Friday 2 July 2021

अँठियाको अवसान

 

    अँठिया केरा भनेपछि दश हात पर भाग्ने यो औषधि हो भन्ने सुनेपछि बलैले एकपटक खाएर हेरें चपाउँदा पिट्पिट् फुट्ने दानाहरुले भरिपूर्ण अरु जातका केराहरुभन्दा तिक्खर गुलियो स्वादको यो केराले मलाइ तान्न सकेन तैपनि औषधीय गुण होला भनेर खाएरै छाडें शायद यो हाम्रो बारीको अन्तिम अँठिया केरा हो अब यो केरा रोप्ने ठाउँ नै रहेन,” परिवारका एक सदस्यले भन्नुभयो ठूल्ठूला थाम हुने यो प्रजातिको केरा अब गाउँघरतिरबाट हराउँदै गएको सुनिन्छ हुन पनि यो केरा अरु जातको केराभन्दा बहुउपयोगी नै रहेछ यसका पातहरु जीवजन्तुले रमाएर खाइदिने, थाम पनि पशु आहारा हुने, गानोको अचार हुने अनि बुङ्गो गुवोको तरकारी बन्ने

            अलिकति जमिनमा घर पुगेसम्म सानो कोठेबारीमा सीमित आजको नव निर्मित शहरी परिवेशमा अँठिया अटाउँन छाडेछ यसको स्वाद भिजेको पुस्ता अँठिया केरा विलुप्त हुदै गएकोमा अलिक दुखित भए पनि नवपुस्ताको लागि योपपुलर फ्रुटहोइन भित्री मधेशतिरका बजारमा फाटफुट पाइए पनि दमक बजारमा यो केरा बिरलै भेटिन्छ  

हराएको समय

आफ्नो बारीको अन्तिम अँठिया फलले भर्खरै एउटा अतीतको रोचक समयको बहश चलाउने मौका दियो त्यसबेला कुपीका कुरा चले, हलो, जुवा, अनौ, महलाका कुरा चले अनि अहिलेको समयले ल्याएका अनन्त शारीरिक फुर्सदिका कुरा चले ध्यान दिएर कुरा सुनिरहेकी सानी नानी जयन्तिकाले दौडेर गएर भण्डार कोठाबाट कहिलेदेखि थन्किएर बसेको कुपी झिकेर ल्याई सलेदो हालेर, मट्टितेल भरिदिएर त्यस कुपीलाई नबाली भएन अहिलेको समयमा कुपीएक्जोटिकबनेको उज्यालोका लागि दियालो बटुल्ने त्यसैको आडमा पढ्ने वृतान्त अग्रजहरुले ल्याउनुभयो त्यो दुःखको समय थियो हामी अर्काका घरबाट छिरेको बत्तीको उज्यालोमा जुनको उज्यालोमा सम्म पनि आँखा च्यातेर पढेका मान्छे अहिले सम्झिँदा उदेक लाग्छ एउटा जर्जर समयको कथा थियो यो त्यो कथा आजको नव पुस्तालाईवाओ दयाट्स कुल !’ भन्ने समय आएको अझ पछिको पुस्तालाई वीरबलको खिचडीको ठट्टा झैँ लाग्ला ती पुराना कुरा त्यो किस्सामा अकबर वीरबल हिउँदको मौसममा कतै जाँदै हुन्छन् बाटोमा एउटा तलाउमा हात धुने क्रममा अकबर वीरबललाई भन्छन्, “यस्तो चिसो तलाउमा रातभर कोही बस्न सक्छ भने उचित इनाम दिन्छु राजा अकबरलाई त्यस्तो काम गर्न कसैले आँट गर्दैन भन्ने लागेको थियो तर वीरबलले भने यो सम्भव भन्ने तर्क गरे एक जना मान्छे त्यस कार्यका लागि तयार गरे त्यो व्यक्तिले रातभर तलाउको कठ्याँग्रिदो पानीमा डुबेर बितायो भोलिपल्ट पहरेदारले त्यसलाई राजा सामु खडा गरे राजाले उसलाई कसरी रात कटायौ भन्दा उसले दरवारको बत्ती हेरेर रात बिताएको कुरा बतायो तर राजाले भनें यो मेरो दरवारको बत्तीको तातोमा पो बसेछ भनेर रित्तै हात फर्काईदिए त्यो गरिब बिचरो वीरबलकहाँ गुहार माग्न गयो अनि वीरबलले पनि राजालाई पाठ पढाउने विचार गरेर दरवारमा काममा हाजिर भएनन् वीरबल काममा नआएपछि अकबर आफैं  वीरबलको घरमा पुगे त्यहाँ वीरबल खिचडी पकाउन बसेका रहेछन् त्यहाँ सानो आगो बलेको रहेछ, अनि पाँच फिटमाथि एउटा भाँडो झुण्डाइएको रहेछ   यसरी कहाँ खिचडी पाक्छ, मुर्ख?” अकबरले भने प्रत्युत्तरमा वीरबलले भने, “दरवारको बत्तीको तातोमा त्यो गरिबले तलाउमा रात काट्न सक्छ भने किन यो खिचडी नपाक्नु?” अनि पो राजाको चेत फर्केछ  


            कुपी दियालोपछि लालटिन लम्फाको युग पनि थियो पेट्रोलमेक्स अर्थात् मैन्टोलले अझ टोल नै रौनकिलो पार्थ्यो   मैन्टोल सामान्यतयाः विहेबटुलो, पूजा, जाग्राम वा तिहारका बेला हिंड्ने सामुहिक नाचमा मात्र प्रयोग गरिने हुँदा त्यसको सम्झना मात्रले पनि त्यसबेलाको बालमस्तिष्क उल्का रौनकले भरिन्थ्यो  

            हेर्दा हेर्दै सैयौं कुरामा परिवर्तन आएको गाउँघरमा हलगोरु छैनन्   गाई पाल्ने घर खोज्नु पर्छ बाँसका झाँगहरु फाँडिएका छन् बडहर हराएको   मधेशका फाँटभरि देखिने अजंगका सिमलका रुखहरु छैनन् कुम्भीका रुख छैनन्   त्यहिँ रतुवापारिका जंगलमा जति खाए पनि नसकिने निगुरो मोरुंगे हुन्थ्यो अरे, अब छैन मुख सबै कालो पार्ने गरि खाइने काली अङ्गेरि पनि हरायो भन्छन् रैथानेहरु अझ टर्रोपनले मुखै बटार्ने गायो अब पाइन्न होला भन्ने गुनासो पनि मैले सुनें तोलुंग, ठेकी, हर्पे, ढिकी, जाँतो, करुवा, फाली, हलो जस्ता अनगिन्ति सामान अब प्रचलनमा छैनन् हिजोआजका केटाकेटीका शब्दभण्डारमा यस्ता शब्द आँटेका पनि छैनन्

यी ग्रामीण वस्तु मात्र होइनन्हेर्दा हेर्दै विज्ञान प्रविधिले पनि ठूलो फड्को मारेको टाइपराइटरको सट्टा डेस्कटप हुँदै अब समय ल्यापटपमा झरेको   श्यामश्वेत फोटो हुँदै रंगीन रिलवाला क्यामेरा आज बेकार भएका छन्   आकाशवाणी घर आज प्रयोजनहीन बनेको बाल्यकालमा बाहिर खेलिने सबै खेलहरु हराएर डिजिटल गेमको साम्राज्य बढेको यस्ता कुरा गन्ती गरिसाध्य छैन यी हराएका बस्तुहरुसँगै हामीले समयका खण्ड खण्ड नै हराएका छौं समयको दौडमा हामीले नचाहे पनि पुराना कुरा परित्याग गर्नैपर्ने वाध्यता हुन्छ जे जे बिलायो त्यो पनि हाम्रै थियो, जे जे बाँचेको त्यो पनि हाम्रै हो तर यी वस्तुहरुका आयु अनन्त चाहिं नहुने रहेछ  

            बितेका समयहरु जति नै कष्टकर भए पनि प्यारो लाग्छ आफ्नो समयकाल बच्चाबच्चीको कथामा रिप भ्यान विन्कल सुतेर उठ्दा सारा कुरा परिवर्तन भए झैँ लाग्छ कथामा रिप आफ्नी श्रीमतीको गाली खाएपछि अल्छे शरीर उठाउँदै जंगलतिर शिकार खेल्न जान्छ उसका साथमा उल्फ नामको कुकुर पनि हुन्छ   माथि डाँडामा पुगेपछि थकाई मार्न पल्टेको रिप निदाउँछ एकैचोटी साँझमा ब्युँझन्छ अब के गर्ने होला भनेर सोच्दा सोच्दै कुनै अपरिचितले उसलाई नामै लिएर बोलाउँछ अनि त्यो रक्सीको भाँडो बोकेको मान्छेको आग्रहलाई स्वीकार्दै पछि पछि लाग्छ रिपलाई त्यो अपरिचितले जंगलैजंगल तल खोंचमा पुर्याउँछ रक्सीले स्वागत गर्दछ पहिला खान्न खान्न भने पनि खाँदै जाँदा मीठो भएपछि रिप त्यहिं थपक्क सुत्छ ब्युँझदा उसको कुकुर हुँदैन ती रक्सी दिनेहरु पनि हुँदैनन् अनि घरतिर लाग्छ तर त्यहाँ पुग्दा उसकी श्रीमती मरिसकेकी हुन्छे, घर पनि हुँदैन उसले छाडेर जानेबेलाकी सानी छोरीले पनि बिहेवारी गरेर बच्चा हुर्काइसकेकी हुन्छे रिपले पछि पो थाहा पाउँछ, बीस वर्ष सुतेर ब्युँझेको रहेछ हो, यो रिप सांकेतिक रुपमा सुतेझैं  हामी पनि पछाडी फर्केर हेर्दा कैयौ कुरा परिवर्तन भैसकेका हुन्छन्  

परिवर्तन अपरिहार्य

           


    समय नापिनसक्नु बस यात्रामा झ्यालबाट हेर्दा देखिएका विविध दृष्यावलीजस्तै हामीले हेर्ने अनुभूति गर्ने कुरा निरन्तर बदली नै रहन्छन् जीवन आफैंमा एक निरन्तर परिवर्तनकै परिणाम हो हामीहरु नै पनि घुमन्ते जंगली आदिमानवका परिस्कृत स्वरुप हौं भन्छ विज्ञान यी निरन्तर परिवर्तनलाई सहजतापूर्वक लिन सके जीवन पनि सहजै चल्छ हामीले सुनिआएको पुरानो उक्ति झैं परिवर्तनलाई अस्वीकार गरि कठोर बनेर उभिए हामी मसलाको रुख हुरीमा भाँचिए झैं भाँचिन्छौं तर त्यसलाई स्वीकार गर्दा लचकदार सुपारीको बोटजस्तै खडै रहन्छौं  

            हामी अँठियाबाट बग्दै बग्दै कताकता पुगे पनि कुराको सिलसिला त्यहि नै हो परिवर्तनशील दुनियाँमा अँठियाको झाङ्गले ठूलो अर्थ बोक्छ स्थानाभावका कारण अँठिया छेउ लाग्दै गएजस्तै धेरै अरु कुराहरु किनारा लागेका छन् यो नियमित आकस्मिकता नै हो

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 2July, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]

 




11 comments:

  1. one of the best pices of memoir essays I read this weeks. this is an ccount of gradual loss and replacement with new.new turns our culture has taken. too good literary and minute observation of social life.

    ReplyDelete
    Replies
    1. Thank you for comment. I really appreciate it.

      Delete
  2. मिठो रचना । सुन्दर प्रस्तुतीकरण ।

    ReplyDelete
    Replies
    1. Pratikriyako lagi yahanlai dherai dhanyawaad.

      Delete
  3. This comment has been removed by a blog administrator.

    ReplyDelete
  4. कति मीठो लेख्नुभयो दिदी । सरल शब्दचयनले प्रस्तुतीकरण बलियो बनेको छ दिदी ।

    ReplyDelete
    Replies
    1. Bhaile ramrari padhi yati mitho pratikriya diekoma dhanyabad.

      Delete
  5. गुनिलो भए पनि अँठिया केरा पहिले पनि अनादृत नै थियो। यतिखेर यसको प्रजाति नै विलुप्त हुन लागेको छ। लेखको विषय साधारण जस्तो देखिन्छ तर यसमा आउने दिनहरुमा के के विलुप्त हुने हुन, भयङ्कर सङ्केत लुकेको छ। रोचक पठनीय निबन्धका सर्जकलाई बधाई छ।

    ReplyDelete
    Replies
    1. yahako pratikriyako lagi dherai dhanyabad.

      Delete
  6. एक छिन भये नि पुराना दिन फर्काइदियेकोमा धन्यवाद ।

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).