साटो अर्को प्रयोग गर्नु हुँदैन।

Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 26 April, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]


 

 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).